ढाँचा:प्रमुख लेख/नउगाँ जिल्ला
नउगाँ (बाङ्ला: নওগাঁ জেলা) बाङ्लादेशको उत्तरी क्षेत्रमा पर्ने एक जिल्ला हो। यो जिल्ला राजशाही विभागमा पर्दछ। नउगाँ सहर यस जिल्लाको प्रमुख सहर हो। यो जिल्ला २४°३२' देखि २५°२३' उत्तर अक्षांश र ८८°२३' देखि ८९°१०' पूर्व देशान्तरणमा अवस्थित छ। नउगाँ जिल्लाले बाङ्लादेशको कुल क्षेत्रफल मध्ये ३४३५.६७ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई भारतको पश्चिम बङ्गाल राज्यले उत्तरबाट घेरेको छ भने यस जिल्ला दक्षिणमा राजशाही र नाटोर जिल्ला रहेका छन्। त्यस्तै गरि यस जिल्लाको पूर्वमा जयपुरहाट, बगुडा र नाटोर जिल्ला रहेका छन् भने पश्चिममा नवावगञ्ज जिल्ला रहेको छ। यस जिल्ला आत्राई, पुनर्भाह, जमुना, शिव, नगर आदि नदिहरू रहेका छन्। (पूरा पढ्नुहोस्...)