तेरखादा उपजिल्ला
तेरखादा (बङ्गाली: তেরখাদা) बङ्गलादेशको खुलना जिल्लाको एक उपजिल्ला हो।[१] यो उपजिल्ला खुलना विभाग अन्तर्गत पर्दछ।[२]
तेरखादा
তেরখাদা | |
---|---|
उपजिल्ला | |
निर्देशाङ्क: २२°५६.५′उ॰ ८९°४०.२′पू॰ / २२.९४१७°N ८९.६७००°Eनिर्देशाङ्कहरू: २२°५६.५′उ॰ ८९°४०.२′पू॰ / २२.९४१७°N ८९.६७००°E | |
देश | बङ्गलादेश |
विभाग | खुलना विभाग |
जिल्ला | खुलना जिल्ला |
क्षेत्रफल | |
• जम्मा | १८९.४८ किमी२ (७३.१६ वर्ग माइल) |
जनसङ्ख्या (१९९१) | |
• जम्मा | १०२,९७२ |
• घनत्व | ५४०/किमी२ (१४००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
वेबसाइट | terokhada |
भूगोल
सम्पादन गर्नुहोस्तेरखादा उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २२°५०' देखि २२°५९' उत्तर अक्षांश र ८९°३४' देखि ७९°४५' पूर्वी देशान्तरमा अवस्थित छ। तेरखादा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १८९.४८ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई कालिया उपजिल्लाले उत्तर, रूपसा उपजिल्लाले दक्षिण, मोल्लाहाट उपजिल्लाले पूर्व र दिघलिया उपजिल्लाले पश्चिमबाट घेरेको छ। आठारोबाँकी यस उपजिल्लाको प्रमुख नदी हो।[३][४]
इतिहास
सम्पादन गर्नुहोस्बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने तात्कालिक समयमा तेरखादा क्षेत्र ९ मा अवस्थित थियो। यस युद्धका समयमा पाकिस्तानी सेनाले यस उपजिल्लाका साहापाडा र साचियादह गाउँमा महिला माथि दुर्ववहार, लुटपाट र सर्वसाधारणहरूको सामूहिक हत्या गरी घरटहराहरूमा आगजनी गरेका थिए। यस उपजिल्लाका बङ्गलादेशी लडाकुहरूले उत्तर खुलना क्षेत्रमा पतला सैनिक किल्लाको खडा गरेका थिए भने ९ महिना सम्म पाकिस्तानी सेनासँगको सङ्घर्षमा पनि सेनाले यस किल्लामा कब्जा गर्ने असमर्थ रह्यो जुन बङ्गलादेशी लडाकुको प्रमुख सैनिक किल्ला थियो।
जनशाङ्खिकि
सम्पादन गर्नुहोस्उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ११०६२८ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ५७१३६ छ भने महिलाको जनसङ्ख्या ५३४९२ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ८६८९५ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २३७१०, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ९ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १४ रहेको छ। यस उपजिल्लामा ३१४ मस्जिद र ५७ मन्दिरहरू रहेको छ। साकातिबाडि मस्जिद, पोद्दारबाडि मस्जिद, पानतिता बडबाडि मस्जिद, नाचुनियम मस्जिद, आटलियार मस्जिद, कालीमन्दिर, बुडिमार गाछतला तीर्थस्थल आदि यस उपजिल्लाका केही लोकप्रिय धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९४.७२% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने २.९२% ले पोखरी, ०.३४% ले टुटी र २.०२% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ५.०१% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।
अर्थतन्त्र
सम्पादन गर्नुहोस्यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, गहुँ, नरिवल, उखु लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया, आँप, कटहर, केरा, खरबुजा, मेवा, स्याउ आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया झिङे माछा, धान, आलुबखडा, नरिवल लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको जुट पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १९ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा ९२२५ माछापालन केन्द्र, ४२ कुखुरापालन केन्द्र तथा १०७ दुग्ध सङ्कलन केन्द्रहरू रहेको छ।
यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६८.५०% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा २.०२%, वाणिज्यमा १०.६१%, सञ्चार र यातायातमा २.६१%, उद्योगमा १.९५% निर्माण क्षेत्रमा ०.७२%, सुविधामा ८.३१%, धार्मिक सेवामा ०.१६%, वैदेशिक रोजगारी तथा भाडामा ०.३१% र अन्यमा ४.८१% रहेका छन्।[५]
प्रशासन
सम्पादन गर्नुहोस्प्रशासकीय तेरखादा थानाको स्थापना सन् १९१८ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो।[६] हाल यस उपजिल्लामा ६ सङ्घ परिषद्, ३१ मौजा/महल्ला र ९६ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू प्रकार छन्; तेरखादा सङ्घ परिषद्, छागलादह सङ्घ परिषद्, बारासात सङ्घ परिषद्, साचियादाह सङ्घ परिषद्, मधुपुर सङ्घ परिषद् र आजगडा सङ्घ परिषद्। [७][८]
शिक्षा
सम्पादन गर्नुहोस्यस जिल्लाको कुल साक्षरता दर ४५.०६% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४८.१२% छ भने महिलाको साक्षरता दर ४१.७८% रहेको छ। यस उपजिल्लामा ४ क्याम्पस, १६ माध्यमिक विद्यालय, ९८ प्राथमिक विद्यालय र २० मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; नर्थ खुलना डिग्री क्याम्पस (सन् १९६६), चित्रा महिला क्याम्पस (सन् २००२), शतदल क्याम्पस (सन् २००२), इखडी काटेङ्गा फजलुल हक माध्यमिक विद्यालय (सन् १९३२), शाहीदपुर खान ए सबुर माध्यमिक विद्यालय (सन् १९४९), पञ्चपल्ली आतियमर रहमान माध्यमिक विद्यालय (सन् १९९५), इन्दुहाटउ नेपाल चन्द्र माध्यमिक विद्यालय (सन् १९९३), आटलिया सिद्दिकिया आलीम मदरसा (सन् १९५३) आदि। [९]
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "बङ्गलादेशका उपजिल्लाहरूको सूची", डाउनलोड एक्सेल फाइल (पिडिएफ)।
- ↑ Ekramul Kabir (२०१२), "Terokhada Upazila", in Sirajul Islam and Ahmed A. Jamal, Banglapedia: National Encyclopedia of Bangladesh (Second संस्करण), Asiatic Society of Bangladesh।
- ↑ कार्यक्रम, "तेरखादा उपजिल्लाको जानकारी", पोष्टल जिप कोड, अन्तिम पहुँच सन् २०१६। वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-१३ मिति
- ↑ "तेरखादा उपजिल्लाको नक्शा", गुगल नक्शा।
- ↑ "तेरखादा उपजिल्लाको आधिकारिक जाल स्थलमा उपजिल्लाको जानकारी", तेरखादा डट खुलना डट बिडी।
- ↑ "खुलना जिल्लाका उपजिल्लाहरू", द बङ्गलादेश, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१८।
- ↑ "खुलना जिल्लाका उपजिल्लाहरूको सूची", काबिरहाट डटकम, अन्तिम पहुँच ८ जनवरी २०१५।
- ↑ "खुलना जिल्लाका उपजिल्लाहरूको जानकारी", डब्ल्युपी ग्रुप बिडी, अन्तिम पहुँच १ अगष्ट २०१७। वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-०७ मिति
- ↑ "তেরখাদা উপজেলা", বাংলাপিডিয়া।