थ्याङ्क गड (चलचित्र)
थ्याङ्क थड (Thank God) एक भारतीय हिन्दी भाषाको काल्पनिक हास्यप्रधान चलचित्र हो जसमा इन्द्र कुमारको लेखन र निर्देशन रहेको छ भने, टि-सिरिज र मारुति इन्टरनेसनलद्वारा निर्माण गरिएको छ।[१] [२] चलचित्रमा अजय देवगन, सिद्धार्थ मल्होत्रा र रकुल प्रीत सिंह मुख्य भूमिकामा छन्। [३] [४] यस चलचित्र २५ अक्टोबर २०२२ मा दीपावलीमा प्रदर्शन हुने तय गरिएको छ।[५]
थ्याङ्क गड (Thank God) | |
---|---|
निर्देशक | इन्द्र कुमार |
लेखक |
|
निर्माता |
|
मुख्य कलाकार | |
छायाङ्कन | असीम बजाज |
सम्पादन | धर्मेन्द्र शर्मा |
सङ्गीत | स्कोर: अमर मोहिले गीत: तनिष्क बगची रोचक कोहली आनन्द राज आनन्द चमथ सङ्गीत |
वितरक कम्पनीहरू |
|
वितरक | एए फिल्म्स |
प्रदर्शन मिति |
|
देश | भारत |
भाषा | हिन्दी |
पात्र
सम्पादन गर्नुहोस्- अजय देवगन चित्रगुप्तको भूमिकामा [६]
- अयान कपूरको भूमिकामा सिद्धार्थ मल्होत्रा
- रकुल प्रीत सिंह, रुही कपुर, अयानकी पत्नीको भूमिकामा
- अयानको सहकर्मीको भूमिकामा किकु शारदा
- अयानको आमाको भूमिकामा सीमा पाहवा
- उर्मिला कोठारे अयानको बहिनीको भूमिकामा
- सुमित गुलाटी
- नोरा फतेहीको रिमेक गीत "मानिके माघे हिते"मा विशेष उपस्थिति रहेको छ। [७] [८]
उत्पादन
सम्पादन गर्नुहोस्चलचित्र आधिकारिक घोषणा ७ जनवरी २०२१ मा गरिएको थियो। [९] मुख्य फोटोग्राफी मुम्बईमा २१ जनवरी २०२१ मा सुरु भएको थियो। [१०][११][१२] यो चलचित्रको उद्घाटन ११ जनवरी २०२२ मा भएको थियो।[१३]
सङ्गीत
सम्पादन गर्नुहोस्गीतमा तनिष्क बागची, रोचक कोहली, आनन्द राज आनन्द र चमथ सङ्गीतको सङ्गीत रहेको छ। मनोज मुन्ताशिर, रश्मी विराग, समीर, दुलन एआरएक्स र मेलो डीको शब्द रहेको यो चलचित्रमा सङ्गीत अमर मोहिलेको रहेको छ।
यस चलचित्रका लागि श्रीलङ्काली गायिका योहानीले आफ्नो चर्चित गीत मणिके मागे हिते हिन्दी संस्करण गाएकी थिइन्।[१४] [१५]
विवाद
सम्पादन गर्नुहोस्बहिष्कार
सम्पादन गर्नुहोस्चलचित्रलाई हिन्दु आस्था र भावनाको अपमान गरेको भन्दै केही हिन्दु सङ्गठनले चलचित्र बहिष्कार गर्ने अभियान चलाएका थिए र ट्विटरमा #व्वाइकटथ्याङ्कगड उच्च प्रदर्शनमा रहेको थियो। [१६]
आपत्तिजनक दृश्यहरू
सम्पादन गर्नुहोस्अजय देवगनद्वारा हिन्दुहरूले भगवान मान्ने चित्रगुप्तको अपमानजनक चित्रण र उनको वरिपरि अनुचित पहिरन लगाएका महिलाहरू देखाइएका केही दृश्यहरू जसमा सिद्धार्थ मल्होत्राको पात्रले अजय देवगनलाई घाँटी समातेको देखाइएको छ, त्यस्ता दृश्यहरू हटाउन माग गरिएको छ।[१७]
धम्की र विरोध
सम्पादन गर्नुहोस्कायस्थ समुदायका केही सङ्घसंस्थाले यस विषयमा प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वसँग हस्तक्षेप गर्न आग्रह गरेका छन्। उनीहरुले चलचित्रको विरोधमा आक्रामक आन्दोलन गर्ने धम्की दिएका थिए। [१८] मध्य प्रदेशको ग्वालियरमा अजय देवगनको पुत्ला समुदायका सदस्यहरूले जलाए [१९]
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "Ajay Devgn, Rakul Preet Singh and Sidharth Malhotra to star in Thank God", The Indian Express, ७ जनवरी २०२१, अन्तिम पहुँच १६ फेब्रुअरी २०२१।
- ↑ "Ajay Devgn announces Thank God with Sidharth Malhotra and Rakul Preet Singh", India Today, ७ जनवरी २०२१, अन्तिम पहुँच १६ फेब्रुअरी २०२१।
- ↑ "Ajay Devgn, Sidharth Malhotra, Rakul Preet Singh to star in Indra Kumar's Thank God", India TV, ७ जनवरी २०२१, अन्तिम पहुँच १६ फेब्रुअरी २०२१।
- ↑ "Ajay Devgn, Sidharth Malhotra and Rakul Preet Singh to star in ‘Thank God’", The Hindu, ७ जनवरी २०२१, अन्तिम पहुँच १६ फेब्रुअरी २०२१।
- ↑ "Ajay Devgn, Sidharth Malhotra, Rakul Preet Singh starrer Thank God to release on Diwali 2022", Bollywood Hungama, १७ जुन २०२२, अन्तिम पहुँच १७ जुन २०२२।
- ↑ "Thank God poster: Ajay Devgn's first look as Chitragupt revealed", Hindustan Times, ८ सेप्टेम्बर २०२२, अन्तिम पहुँच ८ सेप्टेम्बर २०२२।
- ↑ "Nora Fatehi and Sidharth Malhotra to dance to Yohani’s Manike Mage Hithe song", The Times of India, १९ अक्टोबर २०२१, अन्तिम पहुँच २० अक्टोबर २०२१।
- ↑ "Nora Fatehi and Sidharth Malhotra to feature in the Hindi version of ‘Manike Mage Hithe’ in Thank God", Bollywood Hungama, २० अक्टोबर २०२१, अन्तिम पहुँच २० अक्टोबर २०२१।
- ↑ "Ajay Devgn, Sidharth Malhotra, Rakul Preet announce their new film Thank God", Filmfare, ७ जनवरी २०२१, अन्तिम पहुँच १६ फेब्रुअरी २०२१।
- ↑ "'Thank God': Ajay Devgn, Sidharth Malhotra and Rakul Preet Singh's film goes on the floor in Mumbai", The Times of India, २१ जनवरी २०२१, अन्तिम पहुँच १६ फेब्रुअरी २०२१।
- ↑ "Thank God: Shoot begins for Ajay Devgn, Rakul Preet Singh, Sidharth Malhotra's comedy film", The Free Press Journal, २१ जनवरी २०२१, अन्तिम पहुँच १६ फेब्रुअरी २०२१।
- ↑ "After Mayday, Ajay Devgn and Rakul Preet Singh team up for Indra Kumar's Thank God", Zoom, ७ जनवरी २०२१, अन्तिम पहुँच १६ फेब्रुअरी २०२१।
- ↑ "Ajay Devgn finishes patchwork of Thank God; shoot of Sidharth Malhotra co-starrer now complete", Bollywood Hungama, ११ जनवरी २०२२, अन्तिम पहुँच ११ जनवरी २०२२।
- ↑ "Sri Lankan sensation Yohani’s blockbuster song ‘Manike Mage Hithe’ to have its Bollywood debut in Bhushan Kumar-Indra Kumar’s Thank God", Bollywood Hungama, १९ अक्टोबर २०२१, अन्तिम पहुँच १९ अक्टोबर २०२१।
- ↑ "Manike Mage Hithe singer Yohani to make Bollywood debut with a song in Thank God", India Today, १९ अक्टोबर २०२१, अन्तिम पहुँच १९ अक्टोबर २०२१।
- ↑ "Upcoming film Thank God faces boycott on social media"।
- ↑ "Boycott demand on upcoming film Thank God"।
- ↑ "Threats of protest by Kayastha community"।
- ↑ "Ajay Devgan's effigy burnt by Kayastha community members"। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०९-११ मिति