ग्रेस मार्टिन टन्डन[३] (जन्म:२४ अक्टोबर १९९८), सुन्नुहोस् मञ्चको नाम दयाबाट परिचित एक अमेरिकी गायिक तथा गीतकार हुन्। उनले आर्टबिट्ज जेट मनोरञ्जन र सापेक्ष मनोरञ्जन वितरण लगायतका रेकर्ड लेबलहरूमा हस्ताक्षर गर्दै पहिलोपटक ४ सेप्टेम्बर २०१५ मा, उनकै मञ्चको नामको विस्तारित सङ्गालो सार्वजनिक गरेकी थिइन्[४][५] जसमा उनको चर्चित मानिएको गीत "हाइड अवे" सार्वजनिक गरेकी थिइन् जुन गीत बिलबोर्ड हट १००मा २३औँ स्थानमा आएको थियो। उनले ७ अक्टोबर २०१६ मा, उनको पहिलो गिती सङ्गालो सिट स्टिल, लुक प्रिटी जारी गरेकी थिइन्।[६][७]

दया
सन् २०१७ मा, प्रस्तुति दिँदै दया
व्यक्तिगत विवरण
वास्तविक नामग्रेस मार्टिन टन्डन
जन्म (1998-10-24) अक्टोबर २४, १९९८ (उमेर २५)[१]
पिट्सबर्ग, पेन्सलभेनिया, अमेरिका
उत्पत्तिसंयुक्त राज्य अमेरिका माउन्ट लेबनान, पेन्सिलभेनिया, अमेरिका
विधा
  • पप
  • सिन्थपप
  • विद्युतीय
पेशा
  • गायिका
  • गीतकार
सक्रिय वर्षसन् २०१५–हाल
लेबल
  • आर्टबिट्ज
  • जेट
  • सापेक्ष मनोरञ्जन वितरण
  • इन्टरस्कोप[२]
वेबसाइटtheofficialdaya.com

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

दयाको जन्म २४ अक्टोबर १९९८ मा, पिट्सबर्गमा भएको थियो र उनी माउन्ट लेबनान, पेन्सिलभेनियामा हुर्किएकी थिइन्।[८] उनका बुवाको हजुरबुबा स्विडेनी अमेरिकी र भारतीय अमेरिकी थिए, जो भारतको पञ्जाबबाट संयुक्त राज्य अमेरिकामा बसाइँसराइ गरेका थिए। राचेल, मारियाना, सेलिया र एभ्री गरी चार दिदीहरू छन्।[९] उनको मञ्चको नाम दया संस्कृत/ नेपाली शब्द हो जसको अर्थ "करुणा" वा "दयालु" हुन आउँछ। उनले सेन्ट बर्नार्ड र पछि उनी माउन्ट लेबनाख उच्च विद्यालयमा पठनपाठन गरेकी थिइन् जसबाट उनले स्नातक हासिल गरेकी थिइन्।[१०] ३ वर्षको उमेरमा, दयाले पियानो सिक्न सुरु गरेकी थिइन्, र एघार वर्षको उमेरमा जज पियानो सिक्न थालेकी थिइन्। उक्त समयमा उनले गितार, उकुलेले, स्याक्सोफोन र बाँसुरी बजाउन पनि सिकेकी थिइन।[९] साथै, दयाले अन्तर्लोचन कला शिविरमा गीत लेखनको लागि अध्ययन गरेकी थिइन्।

एघार वर्षको उमेरमा, दयाले पिट्सबर्गमा क्रिस्टीना चिरूम्बोलोको स्वामित्वमा रहेको एक्सेलेरान्दो सङ्गीत संरक्षक नामक संस्थामा (अनुवादित शीर्षक) छात्राको रूपमा आफ्नो नाम दर्ता गरेकी थिइन्।[११] त्यहाँ उनले चिरूम्बोको सहयोगी, गीतकार र निर्माता जिनो बार्लेटालाई भेटेकी थिइन् जो उनी अध्ययन गर्ने विद्यालयमा एक पटक प्राध्यापकको रूपमा आएका थिए। चिरूम्बोलो र बार्लेटाले इनसाइड एक्सेस नामक एक साङ्गीतिक शिविरको स्थापना गरेका थिए र दुवैले अन्तत: फेब्रुअरी २०१५ मा उनको मूल सामग्रीमा काम गर्न लस एन्जलसमा उनलाई आमन्त्रित गर्दै दयासँग काम गरेका थिए।[४]

राष्ट्रिय समलिङ्गी दिवशको दिन, अक्टोबर २०१८ मा, दियाले आफूलाई समलिङ्गी भएको बताएकी थिइन्।[१२]

साङ्गीतिक कार्यकाल सम्पादन गर्नुहोस्

दयाको पेसागत साङ्गीतिक कर्यजीवन, इनसाइड एक्सेसका संस्थापक क्रिस्टिना चिरूम्बोलो र गिनो बार्लेटासँग काम गर्न आएसँगै सुरु भएको थियो। यी मध्ये एक लेखन सत्रमा उनको पहिलो एकल "हाइड अफ" लेखिएको थियो र रेकर्ड गरिएको थियो, र बार्लेटाले फलस्वरूप दयालाई जेड मनोरञ्जनका स्टीभ जापसँग परिचय गराएका थिए। दयाले केही समयको लागि नहुने भन्दै र भोलिपल्ट उच्च विद्यालय गएकी थिइन्।[१०] जापले आर्टबिट्ज भनिने बार्लेटासँग एक स्वतन्त्र लेबल गठन गर्नको लागि उनको गीत मन पराउँदै उनलाई प्रवर्द्धन गर्न मद्दत गर्नेमा चासो दिएका थिए।

 
दया सन् २०१६ मा, प्रस्तुति दिँदै

दयाले २२ अप्रिल २०१५ मा उनको गीत "हाइड अवे" जारी गरेकी थिइन्। [१३] गीतले अनलाइन राम्रो प्रतिक्रिया प्राप्त गरेको थियो, टाइलर ओक्ले र पेरेज हिल्टन लगायत उल्लेखनीय अनुदैनिकीकारले उनको गीतलाई समर्थन गर्दै "पछि दयाको आवाजको बारेमा केहि विशेष रहेको" भन्ने टिप्पणी गरेका थिए।[१३] बिलबोर्डका जेसन लिपशुट्स्ले उक्त गीतलाई समर्थन गर्दै उनको आधिकारिक वेबसाइटमा गीतलाई प्रयोग गर्दै, यसलाई "एक भव्य प्रदापण"को संज्ञा दिएका थिए। [१४]

दयाले २१ अगस्ट २०१५ म, दूरदर्शनमा प्रदापणको सुरुवात टुडे विथ क्याथी लि एन्ड होडा नामक एक एनबिसीको कार्यक्रम मार्फत गरेकी थिइन् जसमा उनी महिनाको कलाकारको रूपमा कार्यक्रममा रहेकी थिइन्।[१५] उनी २८ जुन २०१६ मा उनीहरूको ग्रीष्मकालिन साङ्गीतिक कार्यक्रमको एक श्रृङ्खलाका पुन: सोही कार्यक्रममा फर्किएकी थिइन्।[१६]

सफल साङ्गीतिक प्रदापण पछि, दयाले उनकै नाममा रहेको विस्तारित कोसेली, दया जारी गरेकी थिइन् जसमा ६ वटा गीतहरू समावेश थिए र उनकशध चर्चित गीत "हाइड अवे" ४ सेप्टेम्बर २०१५ मा, जारी गरेकी थिइन्।[१७] बिलबोर्डले उक्त प्रस्तुतिलाई सार्वजनिक गरेको थियो जुन बिलबोर्ड २०० मा, १६१औँ स्थानमा आएको थियो भने उनको गीत बिलबोर्ड पप गीत चार्टमा ४०औँ स्थानमा आएको थियो।[१८][१९][२०]

३० अक्टोबर २०१५ मा, दयाल उनको पहिलो गिती कोसेलीको शारीरिक संस्करण तार्गेट मार्फत जारी गरेकी थिइन्।[२१]

सन् २०१६ मा, दयाले अमेरिकी पप-र्‍याप जोडी ज्याक एन्ड ज्याकको अमेरिका भ्रमणको लागि सुरुवाती प्रस्तुति दिएकी थिइन्।[७] फेब्रुअरी २०१६ मा उनी द चेनस्मोकर्सको गीत "डन्ट लेट मी डाउन" मा आवाज दिएकी थिइन् जुन अन्ततः बिलबोर्ड हट १०० मा तेस्रो स्थानमा पुगेको थियो।[२२] जुन उनको दोस्रो शीर्ष ४० प्रविष्टि र पहिलो शीर्ष १० बनेको थियोे। उनको उनकै नामको विस्तारित सङ्गालोबाट सिट स्टिल, लुक प्रिटी, जारी गरेकी थिइन्, जुन २८औँ मा आएको थियो जुन उनको शीर्ष ४०मा पर्ने तेस्रो गीत थियो।

 
सान फ्रान्सिस्कोको एक साङ्गीतिक कार्यक्रममा दया

दयालाई सन् २०१६ को ह्वाइट हाउस इस्टर एग रोलमा प्रदर्शन गर्न आमन्त्रित गरिएको थियो, जहाँ उनी र उनको परिवारले राष्ट्रपति बराक ओबामा र उनकी श्रीमती मिशेल ओबामालाई भेटेका थिए।[१०]

१५ नोभेम्बर २०१६ मा, दयाले उनको पहिलो गिती सङ्गालो सिट स्टिल, लुक प्रिटिबाट उनको तेस्रो एकलको रूपमा गीत "वर्ड्स" (अनुवादित अर्थ = शब्दहरू ) जारी गरेकी थिइन्।[२]

६ डिसेम्बर २०१६ मा, "डन्ट लेन्ट मी डाउन नामक गीत उक्त वर्षको ग्र्यामी पुरस्कार" को लागि नामाङ्कित भएको घोषणा गरिएको थियो। [२३] १२ फेब्रुअरी २०१७ मा, यसले सर्वश्रेष्ठ नृत्य रेकर्डिङको लागि ग्र्यामी पुरस्कार जितेको थियो जुन उनका लागि पहिलो ग्र्यामी पुरस्कार थियो। [२४]

मार्च २०१७ मा, उनले ग्रिफिनको गीत "फिल गुड"का लागि इलेनियमसँग काम गरेकी थिइन्। ११ अक्टोबर २०१७ मा, उनले इन्टर्सकोप रेकर्ड्स मार्फत "न्यु" शीर्षक एक एकल गीत जारी गरेकी थिइन्।[२५]

मार्च २०१८ मा, दयाले आरएल ग्रिमेको गीत "आई वान नो"मा आवाज दिएकी थिइन् जसलाई १६ मार्च २०१८ मा जारी गरिएको थियो।[२६]

२२ जुन २०१८ मा, दयाले उनको अर्को गीत "सेफ" जारी गरेकी थिइन् र १८ जुलाई २०१८ मा, उनले गीतको लागि श्रब्य दृश्य पनि सार्वजनिक गरेकी थिइन्।[२७] सन् २०१९ मा, दयाले उनले आगामी दोस्रो गिती सङ्गालो "फारवर्ड मोशनबाट "इन्सोम्निया" र "लेफ्ट मी एट" शीर्षक सहित दुई एकल जारी गरेकी थिइन्। [२८]

साङ्गीतिक प्रस्तुतिहरू सम्पादन गर्नुहोस्

  • सिट स्टिल, लुक प्रिटी (सन् २०१६)

चलचित्रमा सम्पादन गर्नुहोस्

दूरदर्शनमा भूमिका
वर्ष शीर्षक भूमिका टिप्पणी
सन् २०१६ स्कुल अफ रक[२९] अनी आफैँ "आई पुट आ स्पेल
अन यु"
(संस्करण २: भाग ५)

पुरस्कार तथा नामाङ्कन सम्पादन गर्नुहोस्

वर्ष पुरस्कार विधा कार्य नतिजा
सन् २०१६ आकाशवाणी डिज्नी सङ्गीत पुरस्कार उत्कृष्ट नयाँ कलाकार उनी आफैँ मनोनित
एमटिभी श्रव्य दृश्य सङ्गीत पुरस्कार उत्कृष्ट विद्युतीय श्रव्य दृश्य "डन्ट लेट मी डाउन"
आमेरिका तालिनो सङ्गीत पुरस्कार उत्कृष्ट नृत्य गीत
अमेरिकी सङ्गीत पुरस्कार वर्ष साझेदारी
सन् २०१७ ग्र्यामी पुरस्कार उत्कृष्ट कैद गरिएको नृत्य[२७] विजयी
आईहर्ट रेडियो सङ्गीत पुरस्कार[३०] वर्षको उत्कृष्ट नृत्य गीत मनोनित
श्रेष्ठ साझेदारी
श्रेष्ठ श्रब्य दृश्य
उत्कृष्ट नयाँ पप कलाकार उनी आफैँ
किड्स च्वाइस पुरस्कार[३१] मनपरेको नयाँ कलाकार
डब्ल्युडिएम रेडियो पुरस्कार[३२] उत्कृष्ट स्वर
उच्च प्रदर्शित श्रब्य "डन्ट लेट मी डाउन" विजयी
आकाशवाणी डिज्नी सङ्गीत पुरस्कार नृत्यको लागि उत्कृष्ट गीत मनोनित
वर्ष गीत "सिट स्टिल, लुक प्रिटी"
उदयीमान वर्ष कलाकार उनी आफैँ
बिलबोर्ड सङ्गीत पुरस्कार श्रेष्ठ हट १०० गीत "डन्ट लेट मी डाउन"
श्रेष्ठ बिक्री हुन सफल गीत
श्रेष्ठ आकाशवाणी गीत
श्रेष्ठ साझेदारी
श्रेष्ठ नृत्य/विद्युतीय गीत
सन् २०२० स्पोतिफाय पुरस्कार[३३] सर्वाधिक बजाइएको विद्युतीय नृत्य सङ्गीत तर्फको महिला कलाकार उनी आफैँ मनोनित

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. https://twitter.com/daya/st/790607310993387520
  2. २.० २.१ "Top 40/M Future Releases - Mainstream Hit Songs Being Released and Their Release Dates", AllAccess Music Group, अक्टोबर १७, २०१७, मूलबाट अक्टोबर ११, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ११, २०१७ 
  3. "दया - जीवनी | बिलबोर्ड"बिलबोर्ड (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०१७-०६-१२ 
  4. ४.० ४.१ "Daya 106.9 The Q", 106.9 The Q, मूलबाट अक्टोबर ७, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ५, २०१५ 
  5. "Daya – Hide Away – CBS Pittsburgh", CBS Pittsburgh, अन्तिम पहुँच अक्टोबर ५, २०१५ 
  6. "Z Entertainment Management", Z Entertainment Management, मूलबाट अक्टोबर ६, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ५, २०१५  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर ६, २०१५ मिति
  7. ७.० ७.१ "iTunes (U.S.) – Music – Daya – Daya – EP", iTunes (U.S.), सेप्टेम्बर ४, २०१५, मूलबाट सेप्टेम्बर १, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ५, २०१५ 
  8. मेर्भिस, स्कोत (अक्टोबर २९, २०१५), "Music preview: Mt. Lebanon singer Daya has shot at pop fame", अन्तिम पहुँच मार्च २१, २०१६ 
  9. ९.० ९.१ "A Lebo Pop Princess", लेबो माग, जुन ४, २०१५, अन्तिम पहुँच अक्टोबर ५, २०१५ 
  10. १०.० १०.१ १०.२ केल्ली वासियर (सेप्टेम्बर २०, २०१६), "Mt. Lebanon's Daya is a rising pop star who remains grounded", साउथ हिल्स लिभिङ, मूलबाट अक्टोबर ६, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २१, २०१६  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर ६, २०१६ मिति
  11. "Accelerando :", www.accelerandopittsburgh.com, मूलबाट अक्टोबर १, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ७, २०१६  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १, २०१८ मिति
  12. https://www.pinknews.co.uk/2018/10/16/daya-comes-out-bisexual/
  13. १३.० १३.१ "Daya's 'Hide Away' on iTunes! www.theofficialdaya.com - YouTube", YouTube, अप्रिल २२, २०१५, अन्तिम पहुँच सेप्टेम्बर २१, २०१६ 
  14. "Listen To This: Fly As A Mother – Perez Hilton", Perez Hilton, जुन ५, २०१५, अन्तिम पहुँच अक्टोबर ५, २०१५  वेब्याक मेसिन अभिलेखिकरण जुन १७, २०१८ मिति
  15. "Pop Playlist Summer 2015: 15 Awesome Songs You Might Have Missed – Billboard", Billboard, अन्तिम पहुँच अक्टोबर ५, २०१५ 
  16. "Daya Performing "Hide Away" on The Today Show", YouTube, सेप्टेम्बर ११, २०१५, अन्तिम पहुँच अक्टोबर ५, २०१५ 
  17. "Daya - Sit Still, Look Pretty - Live on Today Show", YouTube, जुन २८, २०१६, अन्तिम पहुँच सेप्टेम्बर २८, २०१६ 
  18. "Daya EP Premiere: Stream – Billboard", Billboard, सेप्टेम्बर ३, २०१५, अन्तिम पहुँच अक्टोबर ५, २०१५ 
  19. "Billboard – Daya – Chart History – Billboard 200", Billboard, सेप्टेम्बर २६, २०१५, अन्तिम पहुँच अक्टोबर ५, २०१५ 
  20. "Daya's "Hide Away" Debut On Billboard", Headline Planet, सेप्टेम्बर ९, २०१५, अन्तिम पहुँच अक्टोबर ५, २०१५ 
  21. "Daya – Daya (Only at Target)", तार्गेट, अक्टोबर ३०, २०१५, अन्तिम पहुँच नोभेम्बर ९, २०१५ 
  22. "Q92", facebook, नोभेम्बर १३, २०१५, अन्तिम पहुँच अप्रिल ६, २०१६ 
  23. "Gryffin Talks New Track 'Feel Good' With Illenium & Daya, Dream Collabs & What's Next", Billboard, अन्तिम पहुँच २०१८-०८-१५ 
  24. "RL Grime Goes Pop With Daya on 'I Wanna Know': Listen", Billboard, अन्तिम पहुँच २०१८-०९-१३ 
  25. Rearick, Lauren, "Listen to Daya's Powerful New Song "Safe"", Teen Vogue (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०८-१५ 
  26. "Daya Seeks Comfort and Stability in New Music Video & Campaign for 'Safe'", Billboard, अन्तिम पहुँच २०१८-०८-१५ 
  27. २७.० २७.१ विलसन, विन्स्टन-कुक, "Grammys 2017: Adele, Beyoncé, the Chainsmokers Dominate the Nominations", स्पिन, अन्तिम पहुँच डिसेम्बर ६, २०१६ 
  28. "Daya Reacts to First Grammy Nomination: 'This is Insane'", Billboard, अन्तिम पहुँच २०१७-०२-१५ 
  29. "Daya Studies Up for 'School of Rock' Acting Debut: Exclusive" 
  30. "2017 iHeartRadio Music Awards: Complete List of Nominations", E! Online, जनवरी ३, २०१७। 
  31. "2017 Nickelodeon Kids' Choice Awards", मूलबाट फेब्रुअरी ५, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ४, २०१७ 
  32. "WDM Radio Awards 2017", LOS40, मूलबाट मार्च ७, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ फेब्रुअरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण ७ मार्च २०१७ मिति
  33. Reyes, Van (फेब्रुअरी १९, २०२०), "Conoce a todos los nominados a los Spotify Awards 2020", nacionrex.com (स्पेनीमा), अन्तिम पहुँच फेब्रुअरी २२, २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्