वात्स्यायनको उपनामबाट बिख्यात दुर्गा बराल कार्टुनकलामा नेपाल् भित्र र्सवाधिक लोकप्रिय स्रष्टा हुन्।[१] उनी नेपाली कार्टुनलाई नयाँ दिशा र गतिलो धार दिने शिल्पी मानिन्छन्। उनी २०७३ सालमा जगदम्बा श्री पुरस्कारबाट सम्मानित भएका थिए।[२] पोखराको आर्वाबाट कला सिक्न काठमाडौँ आएका बरालले वि.सं. २०२१ देखि नयाँसन्देश मार्फत कार्टुन सिर्जनामा हात हाले।

वात्स्यायन
जन्मदुर्गा बराल
वि. सं. १९९९
आर्वा, पोखरा
राष्ट्रियतानेपाली
पेशाकार्टुनिस्ट, चित्रकार
पुरस्कारजगदम्बाश्री पुरस्कार

प्राङ्गण, राष्ट्रपुकार, मातृभूमि, देशान्तर, सुरुचि, गोरखापत्र हुँदै २०५२ देखि कान्तिपुर पव्लिकेशन्समा नियमित कार्टुन लेखिरहेका वात्स्यायन पेन्टिङमा समेत उत्तिकै कहलिएका छन्। पोखराको पृथ्वीनारायण क्याम्पसमा २७ वर्षकला पढाइसकेका अनुभवी अध्यापक पनि हुन् उनी।

कार्टुन सिर्जनामा राजनीति उनको प्रिय विधा हो र राजनीतिमा देखिने विसङ्गति प्रिय विषयवस्तु। नेपालका प्रायः सबै नयाँ कार्टुनिष्ट का प्रेरणास्रोत मानिने वात्स्यायनबारे प्रशंसकहरू भन्छन्, "उनको व्यङ्ग्यमा नेपालीपन हुन्छ। उच्छृङ्खलता हुँदैन। गहिरो घोचपेच हुन्छ। कार्टुन वरिपरिको वातावरणसहित चित्रकारिताको स्वाद लिन सकिन्छ। कार्टुन 'स्ट्रोक'मा देखिने परिपक्वता नै उनको सबैभन्दा ठूलो खुवी हो।"

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. विवश, ज्ञानेन्द्र (२०२२-०६-२५), "व्यङ्ग्यकला र चित्रकलामा दुर्गा बराल", INS (en-USमा), अन्तिम पहुँच २०२२-११-२८ 
  2. "दुर्गा बराल (वात्स्यायन) – मदन पुरस्कार गुठी", guthi.madanpuraskar.org, अन्तिम पहुँच २०२२-११-२८