नियामतपुर (बङ्गाली: নিয়ামতপুর) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला नउगाँ जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।

नियामतपुर
নিয়ামতপুর
नियामतपुर is located in बङ्गलादेश
नियामतपुर
नियामतपुर
बङ्गलादेशको नक्शामा नियामतपुर उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°५१.५′उ॰ ८८°३४′पू॰ / २४.८५८३°N ८८.५६७°E / 24.8583; 88.567निर्देशाङ्कहरू: २४°५१.५′उ॰ ८८°३४′पू॰ / २४.८५८३°N ८८.५६७°E / 24.8583; 88.567
देश बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लानउगाँ
क्षेत्रफल
 • जम्मा४४९.१ किमी (१७३.४ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
 • जम्मा[]२४८,३५१
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटनियामतपुर उपजिल्लाको आधिकारिक नक्शा

नियामतपुर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°४१' देखि २४°५९' उत्तर अक्षांश र ८८°४०' देखि ८८°२३' पूर्वी देशान्तरणमा अवस्थित छ। नियामतपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४४९.१० वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई पोरशा उपजिल्लाले उत्तर, तानोरनाचोल उपजिल्लाले दक्षिण, मान्दामहादेवपुर उपजिल्लाले पूर्व, महादेवपुरगोमस्तापुर उपजिल्लाले पश्चिमबाट घेरेको छ। शिव नदि यस उपजिल्लाको प्रमुख नदि हो।[]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने पाकिस्तानी सेनाले भाविचा र नियामतपुर गाउँमा अचानक आक्रमण गरी थुप्रै मानिसहरूको सामूहिक हत्या गरेका थिए भने सेनाले अधिकांश घरटहराहरूमा पूर्णतया आगजनी समेत गरेका थिए। बङ्गलादेश मुक्ति अभियानका बेला अजिजर अहमन र एमएनए सलिक चौधरीको नेतृत्वमा रहेको बङ्गलादेशी लडाकुले नियामतपुर प्रहरी चौकीमा आक्रमण गर्दा ६ सेनाले आत्मासमर्पण गरेका थिए भने बङ्गलादेशी लडाकुले त्यहाँ रहेका सबै हातहतियारहरू कब्जा गर्न सफल भएका थिए।[]

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २२६६४ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ११५६८१ छ भने महिलाको जनसङ्ख्या ११०९३३ रहेको छ।[] धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १७६९५७ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ३६०६९ रहेको छ। त्यस्तै गरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या २०३५, इसाई धर्मवलम्बीको जनसङ्ख्या ५२ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ११५०१ रहेको छ।[] यस उपजिल्लामा सन्थल, उराउँ र मण्डा जनजातिका मानिसहरू बसोबास गर्छन्। यस उपजिल्लामा ३७५ मस्जिद, २६ हिन्दु मन्दिर र ४ गिर्जाघर रहेका छन्।

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लामा धान, गहुँ, आलु, तोरी आदि अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, कटहर, अम्बा, लिची, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, तेल उद्योग, बिस्कुट कारखाना, इट्टा उद्योग, बिँडी कारखाना, फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले धान, गहुँ, चामल र मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल र तील र कोदो पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २० हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ८ माछापालन केन्द्र, १८ दुग्ध सङ्कलन केन्द्र तथा १५ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ८६.२८% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.४२% मजदुरी, व्यापार र उद्योगमा ०.२३%, वाणिज्यमा ५.०९%, सञ्चार र यातायातमा ०.५०%, निर्माण क्षेत्रमा ०.१३%, सुविधा २.१६%, धार्मिक सेवा ०.०७%, विदेशी रोजगारी ०.०८ र अन्य ३.०४% रहेका छन्।

प्रशासकीय नियामतपुर थानाको स्थापना सन् १९१८ भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। नियामतपुर उपजिल्ला नियाातपुर नगरपालिका सहित ८ सङ्घ परिषदमा विभाजन गरिएको छ जुन यस प्रकार छन्; रोसुलपुर सङ्घ परिषद्, पाडाइल सङ्घ परिषद्, नियामतपुर सङ्घ परिषद्, हाजी नगर सङ्घ परिषद्, श्रीमान्थापुर, भाबिचा सङ्घ परिषद्, बहादुरपुर सङ्घ परिषद्, चन्दन नगर सङ्घ परिषद्। नियामतपुरमा हाल २०१ मौजा र १९७ गाउँहरू रहेका छन्।[][]

यस उपजिल्लाको कुल साक्षरता दर ४१.१% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४५.५% छ भने महिलाको साक्षरता दर ३६.४% रहेको छ। यस उपजिल्लामा ५ क्याम्पस, ४० माध्यमिक विद्यालय, ११८ प्राथमिक विद्यालय, १ बाल उद्धान केन्द्र, ८ गैरसरकारी विद्यालय ४७ मदरसाहरू रहेका छन्। बलातर सदिक मुसैन डिग्री क्याम्पस (सन् १९७०), नियामतपुर डिग्री क्याम्पस (सन् १९८०), बमोइन उच्च विद्यालय (सन् १९४७), नियामतपुर उच्च विद्यालय (सन् १९४८), सालबाडी उच्च विद्यालय (सन् १९५८), कापष्टिया उच्च विद्यालय (सन् १९६१), अमोइल एएस उच्च विद्यालय (सन् १९७०), बुधारिया डाङ्गा पाडा फजिल मदरसा (सन् १९४०) आदि।

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. [१][स्थायी मृत कडी]
  2. "नउगाँ जिल्लाको नियामतपुर उपजिल्ला", काबिरहाट 
  3. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (৯ জুলাই ২০১৪), "এক নজরে নিয়ামতপুর উপজেলান্দা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  4. "বাংলাদেশ জনসংখ্যা ও আবাসন আদমশুমারি ২০১১: জেলা রিপোর্ট - নাগাঁও", ধর্ম, বয়স গ্রুপ এবং আবাসনের দ্বারা জনসংখ্যা, জনসংখ্যার সারণি সাক্ষরতা বছর এবং তার বেশি ধর্ম, লিঙ্গ এবং বাসস্থান দ্বারা, বাংলাদেশ পরিসংখ্যান ব্যুরো (বিবিএস), अन्तिम पहुँच ९ डिसेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण २९ सेप्टेम्बर २०२२ मिति
  5. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  6. মোঃ মনতাজুর রহমান (सन् २०१२), "নিয়ামতপুর উপজেলা", in সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  7. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्