दाडे मष्टो अथवा दाह्रे मष्टो एक मष्टा देवता अन्तर्गत पर्ने पुरुष तत्व देवता हो। नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्रमा यो देवताको परापूर्व काल देखी पूजा गरिन्छ । दाडे मष्टो १२ भाइ मष्टा मध्य सबैभन्दा शक्तिशाली र प्रभावी रुप हो भन्ने विश्वास गरिन्छ । दाडे मष्टोको मन्दिर मुलतः माणु शैलीमा आधारित हुन्छ । माणु शैली भन्नाले लेखमा बनाइका गोठ (नारे) जस्तो, माथी एक धुरी भएको दुई तिर पाखो र अगाडिको चुलीमा ढोका भएको पवित्र घरलाई बुझिन्छ । वास्तवमा पुरानो समयमा दाडे मष्टाको मन्दिर यही शैलीमा बनाईन्थ्यो तर अहिले आएर आधुनिकतालाई पछ्याउने नाममा प्यागोडा शैलीको मन्दिर बनाउने प्रचलन देखिन्छ । वास्तवमा मष्टा देवताहरूको मन्दिर माणु शैलीमा नै बनाउनु पर्छ । यसै मन्दिरको आकार कै कारण मष्टा देवताको स्थानलाई माणु भन्ने चलन पनि छ । जस्तै:- पाल्त माणु, मैठ्या माणु, नैनेल माणु, लाटा माणु आदी । यसैले माणु शैली जोगाउनु हाम्रो भुमिका हो किनकी यो शैली लोप हुने अवस्थामा छ ।