{{{2}}}

ठूलो घाउँके हावासील नेपाल लगायत दक्षिणपूर्वी युरोप, एसिया तथा अफ्रिकाका सिमसार क्षेत्र तथा ताल तलैया वरपरमा पाइने हावासील प्रजातिको चरा हो। यो चरा दक्षिणपुर्वी युरोप देखि एसिया र अफ्रिकाका नदिहरू र तालहरूमा प्रजनन गर्ने गर्दछ। यो चरा विश्व भरी छरिएर बस्ने र धेरै मात्रामा पाइने भएकाले यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघद्वारा कम चासोका प्रजातिको रूपमा वर्गीकृत गरिएको छ र यसलाई आइयुसीएनको रातो सूचीमा पनि सूचीकृत गरिएको छ। यस चरालाई युरोपेली संघ पंक्षी संरक्षण संस्थाद्वारा १०८ संरक्षण क्षेत्रहरूमा पनि राखिएको छ। युरोपमा बसोबास गर्ने यस चराको प्रजातिलाई ४३ महत्त्वपूर्ण पंक्षीको रुपमा लिइन्छ। यस चरालाई अफ्रिकी युरेसिया बसाइँसराइ गर्ने पंक्षीको रुपमा पनि लिइन्छ। ठुलो घाउँके हावासील हावमसील प्रजातिका चराहरूमा सबैभन्दा ठूलो चरा हो । हवासील प्रजातिका चराहरूमा सानो घाउँके हावासील बाहेक अन्य सबै प्रजातिहरूको आकार ठुलो नै हुन्छ। (पूरा  पढ्नुहोस्...)