दुहबी गोल्डकप २०७३ को उपाधि त्रिभुवन आर्मी क्लबले २०७३ मंसिर १८ गत जितेको दिन जितेको थियो । दुहबी रङ्गशालामा शनिबार सम्पन्न फाइनल खेलमा मनाङ  मर्स्याङ्दीलाई सडेन डेथमा १-० ले पराजित गर्दै आर्मीले उपाधी जितेको हो । निर्धारित समयमा कुनै टिमबाट पनि गोल नभएपछी खेल सिधै टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमामा पनि दुबै टिमको ३–३ गोल भएपछि खेलको निर्णय सडेनडेथबाट गरिएको हो । 

२०७३ दुहबी गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
मिति२०७३,११ मंसिर देखि १८ मंसिर
टोलीहरू
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतानेपालनेपाल आर्मी क्लब
उप-विजेतानेपालमनाङ मर्स्याङ्दी क्लब
प्रतियोगिता तथ्याङ्क
शीर्ष गोलकर्ता(हरू)नेपाल टेकबहादुर बुढाथोकी
उत्कृष्ट खेलाडी(हरू)नेपालसुजल श्रेष्ठ


सडेनडेथमा मनाङका विश्वास श्रेष्ठ गोल गर्न चुके भने आर्मीमा गोलकिपर बिकेश कुथुले गोल गरेर आफ्नो टिमलाइ जित दिलाए । 

प्रतियोगिताका उत्कृष्ट खेलाडी मनाङका सुजल श्रेष्ठले २५ हजार रुपैयाँ पुरस्कार पाए । शनिबारको खेलको म्यान अफ द म्याच आर्मीकै विकेश कुथु भए । सर्वाधिक गोलकर्ता आर्मीका टेकबहादुर बुढाथोकी भए । 

आर्मीले उपाधीसँगै ३ लाख ११ हजार रुपैयाँ र उपविजेता मनाङले १ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएको छ । मंसिर ११ गतेदेखि सुरु प्रतियोगितामा कुल विदेशी तथा स्वदेशी गरी जम्मा ८ टिमको सहभागीता रहेको थियो[१]

पुरस्कार राशि सम्पादन गर्नुहोस्

  •   प्रथम :(रू.३,११,०००)
  •   द्वितीय :(रू.१,५१,०००)

सहभागी टिम सम्पादन गर्नुहोस्

फाइनल खेल सम्पादन गर्नुहोस्


(म्यान अफ द फाइनल :विकेश कुथु)


  नेपाल आर्मी क्लब ०-०   मनाङ मर्स्याङ्दी क्लब
पेनाल्टी-सुटआउट
  विकेश कुथु ३-३
१-०
  विश्वास श्रेष्ठ
दुहबी रङ्गशालामा


अवार्ड सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्

  1. See more at: http://khelkudsansar.com/football-national/1257#sthash.2RoYQwjC.dpuf[dead link] सुनसरी, मंसिर १८