नालन्दा विश्वविद्यालय
नालन्दा विश्वविद्यालय भारतको प्राचीन उच्च शिक्षा को सर्वाधिक महत्त्वपूर्ण वा विख्यात केन्द्र थियो । महायान बौद्ध धर्मको यो शिक्षा-केन्द्रमा हीनयान बौद्ध-धर्म साथ साथै अन्य धर्मका तथा विभिन्न देशका छात्र पढ्ने गर्दथे । वर्तमान बिहार राज्यमा पटना देखि ८८.५ किलोमीटर दक्षिण-पूर्व वा राजगीर देखि ११.५ किलोमीटर उत्तरमा एक गाउँ नजिकै अलेक्जेन्डर कनिङ्घमद्वारा खोजिएको यस महान बौद्ध विश्वविद्यालयको भग्नावशेष यसको प्राचीन वैभवको बढी भन्दा बढी खोज भएको छ । यहाँ १०,००० छात्रलाई पढ्नको लागि २,००० शिक्षक थिए ।
स्थापना | 2010 |
---|---|
Chancellor | अमर्त्य सेन[१][२] |
Vice-Chancellor | गोपा सभर्वाल[३] |
स्थान | , , |
वेबसाइट | नालन्दा विश्वविद्यालय वेबसाइट(आधिकारिक) |
इतिहास
सम्पादन गर्नुहोस्नालन्दा संसारको प्राचीनतम शिक्षा केन्द्र हो । यस विश्वविद्यालयमा लगभग १०००० आवासीय विद्यार्थी र २००० शिक्षक थिए भन्ने हुएन्त्साङ् को विवरणले यसको विशालताको अनुमान गर्न सकिन्छ ।
स्थापना
सम्पादन गर्नुहोस्यसको विधिवत स्थापना लगभग ४५० वि.सं.मा राजा कुमारगुप्तले गरेको मानिन्छ । गुप्त राजवंशलाई भारतको इतिहासको स्वर्णयुग भनिन्छ ।[४] बाह्रौँ शताब्दीसम्म यो विश्वविद्यालय अस्तित्त्वमा रहेको प्रमाण पाइन्छन् । सम्राट अशोक र सम्राट हर्षवर्धनले यसको विकासमा प्रशस्त लगानी गरेका थिए । विदेशबाट यस विश्वविद्यालयका लागि अनुदान प्राप्त भइरहन्थयो भन्ने कुरा इतिहासकारहरूले उल्लेख गरेका छन् । [५]
हु–एन–त्सांग तीर्थ यात्रा
सम्पादन गर्नुहोस्चीनका एक प्रसिद्ध आचार्यको नाति हु–एन–त्सांग तीर्थ यात्रा गर्न र बौद्ध ज्ञान लिन आएका थिए । वि.सं.७५७ ताका दुइ वर्ष नालन्दा बसेर बौद्ध–दर्शन अध्ययन गरेका थिए । गया, सारनाथ, लुम्बिनी सबै स्थान घुमेर १३ वर्ष पछि फेरी मूलभूमि चीन गएका थिए । उनले आफुसंग ६० वटा खच्चरमा लगभग १००० बौद्ध ग्रन्थ लिएर गएका थिए । कैयौँ खच्चर चीनको सीक्याङ् नदीमा डुबेर पुस्तक पनि हराए । जसमध्ये उनले ७०० संस्कृत ग्रन्थ चीनमा पुर्याउन सफल भएका थिए । उनले चीनीया“हरूलाई संस्कृत भाषा सिक्नका लागि ख्रोतान भन्ने स्थानमा एक भाषा विद्यालय पनि स्थापना गरेका थिए ।
बौद्ध र हिन्दु दर्शनका ग्रन्थ
सम्पादन गर्नुहोस्नालन्दाको यस विशाल विश्वविद्यालयलाई बौद्ध विहारको रूपमा पनि प्रयोग गरिन्थ्यो । तर त्यहा“ हिन्दु दर्शनका अनेक ग्रन्थहरु पनि राखिएका थिए । त्यसबेला यसमा तीन तलाको पुस्तकालय थियो जसमा हातले लेखेका हजारौं पुस्तकहरु थिए । आक्रमणकारीहरूले आगो लगाउंदा तीन महिनासम्म त्यहां आगो बलिरहेको कुरा इतिहासकारहरूले लेखेका छन् ।
अवशेष
सम्पादन गर्नुहोस्यस विश्वविद्यालयका अवशेष आज पनि बोधगया नजिकपाइन्छन् । भगवान् बुद्ध त्यहां धेरै पटक गएको विवरण पाइन्छ । बुद्धका प्रिय शिष्य सारिपुत्रको जन्म यसै स्थानमा भएको थियो ।
पुनः स्थापना
सम्पादन गर्नुहोस्भारतमा यस नामबाट नालन्दा विश्वविद्यालयको पुनः स्थापना गरिएको छ । जहाँ दर्शनको अध्ययन प्रारम्भ गरिएको छ ।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Amartya Sen to be chancellor of Nalanda International University" [नालन्दा अन्तर्राष्ट्रीय विश्वविद्यालयको नयाँ कुलाधिपति अमर्त्य सेन हुनेछन], डेली न्यूज़ एण्ड एनालिसिस (अंग्रेज़ीमा), १९ जुलाई २०१२, अन्तिम पहुँच २१ सितम्बर २०१४।
|trans_title=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Amartya Sen named Nalanda University Chancellor" [अमर्त्य सेन नालन्दा विश्वविद्यालय के कुलाधिपति के रूप मा नामित], द टाइम्स ऑफ़ इण्डिया (अंग्रेज़ीमा), २० जुलाई २०१२, अन्तिम पहुँच २१ सितम्बर २०१४।
|trans_title=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-१९ मिति - ↑ "DNA special: How PMO shot down Pranab’s choice for Nalanda Vice Chancellor" [डीएनए विशेष: प्रधानमन्त्री कार्यालय ने कैसे प्रणब की पसन्द को हटाया] (अंग्रेज़ीमा), डेली न्यूज़ एण्ड एनालिसिस, ५ मई २०१२, अन्तिम पहुँच २१ सितम्बर २०१४।
|trans_title=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ त्रिपाठी, आर एस, हिस्ट्री अफ् एन्शेन्ट इन्डिया, वाराणसी : मोतीलाल बनारसीदास, सन् १९७७ ।
- ↑ http://www.amazon.com/Ancient-Indian-Education-Brahmanical-Buddhist/dp/8120804236