नेपालभाषा: नेवार भाषा वा नेवार समुदायले बोल्ने प्रादेशिक भाषा (नेवारीमा नेपालभाषा वा नेवाःभाय्) नेपालको एउटा प्रमुख समृद्ध भाषा हो। नेपालभाषा भनेको नेवारी साहित्यको ऐतिहासिक,सामाजिक,साँस्कृतिक एवं साहित्यिक उपनाउँ हो । चिनी-तिब्बती भाषा परिवार अन्तर्गत तिब्बती-बर्मेली समूहमा पर्ने यस भाषा किराँत भाषामा विभिन्न भाषाहरू मिसिएर विकसित भई मल्लकालदेखि साहित्यिकरूपमा फल्दैफुल्दै आएको छ । आफ्नै विभिन्न लिपि भएको यस भाषा देवनागरी लिपिमा पनि लेखिने एउटै मात्र चिनी-तिब्बती परिवारको भाषा पनि हो। यो भाषा चिनी-तिब्बती भाषा परिवार अन्तर्गत तिब्बती-बर्मेली समुहमा पर्दछ। नेपालभाषा धेरै लिपिहरूमा लेखिन्छ। ती मध्ये प्रमुख लिपिहरू रञ्जना लिपि, प्रचलित, ब्राह्मि, भुजिमोल हुन्। यी सबै लिपिहरू देब्रेबाट दायाँतर्फ लेखिन्छन्, तर कुटिला लिपि लिपि भने माथिबाट तल लेखिन्छ। यी सबै लिपिमा स्वरमाला र व्यंजनमाला गरी दुई प्रकारका अक्षरहरू हुन्छन्। नेपाल भाषाका चौधवटा लिपि हुन्:- नेपालभाषा काठमाडैं उपत्यकाको मौलिक भाषा हो। यसको उत्पत्ति काठमाडौं उपत्यकामा भएकोमा विद्वहरूको सहमति छ। काठमाडौं उपत्यकामा किरांत शासणको समयमा यस भाषामा किरांती भाषाको प्रभाव पर्न गयो। तिब्बतसँगको शताव्दीयौंको व्यापारले गर्दा यो भाषामा तिब्बती भाषाको पनि उल्लेख्य प्रभाव देखिन्छ। लिच्छवी काल र मल्ल कालमा बध्दो संस्कृतको तथा शाहकालमा खस (नेपाली) भाषाको प्रभाव यो भाषामा देखिन्छ।