डिक्सी डमेलियो
डिक्सी जेन डमेलियो (अङ्ग्रेजी: Dixie Jane D’Amelio) टिकटकका लागि चिनिने अमेरिकी सामाजिक सञ्जाल व्यक्तित्व र गायिका हुन् । उनी चार्ली डमेलियोकी दिदी हुन् । सन् २०२० मा उनी एटवे जनरल नामक युट्युब वेब शृंखलामा देखिएकी थिइन् ।
डिक्सी डमेलियो | |
---|---|
जन्म | नर्वाक, कनेक्टिकट, संयुक्त राज्य अमेरिका | १२ अगस्ट २००१
पेशा |
|
कार्यकाल | सन् २०१९ - अहिलेसम्म |
चिनारीको कारण | टिकटक |
आफन्त | चार्ली डमेलियो (बहिनी) |
कार्य जीवन
सम्पादन गर्नुहोस्उनकी बहिनी, चार्ली डमेलियोले टिकटकमा ख्याति प्राप्त गरेपछि डिक्सीको कार्य जीवनको सुरुवात भएको हो । डिक्सीले पनि टिकटकमा भिडियो राख्न थालिन् जसले गर्दा उनले २ करोड भन्दा बडी अनुयायी एकत्र गरिन् ।[१][२] डिक्सीको इन्स्टाग्राममा १ करोड भन्दा बडी र ट्विटरमा २१ लाख अनुयायी छन् ।[३][४] उनी टिकटकमा सबैभन्दा धेरै अनुयायी भएका व्यक्तिका सूचीमा १३ औँ स्थानमा पर्छिन् ।
जनवरी २०२० देखि डमेलियोले युनाइटेड ट्यालेन्ट एजेन्सीसँग काम गर्न थालेकी छिन् ।[५] मे २०२० मा उनी र उनकी बहिनीले निजी जीवन दर्शकहरूलाई देखाउन र्याम्बल पडकास्ट नेटवर्कसँग सम्झौता गरिन् ।[६]
सन् २०२० मा उनी एटवे जनरल नामक युट्युब वेब शृंखलामा देखिएकी थिइन् ।[७]
जून २६, २०२० मा डमेलियोले "बी हेप्पी" नामक गीत निकालिन् ।[८] जून २८ भित्र उनको गीत स्पोटिफाईमा १४ लाख भन्दा बडी चोटी सुनिएको थियो ।[९]
गायन र सङ्गीत
सम्पादन गर्नुहोस्नाम | वर्ष | चार्टमा स्थान | एल्बम | ||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
[१०] |
[११] |
[१२] |
[१३] | ||||||||||
"बी हेप्पी" | सन् २०२० | १ | ९४ | ८ | ५५ | एल्बममा नराखिएको | |||||||
"—" ले उक्त क्षेत्रको चार्ट उपलब्ध नभएको वा सो क्षेत्रमा गीत नानिकलिएको जनाउँछ । |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ ग्रान्ट, स्टेसी (मार्च २३, २०२०), "चार्लीकी दिदी, डिक्सी डमेलियोको बारेमा थाहा पाउनुपर्ने कुराहरू ।", सेभेनटीन, अन्तिम पहुँच जुलाई ३१, २०२०।
- ↑ "टिकटकमा डिक्सी डमेलियो ।", टिकटक, अन्तिम पहुँच जुलाई ३१, २०२०।
- ↑ "डिक्सी डमेलियो 🖤 (@dixiedamelio) • इन्स्टाग्राम पोस्ट ।", इन्स्टाग्राम, अन्तिम पहुँच जुलाई ३१, २०२०।
- ↑ "डिक्सी (@dixiedamelio)", ट्विटर (अङ्ग्रेजीमा), अन्तिम पहुँच जुलाई ३१, २०२०।
- ↑ जार्भी, नटाली (जनवरी १५, २०२०), "टिकटक प्रस्तुतकर्ता चार्ली र डिक्सी युनाइटेड ट्यालेन्ट एजेन्सी साथ ।", द हलिउड रिपोर्टर, अन्तिम पहुँच जुलाई ३१, २०२०।
- ↑ "चार्ली र डिक्सी डमेलियोको पडकास्ट ।", द हलिउड रिपोर्टर, अन्तिम पहुँच जुलाई ३१, २०२०।
- ↑ जार्भी, नटाली (फेब्रुअरी १४, २०२०), "टिकटक व्यक्तित्व डिक्सी डमेलियो वेब शृंखलामा ।", द हलिउड रिपोर्टर, अन्तिम पहुँच जुलाई ३१, २०२०।
- ↑ ट्वर्स्की, क्यारोलिन (जून २६, २०२०), "तपाईँहरूले डिक्सी डमेलियोको नयाँ गीत सुन्ने पर्छ ।", सेभेनटीन, अन्तिम पहुँच जुलाई ३१, २०२०।
- ↑ "डिक्सी डमेलियोको "बि हेप्पी" पहिलो सप्ताहन्तमा नै १४ लाख भन्दा बडी चोटी सुनियो; भिडियो जुलाई १ मा निकालिने ।", हेडलाइन प्लानेट, जून २९, २०२०, अन्तिम पहुँच जुलाई ३१, २०२०।
- ↑ "बिलबोर्ड अन्डर हट १०० - जुलाई १८, २०२० ।", बिलबोर्ड, अन्तिम पहुँच जुलाई ३१, २०२०।
- ↑ "डिक्सी डमेलियो, कनेडियन हट १०० ।", बिलबोर्ड, अन्तिम पहुँच जुलाई ३१, २०२०।
- ↑ "हट १०० चार्ट ।", द ओफिसियल न्यू जील्यान्ड म्युजिक चार्ट, अन्तिम पहुँच जुलाई ३१, २०२०।
- ↑ "टप १०० चार्ट ।", ओफिसियाल चार्ट्स कम्पनी, अन्तिम पहुँच जुलाई ३१, २०२०।