दराई समुदाय नेपालमा बसोबास गर्ने आदिवासी जनजाति समुदाय हो। [१] उनीहरू तनहुँ, चितवन, गोरखानवलपरासी जिल्लामाको नारायणी नदीको किनारमा बसोबास गर्छन् । २०७८ को जनगणना अनुसार उनीहरुको जनसंख्या १८,६९५ रहेको छ। [१]

संस्कृति र भाषा सम्पादन गर्नुहोस्

दाराइ जातिको तिब्बती-बर्मन समूहको छुट्टै भाषा रहेको छ। अधिकांशले हिन्दू धर्मको पालना गर्छन् र तिहार (सोहोराई पनि भनिने), जरमाथी, तीज, अमावसा, बड्कीभाट, फगुवा, घटा नाच र दशैं जस्ता चाडपर्वहरू मनाउँछन्। [२]

दाराइहरू दैनिक काम, जस्तै पानी बोक्न र रक्सी बनाउनका लागि माटोको भाँडाहरू प्रयोग गर्छन्, । तिनीहरू फलाम, कास, तामा र आल्मुनियमबाट बनेका सीमित धातुका सामानहरू पनि प्रयोग गर्छन्। साथै, घुमाउने घर भन्ने विशेस प्रकारको घर पनि बनाउँछन् । [२]

उत्पत्ति सम्पादन गर्नुहोस्

दराई जातिको उत्पत्तिबारे विभिन्न सिद्धान्तहरू रहेका छन्। एक सिद्धन्त अनुसार, उनीहरु हजारौं वर्षदेखि नारायणी नदीको किनारमा रहेको तराई क्षेत्रमा बसोबास गर्दै आएको मानिन्छ । अर्को सिद्धान्त अनुसार पृथ्वीनारायण शाहले कर्णाली क्षेत्रलाई विभिन्न दरामा विभाजन गरेको हुनाले दराइ शब्दको उत्पत्ति भएको हो भनी भनिन्छ। महाभारत, मनुस्मृति र हरिवंशपुराणमा पनि दरै समुहको उल्लेख भएको छ। [२]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ Khadka, Shree Krishna (२०१७), SITUATIONAL ANALYSIS OF DARAI COMMUNITY, Department of Sociology/Anthropology Patan Multiple Campus, Tribhuvan University। 
  2. २.० २.१ २.२ Dhakal, Dubi Nanda (२०११), The Darai language, Faculty of Linguistics।