निङ्लासैनि मन्दिर बैतडी जिल्लाको देहिमाण्डौँ गा.वि.स अन्तर्गत रहेको प्रसिद्ध धार्मीक स्थल हो.यस मन्दिरमा असोज,पौष र चैत्रमा गरी वर्षमा ४ पटक जात्रा लाग्ने गर्दछ.असोजमा २ पटक जात्रा लाग्ने गर्दछ.पहिलो पटक गौरा पर्व सकिएको केही दिनमा र अर्को पटक विजया दशमीको अवर पारेर जात्रा लाग्ने गर्दछ.विजया दशमी र चैते दशैमा यस मन्दिरमा सयौंको संख्यामा रांगा तथा बोकाहरूको बली चढाउने गरिन्छ.बलीले देवी प्रसन्न हुने र पापहरूबाट छुट्करा पाइने तथा जीवनमा दुःख,कष्टहरू सहनु नपर्ने यहाँका स्थानिय वासिन्दाहरूको विस्वास रहेको पाईन्छ.देवीको दर्शनकै लागि भनेर देश तथा विदेसबाट समेत दर्शनार्थीहरू आउने गर्दछन.

मन्दिरको उत्पत्ती सम्बन्धी स्थानियहरूको धारणा सम्पादन गर्नुहोस्

प्राचिनकालमा त्यस क्षेत्रमा चरनभूमी भएको बताइन्छ. त्यहाँ मानिसहरू आ-आफ्ना वस्तुभाउहरू चराउनका लागि लग्ने गर्थे.तिनै मध्येको एकजना दलित परिवारको व्यक्ती (लावड) पनि आफ्नो मालिकका गाई वस्तु हेर्ने गर्थ्यो.एक दिन उसको मालिक्निले विचार गरी कि गाईका थुनहरू घरबाट जाँदा त ठिकै हुन्छन तर चराएर फिर्ता ल्याउँदा दुहेका हुन्छन्.पक्कै यो गोठालोले दुहेर खान्छ भन्ने विचार गरेर उसको चियो गर्न मालिक्नि वनमा गई.गएपछि हेर्दा दुध त निंगालोको झाङमा स्वतः दुहिदो रहेछ.यो थाहा पाएर मालिक्निलाई रिस उठ्यो र फलस्वरूप उसले हंसियाले निगालोको झाङ कटिदिइ.यसरी काटेको निगालोबाट रगत बग्न थाल्यो.यो देखेर लावडले आफूले ओढेको विशेष प्रकारको कपडा(पोटलो) ले उक्त झाङलाई छोपिदियो.त्यसदिन देखि लावड देवीको अति प्रिय भक्त भयो र उसकी मालिक्नि बोहरा जातकि नारी मेलाको वेला पनि मन्दिरमा उपस्थिति जनाउन नहुने भन्ने आम धारणा रहिआएको छ.यदि बोहराहरूकी श्रीमतिहरूले उपस्थिति जनाएमा कुहिरो लाग्ने विस्वास गरिन्छ.

बलि सम्बन्धी धाणा सम्पादन गर्नुहोस्

[[चित्र:|thumb|right|250px|]] आदिकालमा राक्षस र देवताहरूविचको युद्दमा दुर्गा देवीले केही राक्षसहरूलाई मन्दिरको दक्षिण तर्फको जमीनमूनी गाडेर राखेको बताइन्छ.यसरी राखेका राक्षसहरूलाइ शान्त राख्न बलि दिनुपर्ने यहाँका बुझ्रुकहरू बताउँछन्.