निशान भगवती मन्दिर धनकुटा नगरपालिका वडा नं. ६ मा अवस्थित छ। निशान भगवती मन्दिरको स्थापना १९ सौं शताब्दि मा भएको मानिन्छ। यस मन्दिरमा प्रत्येक दिन नेपाली सेनाबाट खटिएका पूजारीले विधिपूर्वक नित्य पूजा गर्ने गरिएको छ। एकादशी, औशी र आइतवार वाहेक अन्य दिनहरूमा यस थानमा वोका, राँगा, हाँस आदिको वली दिने गरिन्छ। शाही नेपाली सेनाद्वारा वडादशै तथा चैते दशैमा यस मन्दिरमा विधिपूर्वक विशेष पूजा आजा गरी वलिदिने गरिएको छ। यस मन्दिरमा दिनहुँ धेरै श्रद्धालुहरू दर्शन तथा पूजा आजाका लागि आउने गर्दछन्।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्