नुसरात इमरोज तिशा (बङ्गाली: নুসরাত ইমরোজ তিশা, जन्म: २० फेब्रुअरी १९८९)[४] बङ्गलादेशी एक प्रख्यात अभिनेत्री तथा मोडल हुन्। तिशाले टेलिभिजन नाटक द्वारा अभिनय कार्यकालको सुरुवात गरेकी थिइन्। तिशाले विभिन्न टेलिभिजन नाटक द्वारा राष्ट्रिय पुरस्कार समेत हात पारेकी थिइन्। तिशाले टेलिभिजन नाटकको साथसाथै केही चलचित्रहरूमा पनि काम गरेकी छिन्। उनले थार्ड पारसान सिङ्गुलार नाम्बार (सन् २००९), टेलिभिशन (सन् २०१२), क्रीडा नाट्याधर्मी अस्तित्व (सन् २०१६), नाट्याधर्मी डुब (सन् २०१७), हालदा (सन् २०१७) आदिमा अभिनय गरिसकेकी छिन्।[४][५] अस्तित्व चलचित्रमा अभिनय गरेपछि उनलाई सर्वश्रेष्ठ अभिनेत्री विधामा राष्ट्रिय चलचित्र पुरस्कार पनि हस्तान्तरण गरिएको थियो भने उनले पछि प्रथल आलो पुरस्कार पनि प्राप्त गरेकी थिइन्।[६]

तिशा
নুসরাত ইমরোজ তিশা
७औँ एसिया प्यासिफिक पुरस्कारको समारोहमा तिशा, सन् २०१३
वासस्थानढाका, बङ्गलादेश
राष्ट्रियताबङ्गलादेशी
पेशाअभिनेत्री, मोडल
कार्यकालसन् १९९५–हाल
उल्लेखनीय कार्य
  • थार्ड पारसन सिङ्गुलार नाम्बार
  • टेलिभिशन
  • दुब
  • हालदा
उचाइ५ फिट ४ इन्च (१.६३ मी)
जीवनसाथी
मोस्ताफा सरवार फारुकी
(
वि २०१०)
[१][२][३]

बाल्यकाल सम्पादन गर्नुहोस्

तिशाको जन्म २० फेब्रुअरी १९८२ का दिन बङ्गलादेशको राजशाहीमा भएको थियो। उनी एनमुल हक र शाहीन महफुजा हककी छोरी हुन्। उनले पाँच वर्षको उमेरबाट सङ्गीत सिक्न सुरु गरेकी थिइन्। सन् १९९३ मा उनले एक वास्तविक टेलिभिजन कार्यक्रम नतुन कुँडीमा भाग लिइन् जहाँ उनले दोस्रो स्थान प्राप्त गरेकी थिइन् भने उक्त प्रतियोगिताको दुई वर्ष पछि उनले गोल्ड कप पुरस्कार पनि हात पारेकी थिइन्। तिशा सन् २००३ देखि अभिनय क्षेत्रमा प्रवेश गरेकी थिइन्। तिशाले पछि एञ्जेल फोर नामक एक समूहको पनि गठन गरेकी थिइन्।

कार्यकाल सम्पादन गर्नुहोस्

तिशाले सन् १९९८ मा आसान हबिब द्वारा निर्देशित तथा अनन्त हिरा द्वारा रचिएको सात प्रहरेर काब्यबाट आफ्नो अभिनय कार्यकालको सुरुवात गरेकी थिइन्।[७] तिशाले सर्वप्रथम मेरिल लिपजेलका लागि पहिलो अभिनय गरेकी थिइन् भने त्यसपछि उनी कोकाकोला, सिटी सेल, प्यारासुट, बम्बे स्विट्स र किया कस्मेटिक्सको विज्ञापनमा देखा परिन जसकारण उनले सन् २००३ र २००४ मा गरेका अभिनय द्वारा मेरिल प्रथल आलो पुरस्कार हात पर्न सफल भएकी थिइन्।[८][९] छ वर्ष सम्मको विश्राम पछि उनी पुनः टेलिभिजन विज्ञापनमा देखा परिन् जहाँ उनले स्क्वायरको विज्ञापनका लागि अभिनय गरेकी थिइन्। उनी त्यसपछि रबि, रुपचन्द्र र डाबर आम्लाको विज्ञापनमा देखा परेकी थिइन्।[१०] सन् २०१३ मा द्विपक्षीय सम्बन्धमा दुई देशहरूको ४०औँ वार्षिकोत्सव मनाउने क्रममा दुई वर्षको उनी दक्षिण कोरियाको सार्वजनिक कूटनीति राजदूतको पदमा नियुक्त भएकी थिइन्। सन् २०१० मा उनले तारक मासिद द्वारा निर्देशित रनवे नामक एक चलचित्रमा अतिथि भूमिका निभाएकी थिइन् भने सन् २०१२ मा उनी चञ्चल चौधरी र मोशराफ कारिमको साथमा एमएस फारुकी द्वारा निर्देशित टेलिभिशन नामक एक चलचित्रमा पनि काम गरेकी थिइन्। [११]

सन् २०१६ मा तिशाले शामिम अहमद द्वारा निर्देशित राना पागल नामक एक व्यवसायीक चलचित्रमा साकिब खानको साथ काम गरेकी थिइन् भने सोही वर्ष उनले अनन्त मामुन द्वारा निर्देशित चलचित्र अस्तित्वमा पनि मुख्य अभिनेत्रीको रूपमा काम गरेकी थिइन् भने यस चलचित्रमा उत्कृष्ट अभिनय गरेका कारण सन् २०१७ मा उनलाई सर्वत्कृष्ट अभिनेत्रीको विधामा बङ्गलादेश राष्ट्रिय चलचित्र पुरस्कार हस्तान्तरण गरिएको थियो।[१२] सन् २०१७ मा उनी एमएस फारुकी द्वारा निर्देशित दुव नामक एक चलचित्रमा इसफान खान, रोकेया प्राची, प्राने मित्रको साथ अभिनय गरेकी थिइन् भने उक्त चलचित्रमा उत्कृष्ट अभिनय गरेका कारण उनले मेरिल प्रथम आलो पुरस्कार प्राप्त गरेकी थिइन्।[१३] दुव चलचित्रमा अभिनय गरेको एक वर्ष पछि सन् २०१८ मा उनी हालदा नामक चलचित्रमा देखा परेकी थिइन्। तिशाले चाँडै नो ल्याण्ड्स मेन नामक एक चलचित्रमा निर्देशकको रूपमा काम गर्ने छिन् जुन चलचित्रलाई एमएस फारूकीले निर्देशन गर्ने छन् भने फारुकी यस चलचित्रको सहायक निर्माताको रूपमा काम गर्ने छन्।[१४]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

 
मोस्तफा सरवार फारुकीसँग अभिनेत्री तिशा

सन् २०१० जुलाई १६ का दिन तिशाले प्रख्यात टेलिभिजन तथा चलचित्र निर्देशक मोस्ताफा सरवर फारुकीसँग विवहा बन्धनमा बाँधिएकी थिइन्। सन् २०१४ अक्टोबरमा तिशाको ढाका स्थित स्क्वायर अस्पतालमा एपेण्डीसको शल्यक्रिया गरिएको थियो। [१५][१६][१७]

तिशा सामाजिक सञ्जालको प्रयोग नगरेको कारण उनका अनुयायीहरूले उनको नक्कली खाता बनाएर ठगी गरेको पाइएको थियो जस कारण सन् २०१६ मा उनको एक आधिकारिक फेसबुक खाता खोलिएको थियो जसलाई पपकर्न डिजिटलले व्यवस्थापन गर्दै आएको छ।[१८][१९] तिशा चलचित्र हेर्न मन पराउछिन्। उनलाई मन पर्ने चलचित्र ब्ल्याक सोयान हो।[२०]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "তিশা-ফারুকীর বিয়ে", Prothom Alo (बङ्गालीमा), २५ जुलाई २०१०, मूलबाट २५ जुलाई २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २५ जुलाई २०१० मिति
  2. "Farooki and Tisha tying the knot", The Daily Star, अन्तिम पहुँच २३ डिसेम्बर २०१६ 
  3. "Wedding bells for Farooki-Tisha", The Daily Star (Dhaka, Bangladesh: Transcom Group), १८ जुलाई २०१०, अन्तिम पहुँच १० नोभेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण १० नोभेम्बर २०१४ मिति
  4. ४.० ४.१ Shah Alam Shazu (२० फेब्रुअरी २०१७), "Last birthday with my father was unforgettable - Tisha", The Daily Star, अन्तिम पहुँच २० फेब्रुअरी २०१७ 
  5. The Daily Jai Jai Din
  6. "Television: A social satire with a strong message", The Independent, १ फेब्रुअरी २०१३, मूलबाट २९ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १० नोभेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २९ अक्टोबर २०१३ मिति
  7. "Tisha back in TV ads", দ্য ডেইলি স্টার (বাংলাদেশ) (ইংরেজিमा), ৫ মার্চ ২০১৪, अन्तिम पहुँच ২৪ মার্চ ২০১৮ 
  8. "তিশা-শুভর ‘অস্তিত্ব’ ৬ মে মুক্তি পাচ্ছে", দৈনিক জনকণ্ঠ, ১৫ মে ২০১৬। 
  9. "নতুন রূপে তিশা", দৈনিক মানবজমিন, ২৩ এপ্রিল ২০১৬। 
  10. আলমগীর কবির (১৫ মে ২০১৬), "মেন্টাল নিয়ে ব্যস্ত তিশা", দৈনিক নয়া দিগন্ত। 
  11. "জাতীয় চলচ্চিত্র পুরস্কার ২০১৬ : অভিনয়ে সেরা চঞ্চল-তিশা-কুসুম", পরিবর্তন, ৫ এপ্রিল ২০১৮, अन्तिम पहुँच ৬ আগস্ট ২০১৮  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-११ मिति
  12. "আবারো ফারুকীর বিজ্ঞাপনে তিশা", দৈনিক ভোরের কাগজ, ১৫ মার্চ ২০১৮, अन्तिम पहुँच ২৪ মার্চ ২০১৮  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-१९ मिति
  13. "রবির শুভেচ্ছাদূত চঞ্চল ও তিশা", দৈনিক প্রথম আলো (बाङ्लामा), ২৬ সেপ্টেম্বর ২০১৮। 
  14. "ফাগুন হাওয়ায় ভালোবাসায়", দৈনিক প্রথম আলো (बाङ्लामा), ১৪ ফেব্রুয়ারি ২০১৯। 
  15. "তিশা-ফারুকীর বিয়ের ছবির অ্যালবাম", দৈনিক প্রথম আলো, ১৭ নভেম্বর ২০১২। [dead link]
  16. মাহফুজ রহমান (১৫ মে ২০১৬), "মোস্তফা সরয়ার ফারুকীর কাছে তিশার ৭ প্রশ্ন", দৈনিক প্রথম আলো। 
  17. "তিশা হাসপাতালে", দৈনিক কালের কণ্ঠ, २८ अक्टोबर २०१४। 
  18. "ফেসবুকে পেজ খুললেন তিশা!", এনটিভি অনলাইন, ৩ নভেম্বর ২০১৬। 
  19. "ফেসবুকে তিশার অভিষেক", বাংলানিউজটোয়েন্টিফোর.কম, ২৪ মার্চ ২০১৮। 
  20. "‘কখনো ফিরে আসলে এই জীবনটাই চাইবো’", সারাবাংলা.নেট, ২০ মার্চ ২০১৮। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्