ताप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
ताप एक प्रकारको शक्ति हो । तापलाई हामि अनुभव गर्छौं । तापले पदार्थका अणुहरूमा क्म्पन उत्पन्न गराउँछ । कुनै वस्तुमा ताप बदाउँदै गइयो भने अणुहरूको कम्पन्नमा पनि वृद्धि हुन्छ । कम्पन भएका अणुहरूमा गतिशक्ति हुन्छ र तापशक्ति पनि बढ्छ । वस्तुमा भएका अणुहरूको गतिशक्तिको समष्टी (योग) लाई नै त्यस वस्तुमा भएको ताप वा तापशक्ति भनिन्छ ।
गतिशक्ति
तापशक्ति
वस्तुमा भएको तापको परिमाण पदार्थमा रहेको अणुहरूको संङ्ख्या अर्थात् पदार्थको पिण्ड र अणुहरूको औसत गतिशक्तिमा निर्भर रहन्छ । सीजीएस प्रणालीमा तापशक्तिलाई क्यालोरी एकाइमा नापिन्छ भने एसआई प्रणालीमा तापशक्तिलाई जुल एकाइमा नापिन्छ । तापशक्ती नाप्ने उपकरणलाई क्यालोरी मिटर भनिन्छ ।
तापको असर
सम्पादन गर्नुहोस्तापको कारणले निम्नानुसारको असर पर्दछ।
- तापक्रमको बृद्धी
- अवस्थामा परिवर्तन (ठोस,तरल,ग्यास)
- वस्तुको प्रसार (आयतनमा वृद्धि, को पानी बाहेक)
- वस्तुको घुलनशीलतामा परिवर्तन
- रासायनिक परिवर्तन
- भौतिक परिवर्तन (रङ्ग,चुम्बकिय गुण,सुचालकपन आदि)
ताप समीकरण(Heat Equation)
सम्पादन गर्नुहोस्कुनै पनि वस्तुको विशिष्ट ताप धारण क्षमता, पिण्ड, तापक्रम परिवर्तन र ताप परिमाणहरु बिचको अन्तरसम्बन्ध लाई देखाउने समिकरणलाई ताप समीकरण भनिन्छ।
कुनै वस्तुले ग्रहण गरेको वा गुमाएको तापशक्ति उक्त वस्तुको पिण्ड सँग समानुपातिक सम्बन्ध हुन्छ।
अर्थात, ----------------1
कुनै बस्तुले ग्रहण गरेको गुमाएको तापशक्ति उक्त वस्तुमा परिवर्तन हुने तापक्रम सँग समानुपातिक हुन्छ।
अर्थात, --------------2
समीकरण 1 र 2 बाट,
अथवा, --------3
जहाँ, एउटा अचार राशि हो। जसलाई विशिष्ट ताप धारण क्षमता भनिन्छ।
समीकरण लाई ताप समीकरण भनिन्छ।