टीका चाम्लिङ (अङ्ग्रेजीः Tika Chamling) नेपाली साहित्यका एक प्रसिद्ध कवि तथा गीतकार हुन् । [१]

टीका चाम्लिङ
जन्मवि.सं. २०३० माघ ४ गते
नुनथला– ५, खोटाङ
राष्ट्रियतानेपालनेपाली
शिक्षास्नातकोत्तर (नेपाली)
पेशालेखन
चिनारीको कारणगीतकार, कवि
मातापितादीलकुमारी चाम्लिङ राई, रोजबहादुर चाम्लिङ राई

"बाटोमा"


बाटोमा
जे पनि देख्न सकिन्छ
जो पनि भेट्न सकिन्छ

हुनसक्छ उदासिँदै
घर फर्किरहेका मलामीहरु हुन्
हुनसक्छ उल्लासिँदै
घर गइरहेका जन्तीहरु हुन्
बाटोमा
जे पनि देख्न सकिन्छ
जो पनि भेट्न सकिन्छ

हुनसक्छ नारा घन्काउँदै
निस्फिक्री उफ्रिरहेका बेरोजगारहरु हुन्
हुनसक्छ ठेलागाडा तान्दै
मरिकुच्ची कुप्रिरहेका मजदूरहरु हुन्
बाटोमा
जे पनि देख्न सकिन्छ
जो पनि भेट्न सकिन्छ
हुनसक्छ साइरन लगाउँदै
निर्लज्ज गुडिरहेका सवारहरु हुन्
हुनसक्छ स्वरुप बदल्दै
निर्धक्क घुमिरहेका तस्करहरु हुन्
बाटोमा
जे पनि देख्न सकिन्छ
जो पनि भेट्न सकिन्छ

हुनसक्छ हातेमालो गर्दै
निमग्न हाँसिरहेका सुन्दरताहरु हुन्
हुनसक्छ माखेसाङ्लो थाप्दै
दुष्कर्म ताकिरहेका कुरुपताहरु हुन्
बाटोमा
जे पनि देख्न सकिन्छ
जो पनि भेट्न सकिन्छ

अफसोच
सदियौँ पुराना बाटोका घाउहरु
बाटोमा कहिल्यै पनि देखिँदैनन्
बाटोमा कहिल्यै पनि भेटिँदैनन् ।

"बागी कविता" कविता संग्रहबाट

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

विक्रम सम्वत् २०३० माघ ४ गते साबिक नुनथला गाविस– ५, खाम्ला, खोटाङ (हालः जिल्लाको दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका वडा नं. १३) मा आमा दिलकुमारी राई र आपा रोजबहादुर राईका ज्येष्ठ छोराका रूपमा टीका चाम्लिङको जन्म भएको हो ।[२]

साहित्यिक जीवन सम्पादन गर्नुहोस्

टीका चाम्लिङ विद्यालय जीवनमै कवितामार्फत साहित्यको औपचारिक यात्रा आरम्भ गरेका टीका चाम्लिङले साहित्य लेखनमै साढे तीन दशक समय व्यतित गरिसकेका छन् । विशेषगरी गीत, कविता र यात्रा संस्मरण विधामा कलम चलाउने उनी पूर्णकालीन कवि, गीतकार र संस्कृतिकर्मी हुन् । टीका चाम्लिङ खासगरी सिद्धहस्त गीतकारका रूपमा परिचित छन् । उनका दुई सय बढी गीतहरू विभिन्न चर्चित गायक-गायिकाका स्वरमा रेकर्ड भएका छन् । उनी हाल नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा सदस्यसमेत रहेका छन् । [३][४]

प्रकाशित कृतिहरू सम्पादन गर्नुहोस्

  • सधैँभरि, गीति अडियो– २०५८ साल
  • राखौऊ सम्झना, लोकजुहारी शब्द सड्ढलन– २०५९ साल ।
  • सोमबारे हाटैमा, लोक जुहारी शब्द सड्ढलन– २०५९ साल ।
  • सपनाको रङ, गीतिकाव्य कृति– २०६० साल ।
  • समयको रङ, गीतिकाव्य कृति– २०६४ साल ।
  • जूनको बस्ती, गीतिकाव्य कृति– २०६८ साल ।
  • मुन्दुम र मालिङ्गो, गीतिकाव्य कृति– २०७१ साल ।
  • बागी कविता, कविताकाव्य कृति – २०८० साल ।
  • साथै, २०० वटा जति गीत, स्वराड्ढित, छायाड्ढित तथा कविता फुटकर रूपमा प्रकाशित सङ्ग्रहित ।

पुरस्कार तथा सम्मान सम्पादन गर्नुहोस्

  • राष्ट्रव्यापी बाल गीत–सङ्गीत सम्मेलनमा रचनातर्फ सर्वोत्कृष्ट गीतकार– २०७५ रेडियो नेपाल ।
  • नेपाली प्रतिभा पुरस्कार– २०७३, नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत ।
  • खोटाङ प्रतिभा पुरस्कार– २०७२, खोटाङ सेवा समाज, बेलायत ।
  • राष्ट्रव्यापी आधुनिक गीत–सङ्गीत सम्मेलनमा रचनातर्फ सर्वोत्कृष्ट गीतकार– २०६१, रेडियो नेपाल ।
  • छत्र–विष्णु कृति सम्मान– २०७२, संयोजन, किरात राई यायोक्खा, केन्द्रीय कार्यसमिति ।
  • सृजनशील युवा सम्मान– २०७३, सृजनशील युवा समाज, सोलुखुम्बू ।
  • जिमी राई गीतिसम्मान– २०६२, जिमी राई उत्थान समाज, केन्द्रीय कार्यसमिति ।
  • प्रदेश भाषा, साहित्य, कला र संस्कृति सम्मान– २०७८, प्रदेश १ सरकार, विराटनगर आदि ।
  1. गीतकार चाम्लिङको नयाँ गीत ‘ओ नाना ताया’ भिडियोसहित
  2. साहित्यपोस्ट, टीका चाम्लिङका रचनाहरू
  3. सूर्यमुखी फूल
  4. कविता : बागी सपना