नेपाल वायुसेवा निगम विमान दुर्घटना ४ फागुन २०७०
(नेपाल वायुसेवा निगम उडान नम्बर १८३बाट अनुप्रेषित)
नेपाल वायुसेवा निगमको उडान नम्बर १८३ विमान विसं २०७० फागुन ४ मा दुर्घटना भएको हो । उक्त विमान अर्घाखाँची जिल्लाको ढिकुरा गाउँ विकास समिति–८ स्थित मसिने लेकको जंगलमा ठोक्किएर दुर्घटनामा परेको हो । दुर्घटनामा परी त्यसमा सवार सबै (१८ जना)को मृत्यु भयो । जहाजमा १५ यात्रु र चालक दलका सदस्य तीनसहित १८ जना थिए । पोखरा विमानस्थलबाट जुम्लाका लागि फगुन ४ गते दिउँसो उडेको ९एन–एबिबि–डिएचसी ६ नम्बरको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा सो लेकमा फेला परेको थियो । [१]
Crash | |
---|---|
मिति | ४ फागुन २०७० |
स्थल | ढिकुरा, अर्गाखाँची जिल्ला, नेपाल २७°५५′N ८३°०७′E / २७.९१°N ८३.१२°Eनिर्देशाङ्कहरू: २७°५५′N ८३°०७′E / २७.९१°N ८३.१२°E |
विमान | |
विमानको प्रकार | de Havilland Canada DHC-6 Twin Otter |
सञ्चालक | नेपाल वायुसेवा निगम |
दर्ता नम्बर | 9N-ABB |
विमान उडान | पोखरा विमानस्थल, नेपाल |
गन्तव्य | जुम्ला विमानस्थल, नेपाल |
यात्रुहरू | १५ |
चालक दल | ३ |
मृत्यु | १८ (सबै) |
जोगिन सफल | 0 |
मृतकहरू
सम्पादन गर्नुहोस्नाम | नागरिकता |
---|---|
क्याप्टेन शंकर श्रेष्ठ | नेपाली |
सहचालक रवीन्द्र बञ्जारा | नेपाली |
परिचारिका मुना महर्जन | नेपाली |
मानव सेजुवाल | नेपाली |
गौरी कठायत | नेपाली |
टेकबहादुर महतरा | नेपाली |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा नेपाल वायुसेवा निगम विमान दुर्घटना ४ फागुन २०७० सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- ↑ "विमान दुर्घटना परी मृत्यु हुने सबैको शव फेला पर्यो: नेपाली सेना", गोरखापत्र, अन्तिम पहुँच २०७० फागुन ६।