दिगम्बर कामत (जन्म ८ मार्च १९५४) एक भारतीय राजनीतिज्ञ हुन्। उनी जुन २००७ देखि मार्च २०१२ सम्म गोआका मुख्यमन्त्री थिए। उनको उत्तराधिकारीको रूपमा उनी पश्चात मनोहर पर्रिकर गोआका मुख्यमन्त्री भएका थिए।[१] सन् २००६ देखि उनी स्वीमिङ फेडेरेसन अफ इन्डियाका अध्यक्ष रहेका छन्।[२] हाल उनी गोआ विधान सभामा विपक्षी दलका नेताको रूपमा रहेका छन्।

दिगम्बर कामत
गोआ विधान सभामा विपक्षी दलका नेता
पद बहाली
१८ जुलाई २०१९
पूर्वाधिकारीचन्द्रकान्त कवलेकर, आइएनसी
गोआका ११औँ मुख्यमन्त्री
कार्यकाल
८ जुन २००७ – ९ मार्च २०१२
पूर्वाधिकारीप्रतापसिंह राणे
उतराधिकारीमनोहर पर्रिकर
व्यक्तिगत विवरण
जन्म (1954-03-08) ८ मार्च १९५४ (उमेर ७०)
मडगावँ, गोआ
जीवन साथीआशा माकत
सन्तान(हरू)
निवासगोआ

शुरूआती जीवन सम्पादन गर्नुहोस्

दिगम्बर कामतको जन्म मडगावँमा भएको हो। उनले विज्ञान विषयमा स्नातक (बिएस्सी) गरेका छन्।

राजनीतिक चर्या सम्पादन गर्नुहोस्

भारतीय राष्ट्रिय काङ्ग्रेसको टिकट नपाए पछि सन् १९९४ मा भारतीय राष्ट्रिय काङ्ग्रेस छोडेर उनी भारतीय जनता पार्टीमा गएका थिए। सन् २००५ मा राज्यको भारतीय जनता पार्टीको सरकार त्यागेर उनी पुनः काङ्ग्रेसमा फर्किए। राजीनामा र गठबन्धन टुटेपछि बहुमत पुग्न नसक्दा २५ जुलाई २००७ मा कामतको सरकार अल्पमतमा पर्यो। तथापि उनले सरकारलाई बचाउन सफल भए र त्यसपछिका ५ वर्ष, सन् २०१२ सम्म उनले गोआको मुख्यमन्त्रीको पदभार सम्हाले। गोआ विधान सभा चुनावमा भाजपाले काङ्ग्रेसको ९ सिटको विरुद्धमा २४ सिट प्राप्त गरेपछि ६ मार्च २०१२ मा उनले मुख्यमन्त्रीको पदबाट राजिनामा दिएका थिए।[१][३]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

दिगम्बर कामतको विहे आशासँग भएको थियो। उनका दुईवटा सन्तान छन् - दीपाली र योगी।

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Goa election results: Digambar Kamat resigns as Goa chief minister", The Times of India, ६ मार्च २०१२, अन्तिम पहुँच ६ मार्च २०१२ 
  2. "Kamat is new SFI president", The Hindu, १३ जुन २००६, अन्तिम पहुँच २१ अगस्ट २०१६ 
  3. "BJP gets clear majority; Congress Out", मूलबाट १३ मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ मार्च २०१२  वेब्याक मेसिन अभिलेखिकरण १३ मार्च २०१२ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

पूर्वाधिकारी गोआका मुख्यमन्त्री
२००७-२०१२
पछिल्लो
मनोहर पर्रिकर