डा. नागेश्वरप्रसाद सिंह (........-२०६७) नेपालका पूर्वमन्त्री हुन्। उनको जन्म सप्तरीको कोईलाडी गाविस ३मा भएको थियो।

तीनपटक मन्त्री सम्पादन गर्नुहोस्

उनी २०१५ सालमा सप्तरीबाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका थिए। उनी कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य भएका थिए। उनी डा. तुलसी गिरीको मन्त्रीमण्डलमा तीनपटक रहे। पहिलोपटक सिंह २०१७ पुस १३मा गठित डा. गिरीको मन्त्रीमण्डलमा अर्थ सहायक मन्त्री बने। २०१९ असार १८मा बनेको गिरीको मन्त्रीमण्डलमा स्वास्थ्य, बिजुली र नहर मन्त्री रहे। २०२० चैत २७मा तेस्रोपटक गिरी मन्त्रीमण्डलमा निर्माण, सञ्चार तथा यातायात मन्त्री थिए। पूर्व-पश्चिम राजमार्ग बनाउने योजनाले तराई नभेट्टाएको भन्दै राजा महेन्द्रसँग विमति राखेर राजीनामा दिएका थिए।

निधन र परिवार सम्पादन गर्नुहोस्

उनको निधन २०६७ साउन २ गते सोमबार दिउँसो राजविराज ४ स्थित उनकै निवासमा भयो। उनी ८५ वर्षका थिए। डा. सिंहका दुई छोरा छन्। जेठा गोविन्द सिंह राजनीतिमा आवद्ध छन् भने कान्छा डा. शंकर सिंह चिकित्सक हुन्।

समाजसेवा सम्पादन गर्नुहोस्

राजनीति सँगसँगै सिंह सामाजिक संघसंस्थामा समेत निकै नै सक्रिय थिए। उनी नेपाल रेडक्रस सोसाईटीका संस्थापक समेत थिए। उनी नेपाल मेडिकल एशोसिएशन तथा क्षयरोग निवारण संस्थाका पनि संस्थापक हुन्। लाईन्स क्लब सप्तरीका संस्थापकसमेत रहेका डा. सिंह लाईन्स क्लबका डिस्ट्रीक गभर्नर ३२५ थिए।