तेइमा
तेइमा' (अरबी: تيماء) वा तेमा एक ठूलो मरूद्यान हो जुन पश्चिमी साउदी अरबमा अवस्थित छ। जहाँ मदिना र डमाह बीच व्यापार मार्गले नेफुद मरुभूमिको यात्रा सुरू गरेको छ। तेइमा, तबुक सहरको २६४ किमी दक्षिणपूर्वमा अवस्थित भने मदिनाबाट लगभग ४०० किमी उत्तरमा अवस्थित छ। यो तबुक प्रदेशमा पर्दछ र यहाँको समय +०३:०० युटिसीमा पर्दछ।
तेइमा
تيماء | |
---|---|
निर्देशाङ्क: २७°३७′४७″उ॰ ३८°३२′३८″पू॰ / २७.६२९७२°N ३८.५४३८९°E | |
देश | ![]() |
प्रदेश | तबुक प्रदेश |
समय क्षेत्र | युटिसी+३ (अरबी प्रमाणिक समय) |
इतिहाससम्पादन
हालका पुरातात्विक खोजहरूका अनुसार तेइमा कांस्य युग देखि बसोबास रहेको पाइएको छ। सन् २०१० मा साउदी पर्यटन र पुरातात्विक आयोगले फैरो रमेसेस तेस्रोको, एक चट्टान भेटाएको घोषणा गरेको थियो। साउदीको माटोमा मिस्री चित्रलिपि भेटाइएको यो पहिलो सहि प्रमाणित भएको थियो। यस खोजमा आधारित तेइमा, अरब प्रायद्वीप, नाइल उपत्यका"र रातो सागर तट बीच महत्त्वपूर्ण भूमि मार्गको एक भाग थियो।
ओएसिस सहरको सबैभन्दा पुरानो उल्लेख अश्शूरी शिलालेखहरूमा "तियामत" को रूपमा ८ औँ शताब्दी ईसा पूर्वको इतिहासको रूपमा देखा परेको थियो। ओएसिस पानीको कुवा र सुन्दर भवनहरूले गर्दा एक समृद्ध सहरको रूपमा विकसित हुँदै आएको थियो।
अरबको परम्परा अनुसार, तेइमा पुरानो शास्त्रीय अवधिको समयमा यहूदी समुदायको बसोबास रहेकोे थिए।
६ औँ शताब्दी इशा महिसाको समय सम्म, तेइमामा धनी यहूदी, सामुअल इबन अदियाको यहाँ बस्ने गर्दथे।
वातावरणसम्पादन
यहाँ, मरुभूमिको जलवायु छ। प्रायजसो वर्षाको जाडोमा हुन्छ। तेइमा औसत वार्षिक तापमान २१.८ डिग्री सेल्सियस (७१.२ फरेन्हाइट) छ । यहाँ लगभग ६५ मिमी (२.५६ इन्च) वर्षा हुने गरेको छ।
Taymaको मौसम जानकारी | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
महिना | जनवरी | फेब्रुअरी | मार्च | अप्रिल | मे | जुन | जुलाई | अगस्ट | सेप्टेम्बर | अक्टोबर | नोभेम्बर | डिसेम्बर | वर्ष |
उच्चतम औसत °से (°फे) | १७.७ (६३.९) |
२१.१ (७०.०) |
२४.२ (७५.६) |
२९.४ (८४.९) |
३२.८ (९१.०) |
३६.१ (९७.०) |
३६.९ (९८.४) |
३७.१ (९८.८) |
३५.८ (९६.४) |
३१.५ (८८.७) |
२४.२ (७५.६) |
१८.९ (६६.०) |
२८.८ (८३.९) |
न्यूनतम औसत °से (°फे) | ४.५ (४०.१) |
६.९ (४४.४) |
९.८ (४९.६) |
१४.५ (५८.१) |
१८.९ (६६.०) |
२२.२ (७२.०) |
२३.३ (७३.९) |
२३.३ (७३.९) |
२०.९ (६९.६) |
१६.५ (६१.७) |
१०.७ (५१.३) |
५.८ (४२.४) |
१४.८ (५८.६) |
औसत वर्षा मिमी (इन्च) | ९ (०.४) |
४ (०.२) |
१० (०.४) |
९ (०.४) |
३ (०.१) |
० (०) |
० (०) |
० (०) |
० (०) |
७ (०.३) |
१६ (०.६) |
७ (०.३) |
६५ (२.६) |
स्रोत: क्लाइमेट डाटा |
पुरातत्वसम्पादन
यस ठाउँमा पहिलो पल्ट अनुसन्धान र नक्सा बनाउने काम चार्ल्स एम डोगतीद्वारा १८८७ मा भएको थियो। सन् १८८३ मा चार्ल्स हबर द्वारा पत्ता लगाएको टामा स्टिल हाल लुभ्रमा सङ्ग्रहित छ।
जर्मन पुरातात्विक संस्थानको अन्तर्गत यस क्षेत्र पुरातत्व अनुसन्धान, हाल सम्म पनि चलिरहेको छ।
अर्थतन्त्रसम्पादन
ऐतिहासिक रूप देखिनै, तेइमा छोकडाको बोटको लागि जानिन्छ । मरुद्यानमा चट्टानको नुन उत्पादन गरेको छ, जुन सम्पूर्ण अरबमा वितरित गरिएको थियो । यहाँ फिट्कीरी समेत उत्पदन हुने गरेको छ जो उँटको उपचार गर्न प्रयोग हुने गरेको छ ।[१]
उल्लेखनिय स्थानहरूसम्पादन
- कस्कर अल-अबलाक महल यस शहर को दक्षिणपश्चिममा अवस्थित छ । यो जुइस कवीद्वरा छैटौँ शताब्दीमा बनाइएको थियो ।
- कस्कर अल-हमरा महल ७ औँ शताब्दीमा बनाइएको थियो ।
- अस्कर अल-राधम
- यहाँ धेरै महल तथा सङ्ग्रहालयहरू रहेका छन् जस मध्य साउदी अरबमा रहेको राष्ट्रिय सङ्ग्रहालय आदि ।
- तेइमामा पुरातत्त्वको एक महत्त्वपूर्ण मानिएको सुरक्षा भित्ता ६ औँ शताब्दी ईसा पूर्व मा पुरानो शहर को लगभग ३ किनाराहरु बनाइएको थियो ।
- हदाजको इनार
- कसर अल-बेजैदी
यहाँ धेरै प्रख्यात ठाउँ रहेका छन् ।