निविन पौली (जन्म ११ अक्टोबर १९८४)[१] एक भारतीय चलचित्र अभिनेता र निर्माता हुन्, जो मुख्य रूपमा केही तमिल चलचित्रहरूको अतिरिक्त मलयालम सिनेमामा काम गर्छन् ।[२][३]

निविन पौली
നിവിൻ പോളി
जन्म (1984-10-11) ११ अक्टोबर १९८४ (उमेर ३९)
अलुवा, केरल, भारत
वासस्थानअलुवा, केरल
राष्ट्रियताभारतीय
मातृ शिक्षाप्रतिष्ठानसङ्घीय विज्ञान र प्रविधि संस्थान
पेशाअभिनेता, निर्माता
कार्यकालसन् २०१०–वर्तमान
जीवनसाथी
रिन्ना जोय
(
वि २०१०)
सन्तान

पौलीले अडिसनको लागि आवेदन दिएका थिए र सन् २००९ मा विनीत श्रीनिवासनको निर्देशकीय पहिलो चलचित्र मलारवाडी आर्ट्स क्लबमा मुख्य भूमिका खेल्न उनलाई चयन गरिएको थियो जसलाई अभिनेता दिलीपले निर्माण गरेका थिए। धेरै साना भूमिका खेले पछि, पौलीले प्रेमप्रसङ्गयुक्त चलचित्र थट्टाथिन मरायथु (सन् २०१२) मा उनको मुख्य भूमिकासँग सफलता प्राप्त गरेका थिए, जसलाई विनीत श्रीनिवासनले निर्देशित गरेका थिए।[४] उनी आफ्नो "बोइ नेक्स्ट डोर" छवीको साथ एक पछि अर्को गर्दै व्यवसायीक रूपमा सफल चलचित्रको साथ सुरुवाती सफलता हात पार्न सफल भएका थिए। द्विभाषी हास्य अनिश्चय चलचित्र नेरम (२०१३), खेलकुद सम्बन्धित नाटक १९८३ (२०१४), प्रेमप्रसङ्गयुक्त-हास्य ओम शान्ति ओशाना (२०१४), प्रेमप्रसङ्गयुक्त-नाट्य बेङ्गलोर डेज (२०१४), हास्य अनिश्चय चलचित्र ओरु वदक्कन सेल्फी (२०१५), र प्रेमलीला नाटक प्रेमम (२०१५) प्रमुख भूमिकामा रहेका थिए। बेङ्गलोर डेज र प्रेमम शीर्ष १० सर्वाधिक कमाई गर्ने मलयालम चलचित्रहरूको सूचीमा दोस्रो स्थान प्राप्त गर्न सफल भएको थियो। पछि, उनले प्रहरी-नाट्य एक्शन हीरो बिजु (२०१६), पारिवारिक-नाट्य जेकोबिनते स्वर्गराज्यम (२०१६), राजनीतिक-व्यङ्ग्य सखावु (२०१७), पारिवारिक-हास्य नजन्दुकालुदे नातिल ओरिदेवेला (२०१७) र महाकाव्य चलचित्र कायमकुलम कोचुननिमा अभिनय गरेका थिए जुन लुसिफरपुलिमुरुगन पछि तेस्रो सर्वाधिक कमाई गर्ने मलयालम चलचित्र बनेको थियो। उनले विक्रमादित्यन (२०१४) र आनन्दम (२०१६) जस्ता सफल चलचित्रहरूमा अतिथि भूमिका पनि खेलेका छन्।[५][६] पौलीले आफ्नो प्रोडक्शन कम्पनी पौली जूनियर पिक्चर्स अन्तर्गत एक्नस हिरो बिजुको साथ निर्माताको रूपमा प्रदापण गरेका थिए।। उनले त्यस पछि नजन्दुकालुदे नातिल ओरिदेवेलाको निर्माण गरेका थिए।[७]

पौलीले आफ्नो तमिल चलचित्र नेरम (२०१३) को लागि सर्वश्रेष्ठ पुरुष पदार्पणको लागि फिल्मफेयर पुरस्कार जीते ।[८] २०१५ मा, पौलीले बेङ्गलोर डेज र १९८३ मा आफ्नो प्रदर्शनको लागि सर्वश्रेष्ठ अभिनेताको लागि केरला राज्य चलचित्र पुरस्कार जीते ।[९][१०] उनले २०१६ मा एक्नस हिरो बिजुको लागि सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार - मलयालम जीतेका थिए।[११]

प्रारम्भिक तथा व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

पौलीको जन्म ११ अक्टोबर १९८४ मा अलुवा, एर्नाकुलमको क्याथोलिक परिवारमा भएको थियो। निविनका बुबा, पौली बोनाभेन्चर मेकानिक थिए, जो अराउ, स्विट्जरल्याण्डमा काम गर्दथे र उनकी आमा स्विस अस्पतालमा नर्स थिइन्। केरलामा हुर्केका पौली आफ्नो छुट्टीको क्रममा उनीहरूलाई भेट्न अराउमा जाने गर्दथे, जहाँ उनीहरू २५ वर्ष बसेका थिए।[१२] उनले २००६ मा सङ्घीय विज्ञान र प्रविधि संस्थान, अङ्गमालीबाट इलेक्ट्रोनिक्स र सञ्चार इन्जिनियरिङमा प्रविधि स्नातकोत्तर प्राप्त गरेका थिए।[१३] पौली बेङ्गलोरको इन्फोसिसमा नियुक्ति मार्फत कार्यरत रहेका थिए र सन् २००६ देखि २००८ सम्म यिनले सफ्टवेयर अभियान्त्रिकीको रूपमा काम गरेका थिए।[१४] यद्यपि, उनले आफ्नो बुबाको मृत्युपछि राजीनामा गरेका थिए र घर फर्केका थिए।[१५][१६]

उनले आफ्नो लामो समयको प्रेमिका रिन्ना जोयसँग २८ अगस्ट २०१० मा, अलुवाको सेन्ट डोमिनिक क्याथोलिक चर्चमा विवाह गरेका थिए। उनीहरू सङ्घीय विज्ञान र प्रविधि संस्थानमा सहपाठी रहेका थिए।[१७][१८][१९][२०][२१] उनीहरूको एक छोरा, (सन् २०१२ मा जन्म) र एक छोरी, (सन् २०१७ मा जन्म) छन् ।[२२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. [१]
  2. "Nivin Pauly: Meet the new superstar of Malayalam cinema", ६ जुन २०१५, मूलबाट २० अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अगस्ट २०१६ 
  3. Srinivasan, Latha (१६ मे २०१७), "Nivin Pauly's unstoppable rise: How he went from guy-next-door to bonafide superstar", फर्ष्ट पोष्ट, अन्तिम पहुँच १३ मे २०१८ 
  4. "Happy Birthday Nivin Pauly: Journey of an engineer who has become youth icon of Malayalam films", अन्तिम पहुँच ५ अगस्ट २०१६ 
  5. o (१२ जुन २०१५), "'Premam' 2-Week Box Office Collection: Nivin Pauly Starrer is a Mega Blockbuster", आइबि टाइम्स डटको डट इन, मूलबाट २४ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०७-११ 
  6. "Malayalam cinema's Man of the Moment", द हिन्दु, ३१ मे २०१५, मूलबाट १ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०७-११ 
  7. [२]
  8. "BollywoodLife Anniversary: Actors, filmmakers, experimenters – What is the future of Bollywood directors?", अन्तिम पहुँच ५ अगस्ट २०१६ [dead link]
  9. केरला चलचित्र एकेडेमी (१० अगस्ट २०१५), "राज्य चलचित्र पुरस्कार २०१४", केरला फिल्म डटकम, मूलबाट १३ अगस्ट २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १० अगस्ट २०१५ 
  10. Onmanorama Staff, "State Awards: Nazriya, Nivin, Sudev bag top honours", मलयालम मनोरोमा, मूलबाट १३ अगस्ट २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १० अगस्ट २०१५ 
  11. "Winners: 64th Jio Filmfare Awards 2017 (South)", टाइम्स अफ इण्डिया, १९ जुन २०१७, मूलबाट १८ जुन २०१७-मा सङ्ग्रहित। 
  12. रनजिथ नाइर (१५ जुन २०१५), "Nivin Pauly Super Darling", विनिता (कोटायाम): 12–18, आइएसएसएन 0975-0347 
  13. "...Man of the MOMENT", चेन्नई, भारत: द हिन्दु, १३ अक्टोबर २०१२, मूलबाट २ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मार्च २०१३ 
  14. "Archived copy", मूलबाट २१ फेब्रुअरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०३-१५ 
  15. "'I haven't committed to any more romantic roles'", Rediff, मूलबाट २ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मार्च २०१३ 
  16. जर्ज, विजय (२९ जुन २०१२), "In his dream world", चेन्नई, भारत: द हिन्दु, मूलबाट २ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मार्च २०१३ 
  17. "Archived copy", मूलबाट ३० मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०७-०४  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-३० मिति
  18. "Archived copy", मूलबाट २९ मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०७-०४ 
  19. "Nivin Pauly Marriage Photos – Meen Curry", मिनकरी डटकम (अमेरिकी अङ्ग्रेजीमा), मूलबाट ६ अप्रिल २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०४-०६ 
  20. "Nivin is a Family Man", द न्यु इण्डिएन एक्सप्रेस, मूलबाट ७ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुन २०१४  वेब्याक मेसिन अभिलेखिकरण ७ जुलाई २०१४ मिति
  21. "St. Dominic Catholic Church, Aluva", Syro-Malabar Church, मूलबाट ३० जुन २०१५-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण ३० जुन २०१५ मिति
  22. Prakash, Asha, "My son is my lucky charm: Nivin", इण्डिया टाइम्स डटकम, द टाइम्स अफ इण्डिया, मूलबाट ३ फेब्रुअरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्