डेलोइट
डेलोइट टचे टोमाट्सु लिमिटेड (अङ्ग्रेजी: Deloitte Touche Tohmatshu Limited) विश्वका ठूला लेखापरीक्षण तथा लेखा सम्बन्धमा प्राविधिक सेवा उपलब्ध गराउने ठूला चार कम्पनीहरु मध्ये एक हो । यो संस्था आम्दानी तथा यसमा काम गर्ने कर्मचारीहरूको संख्याको आधारमा विश्वको सबैभन्दा ठूलो लेखा व्यावसायी कम्पनी हो ।[१] यो कम्पनी विश्वमा १५० वटा देशहरूमा २००,००० भन्दा बढी प्राविधिकहरु मार्फत लेखापरीक्षण, कर, परामर्श, जोखिम व्यवस्थापन तथा वित्तीय परामर्श सम्बन्धी प्राविधिक सेवा उपलब्ध गराउदै आइरहेको छ ।
डेलोइट | |
---|---|
नाम | डेलोइट टचे टोमाट्सु लिमिटेड |
प्रकार | प्राइभेट कम्पनी |
उद्योग | लेखा व्यावसायी |
स्थापित वर्ष | १८४५, लन्डन, इङ्ल्यान्ड |
संस्थापक | विलिमय वेल्च डेलोइट |
मुख्यालय | न्युयोर्क, संयुक्त राज्य |
सेवा क्षेत्र | संसार भरि |
प्रमुख ब्यक्तिहरू | स्टेफन अल्मोन्ड (अध्यक्ष) बेरी स्लाटवर्ग (कार्यकारी प्रमुख) |
सञ्चालन आय | ३२.४१ विलियन अमेरिकन डलर |
कर्मचारी | २०३,००० (२०१३) |
वेबसाईट | Deloitte.com/global |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा डेलोइट सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।