मुख्य सूची खोल्नुहोस्

डोग्री भारत को जम्मू तथा कश्मीर प्रान्त र पाकिस्तान मा समेत बोलीने एक भाषा हो ।[१] सन् २००४ मा यसलाई भारतीय संविधान को आठौँ अनुसूची मा सामेल गरिएको हो । पश्चिमी पहाडी बोलिहरू को परिवार मा, मध्यवर्ती पहाडी तीरको जनभाषा मा, डोग्री, चंबयाली, मडवाली, मंडयाली, बिलासपुरी, बागडी आदि उल्लेखनीय छन् । डोग्री यो विशाल परिवार मा धेरै कारणले विशिष्ट जनभाषा हो । यसको पहिलो विशेषता यो छ कि अरू भाषा को तुलनामा यो भाषा बोल्ने को सँख्या अपेक्षा भन्दा बढी छ । दोस्रो यो छ कि यो भाषा परिवार मा केवल डोग्री साहित्यिक रूप बाट गतिशील र सम्पन्न छ । डोग्री को तेस्रो विशिष्टता यो छ कि एक समय यो भाषा कश्मीर रियासत तथा चंबा राज्य मा राजकीय प्रशासन को बोलीचाली को रूपमा रहेको थियो ।


विषयसूची

डोग्रीको लिपीसम्पादन

डोग्री को आफ्नै एक लिपि छ जसलाई टाकरी या टक्करी लिपि भनिने गरिन्छ।

डोग्रा
प्रकारअबुगीदा
बोलिने भाषाडोग्री
ISO 15924दोग्रभा
सूचना: यस पृष्ठको सहायताको निम्ति IPA ध्वन्यात्मक चिन्ह प्रयोग गरिएको छ ।

यो लिपि धेरै नै पुरानो हो । गुरमुखी लिपि को शुरुवात यहि लिपिबाट भएको मनिन्छ।[२] कश्मिरी महाराज रणवीर सिंह ले, आज भन्दा लगभग एक वर्ष पूर्व, आफ्नो राज्यकाल मा, डोग्री लिपिको विकासमा प्रयाश गरेको पाइन्छ ।



सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Sharma, Sita Ram (1992). Encyclopaedia of Teaching Languages in India, v. 20. Anmol Publications. प॰ 6. https://books.google.com/?id=wIJhAAAAMAAJ. 
  2. Pandey, Anshuman (२०१५-११-०४), "L2/15-234R: Proposal to encode the Dogra script in Unicode" 


बाह्य लिङ्कहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन