द्विज

व्रतवन्धपश्चात पाउने पद्वी

द्विजको अर्थ दुई चोटि जन्म भएको व्यक्ति भन्ने हुन्छ । व्यक्तिको पहिलो शारीरिक जन्मपछि व्रतवन्ध संस्कार प्राप्त गर्नासाथ उक्त व्यक्तिको आध्यात्मिक रूपमा दोस्रो जन्म भएको मानिन्छ । द्विज हुनासाथ त्यस व्यक्तिले वैदिक शिक्षा ग्रहण गर्ने योग्यता प्राप्त गर्दछ ।[१][२] व्रतवन्ध हुनासाथ हरेक व्यक्ति अघोषित रूपमै द्विज तथा तागाधारी बन्दछ । सामान्यतया ब्राह्मण, क्षत्रियवैश्य जाति द्विज बन्दछन् ।

व्रतवन्ध परम्परा जसबाट द्विज पद प्राप्त हुन्छ

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. Dvija, Encyclopedia Britannica (2014)
  2. Manilal Bose (१९९८), Social and Cultural History of Ancient India, Concept, पृ: 55–56, आइएसबिएन 978-81-7022-598-0