झिनाइदह जिल्ला (बङ्गाली: ঝিনাইদহ) बङ्गलादेशको दक्षिण-पश्चिममा पर्ने एक प्रमुख जिल्ला हो । यो जिल्ला खुल्ना विभागमा पर्छ ।

झिनाइदह जिल्ला
ঝিনাইদহ
उपनाम: 
झिनाइदेह
बङ्गलादेशको नक्सामा झिनाइदह जिल्लाको अवस्थितिको अवस्थिति
बङ्गलादेशको नक्सामा झिनाइदह जिल्लाको अवस्थिति
निर्देशाङ्क: २३°३२′N ८९°००′E / २३.५४°N ८९.००°E / 23.54; 89.00निर्देशाङ्कहरू: २३°३२′N ८९°००′E / २३.५४°N ८९.००°E / 23.54; 89.00
देश बङ्गलादेश
विभागखुल्ना
क्षेत्रफल
 • जम्मा१,९६४.७७ किमी (७५८.६० वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा१,७७१,३०४
 • घनत्व९००/किमी (२३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशको प्रमाणिक समय)

इतिहास सम्पादन गर्नुहोस्

प्रशासन ब्रिटिश शासन को शुरुवात मा झिनाइदह एक पुलिस थानाको रूपमा रहेमो थियो भने सन् १७९४ मा यो स्थान एक ठूलो कारागारको रूपमा परिणत भएको थियो । झिनाइदह उप विभाजनको स्थापना सन् १८६३ मा गरिएको थियो भने सन् १९८४ मा एक जिल्लाको रुपमन परिवर्तन भएको थियो । खुल्ना विभागको १० जिल्ला मध्ये झिनाइदह जिल्ला ५ अौँ स्थानमा पर्छ भने बङ्गलादेशको ६४ जिल्ला मध्ये ३४ अौँ स्थानमा रहेको छ । यस जिल्लामा रहेको छौटौँ उपजिल्ला मध्ये झिनाइदेह सदर सबैभन्दा ठूलो उपजिल्ला हो जसले ४६७.७५ वर्ग किलोमिटर ओगटेको छ । यस उपजिल्लाले कुल क्षेत्रफलको २३.९९% भाग ओगटेको छ भने कोटचन्द्रपुर सबैभन्दा सानो उपजिल्ला हो ।

भूगोल सम्पादन गर्नुहोस्

भिनाइदह जिल्ला २३°१३'देखि २३°४६' उत्तर अक्षांश र ८८°४२' देखि ८९°२३' पुर्व देशान्तरणमा अवस्थित छ । यो जिल्लाले बङ्गलादेशमा १९४९.६२ वर्ग किलोमिटरमा फैलिएको छ । यस जिल्लालाई उत्तरबाट कुष्टिया जिल्लाले घेरेको छ भने जशोर जिल्ला र भारतको पश्चिम बङ्गालले दक्षिणबाट घेरेको छ, त्यस्तै गरी राजबारा र मगुरा जिल्लाले पुर्वमा र पश्चिममा चौगंगा जिल्ला र भारतको पश्चिम बङ्गाल प्रदेशले घेरेको छ ।

जनसङ्ख्या सम्पादन गर्नुहोस्

सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या १५,७९४,९० रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ८,१५५,७६ छ भने महिलाको जनसङ्ख्या ७,६३९,१४ रहेको छ । यस जिल्लामा इस्लाम धर्ममा मानिसहरूको सङ्ख्या १४,१५३,७९ रहेका छन् भने हिन्दु धर्मका मानिसहरू १,६२८,०८ रहेका छन् ।[१] त्यस्तै गरी इसाई धर्मको सङ्ख्या १६१, बुद्ध धर्मको सङ्ख्या ८३५ छ भने अन्य धर्मका मानिसको सङ्ख्या ३०७ रहेका छन् । [२]

शिक्षा सम्पादन गर्नुहोस्

बङ्गलादेश राष्ट्रिय शिक्षा आयोगका अनुसार यस जिल्लाको अौसत साक्षरता दर ४४.७% रहेको छ जसमध्ये ४८.८% पुरुष रहेका छन् भने ४०.३% महिला रहेका छन् । यस जिल्ला १ विश्वविद्यालय, ५४ उच्च विद्यालय, १ पोलिटेक्नीक संस्था, ३०४ माध्यमिक विद्यालय, ८०४ प्राथमिक विद्यालयहरू रहेका छन् ।

अर्थतन्त्र सम्पादन गर्नुहोस्

यस जिल्लाको मुख्य आय श्रोत कृषि पेशा हो जसमा कुल जनसङ्ख्याको ६७% मानिसहरू आवद्ध छन् । अन्य पेशाहरू पनि मानिसहरू आवद्ध छन् जसमा मजदुरी पेशामा २.९३% मानिसहरू संलग्न छन् भने कलकारखानामा १.५९%, बाणिज्यमा १४.२४%, यातायात र सञ्चारमा ३.८३%, धर्म सेवामा १.१६%, अन्य ३.७३% रहेको छ ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्