नाभर ह्वेल (कोरियाली: 네이버 웨일) एक दक्षिण कोरियाली फ्रिवेर वेब ब्राउजर हो जसलाई बहुराष्ट्रिय इन्टरनेट निगम नाभरले नियन्त्रण तथा सञ्चालन गर्ने गर्दछ। यो कोरियाली र अङ्ग्रेजी भाषामा उपलब्ध छ। यसलाई एन्ड्रोइडमा १३ अप्रिल २०१८ मा उपलब्ध बनाइएको थियो।[४] यस ब्राउजरमा प्रयोगकर्ताहरूलाई दर्ता गर्नका लागि मोबाइल नम्बरको आवश्यकता पर्दछ। यसले वेब किट र ब्लिङ्क ब्राउजर संयन्त्रको प्रयोग गर्दछ।

नाभर ह्वेल
네이버 웨일
विन्डोज १० मा ह्वेल ब्राउजर
विकासकर्ता(हरू)नाभर निगम
सुरुवाती जारी मितिमार्च १४, २०१७; ७ वर्ष पहिले (२०१७-०३-14)
स्थिर निष्कासितविण्डोज र म्याक ओएस

3.12.129.29 (नोभेम्बर २५, २०२१; २ वर्ष पहिले (२०२१-११-25)[१]) [±]

आइओएस

1.15.1 (नोभेम्बर ४, २०२१; २ वर्ष पहिले (२०२१-११-04)[२]) [±]

एण्ड्रोइड
1.23.3.2 (नोभेम्बर २५, २०२१; २ वर्ष पहिले (२०२१-११-25)[३]) [±]
सञ्चालन प्रणालीविन्डोज ७ वा संस्करणहरू
ओएस एक्स योसेमाइट वा पछिल्ला संस्करणहरू
उबुण्टु
एन्ड्रोइड
आइओएस
उपलब्ध भाषाहरूकोरियाली, अङ्ग्रेजी
विकासको स्थितिचालू
प्रकारवेब ब्राउजर, मोबाइल ब्राउजर
सफ्टवेर अनुमति पत्रफ्रिवेर
वेबसाइटwhale.naver.com/en/

सारांश सम्पादन गर्नुहोस्

क्रोमियमको आधारमा विकसित यस वेब ब्राउजरको प्रमुख विशेषता भनेको उन्नत दृश्य हो।[५]

सन् २०१६ को,सुरुवातमा, नाभरले स्वायत्त वाहन, मानचित्र यन्त्रमानव, र आवाजद्वारा मान्यता प्राप्त सहयोगी अमिका लगायत विभिन्न नयाँ प्रविधिहरूको अनावरण गरेको थियो। ह्वेल नाभरको आफ्नै वेब ब्राउजर हो जुन १ डिसेम्बर २०१६ मा परीक्षण संस्करणका साथ सार्वजनिक भएको थियो।[६]

नाभरका प्रमुख प्राविधिक अधिकारी सङ चाङ ह्युनले पाँच वर्ष सम्म ह्वेलको विकास हुँदै गरेको घोषण गरेका थिए। ह्वेललाई सन् २०१६ को डिभ्यूमा अनावरण गरिएको थियो।[७]

विशेषता सम्पादन गर्नुहोस्

सन् २०११ मा यसको स्थापना भएसँगै यो क्रोमियममा आधारित थियो जसले गर्दा यो वेब ब्राउजर गुगल क्रोमका अनुप्रयोगहरूसँग पनि उपयुक्त छ।[८]

पृष्ठ तथा लेखहरू नाभरले प्रदान गर्ने यन्त्र अनुवाद सेवा नाभर पापागो मार्फत चाहेको खण्डमा कोरियाली, जापानी, भियतनामी, अङ्ग्रेजी र अन्य थुप्रै भाषाहरूमा अनुवाद हुन्छन्।[९]

नाभर ह्वेल ब्राउजरको आफ्नै विस्तारहरू छन् जुन ह्वेल ष्टोर मार्फत पहुँच गर्न सकिन्छ।[१०]

द्रुत खोजी: जब तपाईलाई खोज नतिजाहरूमा शब्द वा अनुवाद जान्नु पर्ने हुन्छ, साधारण खोजी नतिजा प्रदर्शन गर्न शब्दलाई तान्नु पर्ने हुन्छ।

साइडबार: यस सुविधाले तपाईँलाई द्रुत खोजी, मनपर्ने, विस्तार, उपकरण, पापागो अनुवाद, र वेब पृष्ठहरूलाई तपाईको ब्राउजरको छेउमा प्रयोग गर्न अनुमति दिन्छ।

स्लिङ ट्याब: यसमा एक पटक मात्र छोएर तपाईले नाभरको आफ्नै खोज इञ्जिन नाभर खोजीको प्रयोग गर्न सक्नुहुन्छ।

अन्य कार्यहरू: अवैध अङ्कहरूको बिरूद्ध सुरक्षा बढाउने, स्मार्टफोन प्रयोगकर्ताहरूका लागि स्मरण र शक्ति बचत गर्ने।

प्रतिस्पर्धीहरू सम्पादन गर्नुहोस्

दक्षिण कोरियाली बहुराष्ट्रिय इन्टरनेट निगम नाभरद्वारा विकसित यस नाभर ह्वेल नामक वेब ब्राउजर दक्षिण कोरियाको सर्वाधिक लोकप्रिय वेब ब्राउजर हो। यसको प्रमुख प्रतिस्पर्धीहरू गुगल क्रोम, यान्दिक्स ब्राउजर, मोजिला फायरफक्स, युसि ब्राउजर, ओपेरा ब्राउजर आदि हुन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "ह्वेल ब्राउजर", Naver Corporation, २०२१-११-२५, अन्तिम पहुँच २०२१-११-२५ 
  2. "एप ष्टोरमा ह्वेल ब्राउजर", आइट्युन्स ष्टोर, २०२१-११-०४, अन्तिम पहुँच २०२१-११-०४ 
  3. "एण्ड्रोइडका लागि ह्वेल ब्राउजर", गुगल प्ले ष्टोर, २०२१-११-२५, अन्तिम पहुँच २०२१-११-२५ 
  4. "Naver launches 'Whale' browser for Android", योनह्याप न्युज, अन्तिम पहुँच अप्रिल १६, २०१८ 
  5. "성상훈제목=네이버, AI 웹 브라우저 '웨일' 출시", 아이뉴스24, २०१६-१२-०१, अन्तिम पहुँच २०१६-१२-०१ 
  6. "네이버, 로보틱스 등 미래기술연구조직 키운다…AI비서 '아미카' 공개", 뉴스토마토, २०१६-१०-२, अन्तिम पहुँच २०१६-१२-०१ 
  7. "네이버 `크롬`에 도전, 웹 브라우저 `웨일` 12월 시험판 선봬", 디지털타임스, २०१६-१०-२४, अन्तिम पहुँच २०१६-१२-०१ 
  8. "South Korea's Newest Browser Is Beautifully Designed, But Will Anyone Use It?", फोर्ब्स, अन्तिम पहुँच फेब्रुअरी २८, २०१८ 
  9. "네이버, 웹 브라우저 Whale PC 버전 데뷔", द कोरियन हेरल्ड, अन्तिम पहुँच फेब्रुअरी २८, २०१८ 
  10. "विस्तार: ह्वेल ष्ट‍ोर", नाभर निगम, अन्तिम पहुँच फेब्रुअरी १५, २०१९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्