दिव्याङ्का त्रिपाठी दहिया (जन्म १४ डिसेम्बर १९८४), एक भारतीय अभिनेत्री हुन् जो कि हिन्दी टेलिभिजनमा कार्य गर्ने गर्दछिन्। उनी भारतीय टिभी च्यानल जी टिभीबाट प्रशारण हुने "बनू मैं तेरी दुल्हन" मा मुख्य दोहोरो भूमिका निर्वाह गर्ने गर्दछिन् भने अर्को टिभी च्यानल स्टार प्लसबाट प्रशारण हुने "ये है मोहब्बतें" मा डा.इशिता भल्लाका भूमिकाका लागि चिनिने गर्दछिन्। सन् २०१७ मा, उनी नृत्य रियालिटी शो "नच बलिए" समेत जीतेकी थिइन्।[१]

दिव्याङ्का त्रिपाठी
Divyanka Tripathi
दिव्याङ्का त्रिपाठी सन् २०१८ मा
जन्म (1984-12-14) १४ डिसेम्बर १९८४ (उमेर ३९)
भोपाल, मध्य प्रदेश, भारत
शिक्षामाउन्टेनियरिङ् कोर्स
मातृ शिक्षाप्रतिष्ठाननेहरु इन्स्टिच्युट अफ माउन्टेनियरिङ्
चिनारीको कारणये है मोहब्ब्तेबनू मैं तेरी दुल्हन
जीवनसाथी
(
वि २०१६)

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

दिव्याङ्का त्रिपाठीको जन्म १४ डिसेम्बर १९८४ मा भारतको मध्य प्रदेशको भोपालमा भएको थियो। उनले भोपालमा नूतन कलेजमा पढाई पूरा गरिन्। उनले उत्तरकाशीमा नेहरू इन्स्टिच्युट अफ माउन्टेनियरिङ् बाट पर्वतारोहणको कोर्स पूरा गरिन्।

करियर सम्पादन गर्नुहोस्

त्रिपाठीले आफ्नो करियर अल इण्डिया रेडियो, भोपालमा एउटी एङ्करका रूपमा शुरू गरेकी थिइन्। उनले सन् २००३ मा "प्यान्टिन जी टीन क्वीन" मा भाग लिईन र मिस ब्यूटिफुल स्किनको शीर्षक जीतेकी थिइन्। सन् २००४ मा, त्रिपाठीले भारतका सर्वश्रेष्ठ सिनेस्टारको योजनामा भाग लिईन र भोपाल क्षेत्रबाट शीर्ष ८ मा पर्न सफल रहिन्। उनी फेरी इन्दौर जोनबाट चुनाव लडिन्, जहाँ उनलाई उपविजेता घोषित गरिएको थियो। यस प्रतियोगिताको चरण २ का लागि उनले आफ्नो योग्यता सुनिश्चित गरिन् जहाँ उनी अन्ततः जित्न असफल रहिन्। उनलाई "मिस भोपाल" को ताज पहिर्याइएको थियो। त्रिपाठीले दूरदर्शनमा टेलिफिल्म्समा अभिनयको शुरुआत गरिन्।

मीडियामा सम्पादन गर्नुहोस्

सन् २०१७ मा, त्रिपाठीले स्वतन्त्रता दिवस (१५ अगस्ट) तिर चण्डीगढमा एउटी १२ वर्षीय बालिकाको बलात्कारको निन्दा गर्दै केहि भावुक ट्वीट्स पोस्ट गरेकी थिइन्, जसमध्ये केहिमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधित गरेकी थिइन्, जसमा बलात्कारीको विरुद्ध कडा कारबाही गर्नलाई आग्रह गरेकी थिइन्।

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

त्रिपाठीले, "बनू मैं तेरी दुल्हन" का सह-अभिनेताका रूपमा अभिनय गरेका शरद मल्होत्रा सँग डेट गरेकी थिइन्। उनी सन् २०१५ सम्म, एउटा सम्बन्धमा थिइन्। १६ जनवरी २०१६ मा, उनले आफ्नो "ये है मोहब्बतें" का सह-अभिनेता विवेक दहियासँग रोक्का गरेकी थिइन्। दुईवटै ८ जुलाई २०१६ मा भोपालमा विवाह गरेकी थिईन्। "नच बलिए" का सेटमा, त्रिपाठीले खुलासा गरिन् कि उनको प्रेम कहानी उनको दुईटा निर्णयद्वारा बनाइएको थियो।

फिल्मोग्राफी सम्पादन गर्नुहोस्

चलचित्रहरु सम्पादन गर्नुहोस्

वर्ष शीर्षक भूमिका टिप्पणी
२०१२ लाला हरदौल रानी पद्मावती [२][३]
२०१४ ए डाइभोर्स टू रिमेम्बर जारा [४]

टेलिभिजन सम्पादन गर्नुहोस्

पुरस्कार र नामाङ्कन सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "'Yeh Hai Mohabbatein' Actress Divyanka Tripathi Hits Milestone, Gets Pampered in Unique Way", ibtimes.co.in, अन्तिम पहुँच १२ जुलाई २०१५ 
  2. "Divyanka tripathis princess diaries", tellychakkar.com, मूलबाट २७ मे २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अक्टोबर २०१५ 
  3. ढाँचा:Cite av media
  4. Tellychakkar Team (११ जुलाई २०१३), "Sharad Malhotra and Divyanka Tripathi are all set to work together... again...", tellychakkar.com, मूलबाट २७ मे २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अक्टोबर २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्