डायलग आजीयाटा निजी लिमिटेड कम्पनी (सिन्हाला: ඩයලොග් ආසියාටා පීඑල්සී तमिल:டயலொக் ஆசியாடா பிஎல்சி) पहिला एमटिएन नेटवर्क्स वा डायलग टेलिकमको रूपमा चिनिने), श्रीलङ्कामा सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायकहरू मध्य एक हो । १२.८ मिलियन प्रयोगकर्ताहरूका साथ यो देशमा सबैभन्दा ठूलो मोबाइल नेटवर्क सञ्चालक हो र श्रीलङ्कामा मोबाइल बजारको ५०% शेयर ओगटेको छ । डायलग आजीयाटाको एक सहायक कम्पनी हो वा यसको मालिक आजीयाटाको ८३.३२% नियन्त्रणमा रहेकोे छ भने बाँकी चाहिँ सार्वजनिक नियन्त्रणमा रहेकोे छ । यसको मुख्यालय श्रीलङ्काको कोलम्बोमा अवस्थित छ ।

डायलग आजीयाटा निजी लिमिटेड कम्पनी
डायलग
मौलिक नाम
ඩයලොග් ආසියාටා පීඑල්සී டயலொக் ஆசியாடா பிஎல்சி
व्यवसाय प्रकार
निजी लिमिटेड कम्पनी
उद्योगदूरसञ्चार
पूर्ववर्तीहरूएमटिएन नेटवर्क्स (प्रा) लि (१९९३-२००५)
डायलग टेलिकम निजी लिमिटेड कम्पनी (२००५-२०१०)
स्थापित२७ अगस्ट १९९३ (1993-08-27)
केन्द्रीय कार्यालयकोलम्बो ०२, श्रीलङ्का
मुख्य व्यक्ति
  • डटुक अज्जत कमलुदिन
  • (अध्यक्ष / बिना-स्वतन्त्र, बिना-कार्यकारी अधिकृत)[१]
  • सुपुन वेरेसिङ्हे
  • (प्रमुख कार्यकारी / बिना-स्वतन्त्र, कार्यकारी निर्देशक)[१]
उत्पादनहरूनिश्चिति र मोबाइल टेलिफोन
निश्चिति र ताररहित ब्रोडब्यान्ड
सेटेलाइट टेलिभिजन
मोबाइल टिभी
आम्दानी
परिचालन आय
  • वृद्धियुएस$८५.८ मिलियन (२०१६)[२]
  • वृद्धियुएस$५९.९ मिलियन (२०१६)[२]
कुल सम्पत्ति
  • वृद्धियुएस$८७९ मिलियन (२०१६)[२]
कुल इक्विटी
  • वृद्धियुएस$३५८.८ मिलियन (२०१६)[२]
कर्मचारी सङ्ख्या
४,३७४ (२०१५)[३]
मूल सङ्गठनआजीयाटा ग्रुप बेरहाड (८३.३२%)
सहायक कम्पनीहरूडायलग बित्त निजी लिमिटेड कम्पनी (८०%)
डायलग ब्रोडब्यान्ड नेटवर्क (प्रा) लि (१००%)
डायलग टेलिभिजन (प्रा) लि (१००%)
डिजिटल होल्डिङ्स लङ्का(प्रा) लि (१००%)
डिजिटल बाणिज्य लङ्का (प्रा) लि (१००%)
डायलग व्यापार सेवाहरू (प्रा) लि (१००%)
डिजिटल स्वास्थ (प्रा) लि(७०%)
वेबसाइटwww.dialog.lk

डायलग जून २००५ मा कोलम्बो स्टक एक्सचेन्ज सूचीबद्ध भएको थियो । फेब्रुअरी २०१७ का अनुसार, डायलग आजीयाटाले ($५७३ मिलियन अमेरिकी डलर) बजार पूँजिकरण धारण गरेको छ र श्रीलङ्कामा बजार पूँजिकरणका आधारमा ५ औँ सबैभन्दा ठूलो सूचीबद्ध कम्पनी बन्न सफल रहेको छ । २०१४ मा देशको संयुक्त उत्तरदायित्व सूचकांकद्वरा कम्पनीले उच्च "प्लाटिनम" दर्जा प्राप्त गरेको थियो र यसका साथै कम्पनीले ४ पटक लगातार यस दर्जा प्राप्त गरेको छ ।[४]

डायलगले २.५ जी, ३ जी, ३.५ जी र ४ जी एलटिइ सञ्चार नेटवर्क सञ्चालन गरेको छ दक्षिण एसियामै पहिलो पटक ३ जी र एचएसपिए+ सेवा सञ्चालन गरेको थियो । १० मेजाहर्ज स्पेक्ट्रम र १८०० मेगाहर्ज ब्यान्डका साथ अप्रिल २०१३ मा डायलग आजीयाटाले ४ जी एलटिइ सेवा शरू गरेको थियो र व्यापारिक रूपमा एफडि-एलटिइ नेटवर्क सञ्चालन गर्ने दक्षिण एसियामै पहिलो सञ्चालक बनेको थियो ।

यस कम्पनीले विभिन्न सेवाहरू प्रदान गर्दै आइरहेको छ जस्तै डायलग टिभी, सेटेलाइट टेलिभिजन र डायलग ग्लोबल सेवा जसले अन्तर्राष्ट्रिय दूरसञ्चार सेवा प्रदान गरेको छ ।

इतिहास सम्पादन गर्नुहोस्

एमटिएन नेटवर्क्स (प्रा) लि (१९९३-२००५) सम्पादन गर्नुहोस्

डायलग १९९३ मा एमटिएन नेटवर्क्स (प्रा) लि को रूपमा स्थापित भएको थियो जसमा ९०% निसाफ टेलिकम मलेसिया बेरेहाड (टिएम) र १०% क्यापिटल महाराजाको (स्थानीय लगानीकर्ता) निसाफ रहेको थियो । टेलिकम मलेसिया (टिएम) धेरै भाग मलेसिया सरकारको स्वामित्वको कम्पनी हो ।

 
डायलग जिएसएमको लोगो (१९९५-२००५)

१९९५ मा स्थापनाको २ वर्ष पछि एमटिएन नेटवर्कले यसको व्यापारिक सञ्चालन ब्रान्ड नाम अन्तर्गत, डायलग जीएसएमको रूपमा सेवा पुन सञ्चालन गरेको थियो ।

डायलग टेलिकम निजी लिमिटेड कम्पनी (२००५-२०१०) सम्पादन गर्नुहोस्

 
डायलग टेलिकम निजी लिमिटेड कम्पनीको लोगो (२००५-२०१०)

मार्च २००५ एमटिएन नेटवर्क्स प्रा लि यसको नयाँ पहिचानको रूपमा डायलग टेलिकम लिमिटेडमा नाम सार्यो ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ "निर्देशन बिभाग", डायलग आजीयाटा। 
  2. २.० २.१ २.२ २.३ २.४ "वार्सिक प्रतिवेदन २०१६", डायलग आजीयाटा, अन्तिम पहुँच ९ फेब्रुअरी २०१७ 
  3. "दिगो प्रतिवेदन २०१५", डायलग आजीयाटा निजी लिमिटेड कम्पनी, अन्तिम पहुँच २४ मे २०१६ 
  4. "पुरस्कर", डायलग आजीयाटा। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्