जेसिका अल्बा

अमेरिकी अभिनेत्री

जेसिका मारिया अल्बा (जन्म: २८ अप्रिल १९८१)[१] एक अमेरिकी चलचित्र तथा टेलभिजन अभिनेत्री हुन। उनले १३ वर्षको उमेरमा क्याम्प नोव्हेरसीक्रेट वर्ल्ड अफ एलेक्स म्याक (१९९४)बाट अभिनय क्षेत्रमा प्रवेश गरिन। उनी डार्क एन्जल नामक टेलि-शृङ्खलाबाट मु्ख्य अभिनेत्रिको रूपमा अगाडि आईन। पछि उनले हनी (२००३), सिन सिटी (२००५), फ्यान्टास्टिक फोर (२००५), इनटु द ब्लु (२००५) र २००७को दुबै चलचित्र फ्यान्टास्टिक फोर: राइज अफ द सिल्भर सफरगुड लक चक लगायतका धेरै चलचित्रहरूमा अभिनय गरिन।

जेसिका अल्बा
सन् २०१६ मा अल्बा
जन्मजेसिका मारिया अल्बा
(1981-04-28) २८ अप्रिल १९८१ (उमेर ४२)
पोमोना, क्यालिफोर्निया, संयूक्त राज्य अमेरिका
पेशाअभिनेत्रि
कार्यकाल१९९४–हाल
जीवनसाथी
(
वि २००८)
समकक्षीमाइकल वेदर्लि (२०००-२००३)
सन्तानहनर मारिया (जन्म २००८)

जेसिका अल्बालाई यौन प्रतीक मानिन्छ र अक्सर उनको आकर्षण प्रति सञ्चारको ध्यान केन्द्रित रहन्छ। सन २००६मा म्याक्सिम नामक पत्रिकाले "कामुक १००"को सूची र AskMen.comले "९९ सर्वाधिक वांछित महिला"को सूचीमा एक नम्बरमा तथा २००७मा FHMले "विश्वका कामुक महिला"को सूचीमा समेत सूचीकृत गरेका थिए।[२] मार्च २००६मा प्लेब्वाई पत्रिकाले आफ्नो मुख्यपृष्ठमा उनको तस्बीर छापेकोमा आपत्ति जनाउँदै उनले अदालतमा मुद्दा हालिन तर पछि मुद्दा फिर्ता लिइन। जेसिका अल्बाले आफ्नो अभिनय वापत टीन च्वाइस अवार्ड र "टेलीभिजनमा सर्वश्रेष्ठ अभिनेत्रीको लागि स्याट्रन अवार्ड लगायतका विभिन्न पुरस्कार र उनको टेलीशृङ्खला डार्क एन्जलमा प्रमुख भूमिकाको लागि गोल्डन ग्लोबमा मनोनयनमा परेकि थिइन।

बाल्यकाल सम्पादन गर्नुहोस्

जेसिका अल्बा पोमोना, क्यालिफोर्नियाको पोमोनामा मार्क अलबा र क्याथरिन जेन्सेन(अल्बा)को सन्तानको रूपमा जन्मिएकि थिइन।[१] उनकी आमा डेनिशफ्रेन्च क्यानाडियन वंशकि र उनको पिता मैक्सिकन अमेरिकी थिए। उनका भाइ जोसुआ अल्बा पनि कलाकार नै हुन। उनका बुवा वायु सेनामा जागीरे हुनाले उनको परिवार, मिसिसिपीको बिलोक्सिटेक्सासको डेल रियो, हुदै अन्तमा क्यालिफोर्नियामा बसोबास गर्न थाल्यो, यसबेला उनी नौ वर्षकि थिईन।[३][४] अल्बाले आफ्नो परिवार "अति रुढिवादी परिवार - एक पारम्परिक, क्याथोलिक, ल्याटिन अमेरिकी परिवार" र आफू धेरै उदार बताएकि छन, उनी आफुलाई पाँच वर्षको उमेरमा नै एक "नारीवादी"को रूपमा पहिचान गरेको बताउँछिन।[५] जेसिका अल्बाको बाल्यकाल जीवन शारीरिक विकृतिहरूबाट संक्रमित थियो। उनी बाल्यकालमा दुई पटक फोक्सो संकुचन हुने समस्या, एक वर्षमा ४-५ पटक निमोनिया साथै एपेन्डिक्स र टन्सिल जस्ता रोगहरूबाट ग्रस्त भएकि थिईन। उनको बाल्यकालको ज्यादा समय अस्पतालमा बितेकाले उनी बिद्यालय जानबाट समेत बञ्चित भईन। अल्बा सानो हुँदा उनी दमको बिरामी पनि भइकि थिईन। उनले १६ वर्षको उमेरमा उच्च माध्यमिक बिद्यालयबाट स्नातक गरेकि थिईन।[६] त्यस पछि उनले एटलान्टिक थिएटर कम्पनीमा काम गर्न थालिन। [७]

अभिनय जीवन सम्पादन गर्नुहोस्

जेसिका अल्बाले पांच वर्षको उमेर देखि नै अभिनयमा रुचि देखाईन। १९९२ मा, ११ वर्ष हुँदा अल्बाले आमा उनलाई, क्यालिफोर्नियाको बेवर्ली हिल्समा हुने अभिनय प्रतियोगितामा भाग लिन जानको लागि मनाईन। उनले यस प्रतियोगिताको विशिष्ट पुरस्कार "सितैमा अभिनय तालीम" जित्न सफल भईन र पहिलो पटक अभिनयको ज्ञान लिन थालिन। यसको नौ महिना पछि एक चलचित्र निर्माण प्रतिनिधिले उनलाई अन्बन्धन गरे।[३][७][८] उनले सन् १९९४मा क्याम्प नोह्वेरमा एउटा सानो भूमिकामा अभिनय गरेर आफ्नो अभिनय यात्राको शुरुवात गरिन। त्यस शृङ्खलामा उनलाई उक्त भूमिकाको लागि दुई हप्ताको लागि मात्र रखिइएकोमा पछि त्यसकी मुख्य अभिनेत्रि मध्य एकले छोडेकोले उनलाई दुई महिनाको लागि प्रमुख भूमिकामा खेल्ने अवसर मिल्यो।

अल्बाले बच्चाको भूमिकामा दुई राष्ट्रिय टिभी विज्ञापनहरू: निन्टेन्डोजेसी पेनीमा देखा परिन। त्यसपछि उनी विभिन्न स्वतन्त्र चलचित्रहरूमा अभिनय गरिन। उनले निकलोडियन टेलीभिजन च्यानलमा प्रसारण हुने हांस्य-टेलीशृङ्खला सिक्रेट वल्ड अफ एलेक्स म्याकको तीनवटा भागमा अभिनय गरिन। यसपछि अल्बाले टेलीशृङ्खला फ्लिपरको दुई सिजनको शृङ्खलामा मायाको भूमिकामा अभिनय गरिन। अल्बा प्रोफेसनल एसोसिएसन अफ डाइभिङ्ग इन्सट्रक्टर (PADI)बाट प्रमाणपत्र प्राप्त गोताखोर हुन्, उनले आफ्नै आमाको संरक्षकत्वमा हिड्न सिक्नु भन्दा अगाडि नै पौडन सिकेकि थिइन, उनको यो कौशल अस्ट्रेलियामा बनाइएको एक चलचित्रमा उपयोग गरिएको थियो।[९]

१९९८ मा, उनले स्टीवन बोच्कोको अपराध-नाटक ब्रुकलीन साउथको पहिलो सत्रको शृङ्खलामा मेलिस्सा हउरको भूमिकामा, बेभर्ली हिलस्, ९०२१०को दुई शृङ्खलामा लेन्नेको भूमिकामा र द लभ बोट: द नेक्स्ट वेभको एक शृङ्खलामा लायलाको भूमिकामा देखा परिन। १९९९ मा, त्यो रेन्डी क्वाइडको हास्यशृङ्खलामा P.U.N.K.S.मा अभिनय गरिन।[१०] हाईस्कूलबाट स्नातक तहको उपाधि प्राप्त गरेपछि उनी विलियम एच. म्यासी र उनको पत्नी, फेलिसिटी हफम्यान सँग पुलिट्जर पुरस्कार विजेता चलचित्र निर्देशक र नाटककार, डेविड म्यामेट र एच. म्यासीले विकास गरेको एटलान्टिक थिएटर कम्पनीमा अभिनय कला सिकिन।[७][११]

जेसिका अल्बाले सन् १९९९मा नेभर बिन किस्सडमा ड्रिउ ब्यारिमोर सँग उनको उच्च बिद्यालय गुटको एक सदस्यको भूमिकामा तथा हास्य-डरलाग्दो चलचित्र आइडल ह्यान्डमा डेवोन सावाको विपरितमा महिलाको प्रमूख भूमिकामा अभिनय गरेर हलीवुडको ठूलो पर्दामा उदाइन।[१२] उनलाई लेखक / निर्देशक जेम्स क्यामरूनले फक्स ब्रोडकास्टिङ कम्पनी द्वारा निर्मित चलचित्र डार्क एन्जलमा एक अनुवांशिक-इंजीनियर सुपर-सैनिक; म्याक्स ग्वेभाराको भूमिकाको लागि १२०० उम्मेद्वारहरू मध्यबाट छनौट गरेर एउटा ठूलो मौका प्रदान गरे। क्यामरूनको सह-निर्देशनमा बनेको यस शृङ्खलामा अल्बाले २००२ सम्म दुई सत्रहरूमा अभिनय गरिन, यसबाट उनी गोल्डन ग्लोबको लागि मनोनित हुनु संगसंगै आलोचित पनि हुनु पर्‍यो।[१२][१३] अल्बा पछि डार्क एन्जलको तयारी गर्दै गर्दा anorexiaबाट ग्रस्त भएको महसुस गरिन।

अल्बाले डार्क एन्जलमा उनको भूमिकाबाट वैकल्पिक अभिनेत्रीको लागि टीन च्वाइस अवार्ड र सर्वोत्कृष्ट अभिनेत्रीको लागि स्याट्रन अवार्ड(टीभी) प्राप्त गरिन। सन २००६मा सीन सिटीमा ऊनको "कामुक अभिनय"को लागि एमटीभी मूभी अवार्ड प्राप्त गरिन।[१४][१५][१६] उनको अभिनयले आलोचित पनि हुनु परेको छ, तथापि, २००७मा अवेक, गुड लक चक, र फ्यान्टास्टिक फोर: राइज अफ सिल्भर सफरमा उनको अभिनयको लागि सबैभन्दा खराब अभिनेत्रीको लागि रज्जी अवार्डको लागि उनको नाम मनोनित भएको थियो।[१७] उनी २००५मा पनि यहि पुरस्कारको लागि फ्यान्टास्टिक फोरइनटु द ब्लूमा उनको अभिनयको लागि उनको नाम मनोनित भएको थियो।[१८]

 
जेसिका अल्बा फ्यान्टास्टिक ४को सुटिङ्ग स्थलमा

अल्बाले अभिनय गरेका भूमिकाहरू मध्ये: हनीमा एक महत्त्वाकांक्षी नर्तकी नृत्यनिर्देशक, सीन सिटीमा कामुक नर्तकी न्यान्सी क्याल्लन, मार्वल-कमिककि एक पात्र सू स्ट्रोम र फ्यान्टास्टिक फोरमा इनविजिबल वूमन (एक अदृष्य महिला)को भूमिका सबैभन्दा उल्लेखनीय भूमिकाहरू हुन। यसको लगतै एक वर्षमा उनले फ्यान्टास्टिक फोरको दोस्रो भागमा र इनटु द ब्लूमा र केही वर्ष पछि गुड लक चकमा अभिनय गरिन।[१४][१९][२०] अल्बा २००६मा एमटीभी मूभी पुरस्कारमा कार्यक्रम सञ्चालिका बनिन र किङ्ग कङ्ग, मिशन: इम्पोसिबल-३द दा भिन्ची कोडमा अतिथि भुमिकामा देखा परिन। [२१] फेब्रुअरी २००८ मा, उनले एकेडेमि अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सको विज्ञान र प्रविधिकी पुरस्कारको कार्यक्रम सञ्चालिकाको रूपमा प्रस्तुत भइन।[२२] अल्बाका बुकिङ्ग प्रतिनिधिहरू प्याट्रिक व्हाइटसेल[२३] र ब्राड काफारेल्ली[२४] हुन।

२००८ मा, जेसिका अल्बाले हङ्गकङ्गको पून:निर्मित चलचित्र द आइमा अभिनय गरेर हरर-चलचित्रहरूमा पनि अभिनय शुरुवात गरिन।[४][२५] यि चलचित्र १ फेब्रुअरी २००८मा प्रथम प्रदर्शन भयो, तर आलोचकहरूले यस चलचित्रलाई राम्रो तरिका लिएनन्,[२६] यसमा अल्बाको अभिनयलाई सकारात्मक र नकारात्मक दुवै तरिकाले लिइएको थियो। यसबाट अल्बाले टीन च्वाइस फर च्वाइस मुभी एक्ट्रेस: हरर/थ्रिलर पाउनाका साथै सबैभन्दा खराब अभिनेत्रीको लागिरज्जी अवार्डको लागि पनि उनको नाम मनोनयनमा परेको थियो।[२७] यसको वाहेक, उनले माइक मायर्स र जस्टिन टिम्बरलेक सँग अभिनय गरेको "बक्स अफिस बम" 'लव गुरुबाट पनि उनी सबैभन्दा खराब अभिनेत्रीको लागिरज्जी अवार्डको लागि मनोनित भएकि थिइन।[१४]

२००८को अन्त्य तिर, अल्बाले एन इन्भिजिबल साइन अफ माइ वनमा मुख्य भूनिकाको लागि अनुबन्धन भइन।[२८] यो चलचित्र नोभेम्बर २००८मा समाप्तमा भयो[२९] तर उत्पादन तथा वितरण कार्य २०११मा मात्र भयो।[३०] अल्बा एकै नामको पुस्तकको चलचित्र द किलर इनसाइड मीमा केट हडसन र केसीअफलेकसँग अभिनय गरिन।[३१] यस चलचित्रमा उनी जइस स्कटल्यान्ड नामकि एक वेश्याको भूमिका निभाएकि छन।[३२][३३] यो चलचित्र २०१०मा जारी भएको थियो।[३२][३४] २०१०मा नै अल्बाले जूलिया रोबर्टस, ऐनी ह्याथवे, जेसिका बिल, एम्मा रोबर्टस, एश्थन कुचरजेनिफर गार्नर सँग [३५][३६][३७] रोमान्टिक कमेडी चलचित्र भ्यालेन्टाइन डेमा अभिनय गरिन।[३५][३८][३९] यो चलचित्र १२ फेब्रुअरी २०१०मा रिलिज भयो। [३७]

सामाजिक छवि सम्पादन गर्नुहोस्

सन् २००१मा अल्बा म्याक्सिम पत्रिकाले १०० कामुक महिलाको सूचीमा पहिलो स्थानमा सूचीकृत गरेको थियो। २००५मा उनले भनिन कि "मैले आफनो फाइदाको लागि केही हद सम्म कामुकताको उपयोग गरेकि छु, जबकि दर्शकहरूलाई म उनिहरूलाई पनि चाहान्छु भन्ने सोचाइ राख्नको लागि मार्गदर्शन गर्दछु।"[४०] सन २००७मा अल्बा पिपुल पत्रिकाको सबैभन्दा सुन्दर ५० मानिसहरू मध्यमा नामांकित भएकि थिईन र यसै पत्रिकाको सबैभन्दा सुन्दर १०० जनाको सूचीमा पनि देखा परिन। सन २००२ मा, Hollywood.comले गरेको एक सर्वेक्षणमा अल्बाले "२००२ का कामुक महिला स्टार"को पाँचौं स्थानको लागि मत पाउनाका साथै १० Sci-Fi Babesमा ४ नं.मा, FHM आफ्नै सर्वेक्षणमा कामिक केटीहरूको सूचीमा ६ नं.मा र स्टफ पत्रिकाको २००२ संस्करणको "विश्वका १०२ कामुक महिला"को सूचीमा १२ नं.मा सूचीकृत भईन।[४१] २००५ मा, उनी पुन: म्याक्सिम पत्रिकाको कामुक १००को सूचीमा पाँचौं स्थान परिन।[४२]

प्लेब्वाई पत्रिकाले आफ्नो मार्च २००६को अंकको मुख्यपृष्ठमा अल्बालाई २५ कामुक हस्तिहरू मध्य एक र उक्त वर्षको कामुक कलाकार भनेर नामांकित गर्‍यो। उनले प्लेब्वाई पत्रिकालाई उनको यो इनटु द ब्लू चलचित्रको प्रचारको लागि खिचिएको तस्बीर आफ्नो अनुमति बिना नै छापेको भनेर आपत्ति जनाउँदै अदालतमा मुद्दा हालिन। तर पछि प्लेब्वाई पत्रिकाका सञ्चालक ह्यूग हेफनरले माफि माग्दै जेसिका अल्बाको सहयोगमा चलेका दुईवटा च्यारिटीहरूमा सहयोग गर्ने वाचा गरेपछि उनले मुद्दा फिर्ता लिएकि थिइन।[२४]

 
लण्डनमा प्रशंसकहरूलाई अटोग्राफ दिंदै जेसिका अल्बा

२००६ मा, अल्बा इ! टेलीभिजनको कामुक शरीर भएका १०१ सेलिब्रेटिहरूको सूचीमा ३ नं.मा राख्यो। सन २००६मा AskMen.comले सर्वाधिक वांछनीय महिलाहरूको लागि पाठकहरूबाट गरेको मत संकलनमा उनी १ नम्बरमा चुनिइन,[४३] भने २००७ मा, म्याक्सिम पत्रिकाले उनलाई आफ्नो "उत्कृष्ट १००"को सूचीमा दोस्रो स्थानमा राख्यो।[१५] एफ एच एमले आफ्ना बेलायति तथा अमेरिकि संस्करणमा अल्बालाई "२००७ कि लागि विश्वकि सबैभन्दा कामुक महिला"मा आठ लाख मतका साथ नम्बर १ घोषणा गरेपछि,[४४] जिक्यूस्टाइल दुवै पत्रिकाले उनलाई २००८ जून र मेमा आफ्नो मुख्यपृष्ठमा राख्यो।[४५][४६] सन २००८मा म्याक्सिम पत्रिकाको "कामुक १००"मा छानिएर अल्बा विश्वका सबैभन्दा आकर्षक महिलाहरू मध्य एकको रूपमा चिनिइन।[४७] अल्बा २००७मा एफ एच एमले आफ्नो लात्भियन संस्करणमा २००७को मत सर्भेक्षणमा कामुक केटीहरूको सूचीमा पहिलो स्थानमा छानिइन। अल्बा २००७मा एम्पाईर पत्रिकाको १०० कामुक मूभी स्टारमा चौँथो स्थानमा परिन। २००६ र २००७मा नर्वेजियन FHMको सर्वेक्षणमा सबैभन्दा बढी मत प्राप्त गरी अल्बा विश्वकी सबैभन्दा कामुक महिला मध्य १ नं.मा छानिइन।[४२] अल्बा २००९मा क्याम्परी क्यालेन्डरमा देखिइन, क्याम्परी अल्बाको स्वीमसुट र अग्लो हिल भएको जुत्तामा खिचिएका कामुक मुद्राका तस्वीरहरू संलग्न ९९९९ प्रति क्यालेन्डर प्रकाशित गरेको थियो। [४८] अल्बा म्याक्सिम पत्रिकाको कामुक १००को सूचीमा ३४ नं. मा, विजार्ड पत्रिका टीभीका कामुक महिलाको सूचीमा २ नं.मा र जिक्यू पत्रिकामा सबै समयका चलचित्र क्षेत्रका २५ कामुक महिलाहरू मध्यामा एकमा नामांकित भएकि थिइन।[४२]

"I think there are ambitious girls who will do anything to be famous, and they think men in this business are used to women doing that. Contrary to how people may feel, I've never used my sexuality. That's not part of it for me. When I'm in a meeting, I want to tell you why I'm an asset, how I'm a commodity, how I can put asses in the seats, not, 'There's a chance you're going to be able to fuck me.' That's never been my deal."

अल्बाले अभिनय क्षेत्रमा आफ्नो लक्ष्य प्राप्त गर्नको लागि योन अपीलको प्रयोग नगरेको सम्बन्धि उनको भनाई, २००८[४९]

"कुनै तरिकाले, मलाई नेटली पोर्टम्यानसँग यस्तो भएको छ भन्ने मलाई लाग्दैन" भन्ने टिप्पणी गर्दै अल्बाले आफुलाई प्रस्तावित भूमिकाहरूमा अश्लील महिलाको भूमिका निर्वाह गर्न भय रहेको बताइन।[५०] अल्बाले एक अन्तर्वार्तामा भनिन कि उनी आफुलाई एक अभिनेत्रीको रूपमा गम्भीरताका साथ लिन चाहान्छिन तर मानन ​​है कि त्यो फिलिमहरूको लागि छ कि त्यो अन्यथामा कुनै दिलचस्पी हैन गर्नको लागि आफ्नो कैरियरको निर्माण गर्दै भन्एको छ कि अंततः त्यो आफ्नो फिलिम परियोजनाहरूमा र अधिक आषा हो चयनात्मक हुनु हुनेछ गर्नको आवश्यकता छ।[५०] उनले आफ्नो कन्ट्र्याक्टमा अ-नग्नताको बँदा नै राखेकि छन। उनलाई सिन सिटीका निर्देशकहरू, फ्रान्क मिलररबर्ट रोड्रिग्वेजले उक्त चलचित्रमा नग्न हुनको लागि विकल्प दिएका थिए तर उनले "म नग्नता गर्दिन, कदापि गर्दिन। नग्नताले मलाई एक खराब अभिनेत्री बनाइदिन्छ। शायद म यस्ता केही चीजहरूको लागि बिक्दिन। तर यस प्रति मलाई धेरै ज्यादा चिन्ता लाग्छ " भन्दै प्रस्ताव अस्वीकार गरिन।[५१] उनले जिक्यू शुटिङमा उनले कम कपडा लगाएको सम्बन्धमा उनले टिप्पणि गरेकि छन कि " उनीहरू चाहाँदैन थिए कि म ग्र्यानि पेन्टी लगाऊँ तर मैले भने कि, यदि म माथिल्लो भागमा नग्न हुनुछ भने म ग्र्यानि पेन्टी लगाउँछु।"[५२]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

धार्मिकता सम्पादन गर्नुहोस्

जेसिका अल्बा उनको किशोरावस्थामा एक क्याथोलिकको थिइन।[५३][५४] तर चार वर्ष उनले "एक वृद्ध पुरूष म सँग ठोकिए र मेरो युवा पादरीले मैले उत्तेजक कपडा लगाएकोले यस्तो भएको बताए, जबकि मैले लागाएकि थिइन। यसले मलाई म कुनै विपरीत लिङ्गिको लागि रहरलाग्दि हुनु मेरो नै गल्ति भए झै लाग्ने बनायो र यसबाट मलाई आफू महिला हुनु प्रति नै लज्जा महशुस गर्नु पर्ने बनायो" भन्दै, आफनो उपस्थितिको तुलना गरिएको महशुस गरेर चर्च जान छाडिन।[५५]

अल्बा "मैले सोचेकि थिए कि यो एक राम्रो मार्गदर्शक हुनेछ, तर यो मेरो जीवन पद्दति अनुरूपको विल्कुलै रहेनछ" भन्दै, बाइबिलमा विवाह पूर्वको योन सम्पर्क र समलैंगिकता तथा मजबूत महिलाको भूमिकाको कमी भएकोमा आपत्ति जनाउँदै चर्चको भर्त्सना गरकि थिइन।[५१] उनको धार्मिकआस्था १५ वर्षको उमेरमा पतन भयो जब उनले १९९६मा टेलीशृङ्खला शिकागो होपमा सूजाक रोग लागेकि किशोरीको रूपमा अतिथी भूमिकामा अभिनय गरेकि थिइन। चर्चमा उनको साथीहरले उनको यस भूमिका प्रति नकारात्मक प्रतिक्रिया व्यक्त गरेपछि उनको चर्चप्रतिको विश्वास हरायो।[३] हुनत, चर्च छोडेपनि उनी आफुलाई भगवान प्रति आस्था विश्वास रहेको बताउँछिन।[५६]

परिवार तथा आफन्त सम्पादन गर्नुहोस्

जनवरी २०००मा डार्क एन्जल फिल्मांकन गर्ने क्रममा अल्बाको उनका सहकर्मी कलाकार माइकल विदर्ली, जुन उनीहरूको बाह्र वर्षको उमेर अन्तरको कारण विवादित भएको थियो।[५७] विदर्ली अल्बालाई उनको बीसौं जन्मदिनमा प्रस्ताव राखेका थिए, जुन उनले सहज रूपमा स्वीकार गरेकी थिइन।[४] अगस्ट २००३ मा, अल्बा र विदर्लीले उनीहरू बीचको सम्बन्ध समाप्त भएको घोषणा गरे।[३] जुलाई २००७ मा, अल्बाले सम्बन्ध तोडिनुको बारेमा भनेकि थिईन कि "मलाई पनि थाहा छैन [हाम्रो सम्बन्ध किन भयो]। म एक कुमारी थिए। उ म भन्दा १२ वर्ष जेठो थियो। सोचेको थिए कि उ राम्रो सँग बुझ्दछ। मेरो अभिभावक पनि खुशी थिएनन्। वहाँहरू वास्तवमा धार्मिक प्रवृत्तिका हुनुहुन्छ। वहाँहरू मान्नु ​​हुन्थ्यो कि यदि उनीहरू यसमा विश्वास नगर्ने भए भगवान बाइबल लेख्ने अनुमति दिनुहुन्न थियो। म पूर्ण रूपमा अलग तरिकाको छु।"[५८] एल्बा एक समयमा मर्गन फ्रिम्यान, शन कनरी, रोबर्ट रेडफोर्ट, र माइकल केनको लागि सन्दर्भ बनाउँदै भनेकि थिइन कि उनले आफ्नो आदर्श साथीको रूपमा एक परिपक्व ब्यक्तिलाई कल्पना गरेकि थिइन। उनले भनिन, "मैले यसमा परिपक्व व्यक्तिलाई लिन्छु, उनीहरू व्यबहारीक र धेरै जानेका हुन्छन्।"[५९]

अल्बाले अभिनेता माइकल वारेनका छोरा क्याश वारेनलाई २००४मा फ्यान्टास्टिक फोरको निर्माणको क्रमामा भेटेकि थिइन।[६०][६१] अल्बाले १९ मे २००८ सोमबारमा लस एन्जलसमा वारेनसँग विवाह गरिन।[६२][६३] ७ जून २००८मा अल्बाले सेडर्स-सिनाई मेडिकल सेन्टरमा एक छोरी (हनर मारिया वारेन)लाई जन्म दिईन।[६४][६५] हनर मारिया वारेनको पहिलो तस्वीरहरू ओके! पत्रिकामा छापियो, यसको लागि पत्रिकाले १.५ लाख डलर भुक्तानि गरेको थीयो।[६६] अल्बाले भनेकि थिइन कि उनलाई अझ धेरै बच्चाहरू पाउन मनलागेको छ।[६७][६८] १६ फेब्रुअरी २०११मा, अल्बाले उनी र वारेन उनीहरूको दोस्रो बच्चाको आशा गर्दैछन भन्ने कुरा पुष्टि गरिन।[६९][७०][७१]

अभिनित चलचित्र तथा टेलिशृङ्खला सम्पादन गर्नुहोस्

चलचित्र
वर्ष चलचित्र भूमिका टिप्पणी
१९९४ क्याम्प नोव्हेयर गेल पहिलो चलचित्र
१९९५ भेनस राइजिङ्ग योङ्ग ईव
1999 P.U.N.K.S. सामन्था स्वोबोडा
नेभर बीन किस्ड क्रिस्टन लिओसिस
आइडल ह्यान्ड्स मोली
२००० प्यारानोइड च्लोए
२००३ द स्लिपिङ्ग डिक्शनरी सेलिमा एक डिभिडी प्रीमियर मूभीमा डिभिडी एक्जिक्यूटिब अवार्ड फर बेस्ट एक्ट्रेस
हनी हनी ड्यानियल्स मनोनित — टीन च्वाइस अवार्ड फर च्वाइस मूभी लिपलक (मेखी फिफरसँग सहभागि)
मनोनित — टीन च्वाइस अवार्ड फर च्वाइस मूभी केमिस्ट्री (मेखी फिफरसँग सहभागि)
मनोनित — टीन च्वाइस अवार्ड फर च्वाइस मूभी एक्ट्रेस - ड्रामा/एक्शन एडभैन्चर
मनोनित — टीन च्वाइस अवार्ड फर च्वाइस ब्रेकआउट मूभी स्टार - फिमेल (महिला)
२००५ सिन सिटी न्यासी कलहन एमटिभी मूभी अवार्ड फर सेक्सिएस्ट परफर्मेन्स
मनोनित — टीन च्वाइस अवार्ड फर च्वाइस मूभी एक्ट्रेस - एक्शन/एडभैन्चर/थ्रिलर
मनोनित — स्याटर्न अवार्ड फर बेस्ट सपोर्टिङ्ग एक्ट्रेस
फ्याटास्टिक फोर सू स्ट्रोम(अदृष्य महिला) मनोनित — इमेजन फाउन्डेशन अवार्ड फर बेस्ट एक्ट्रेस
मनोनित — एमटिभी मूवी अवार्ड फर बेस्ट हीरो
इनटू द ब्लू स्याम मनोनित — रज्जी अवार्ड फर वर्स्ट एक्ट्रेस
२००७ नक्ड अप स्वयं क्यामियो (अनाकलित)
फयान्टास्टिक फोर: राइज अफ सिल्भर सर्फर सू स्ट्रोम(अदृष्य महिला) निकेलोडियोन किड्स' च्वाइस अवार्ड फर च्वाइस मूभी एक्ट्रेस
मनोनित — च्वाइस अवार्ड फर च्वाइस मूभी: हिस्सी फिट
मनोनित — च्वाइस अवार्ड फर च्वाइस मूभी एक्ट्रेस: एक्शन एडभेन्चर
मनोनित — प्रिमिअस जुभेन्टड फर ऐक्ट्रिज क्वे देखि रोबा ला प्यान्टेला (Premios Juventud for Actríz que se roba la pantalla)
मनोनित — रज्जी अवार्ड फर वर्स्ट एक्ट्रेस
द टेन लिज ऐनी ब्लेजर
गुड लक चक क्याम वेक्स्लर मनोनित — प्रिमिअस जुभेन्टड फर ऐक्ट्रिज क्वे देखि रोबा ला प्यान्टेला (Premios Juventud for Actríz que se roba la pantalla)
अवेक स्याम लकवुड मनोनित — प्रिमिअस जुभेन्टड फर ऐक्ट्रिज क्वे देखि रोबा ला प्यान्टेला (Premios Juventud for Actríz que se roba la pantalla)
मनोनित — रज्जी अवार्ड फर वर्स्ट एक्ट्रेस
२००८ द आई सिडनी वेल्स टीन च्वाइस अवार्ड फर च्वाइस मूभी एक्ट्रेस: हरर/थ्रिलर
मनोनित — प्रिमिअस जुभेन्टड फर ऐक्ट्रिज क्वे देखि रोबा ला प्यान्टेला (Premios Juventud for Actríz que se roba la pantalla)
मनोनित — रज्जी अवार्ड फर वर्स्ट एक्ट्रेस
मीट बिल लुसी
द लव गुरु जेन बुलार्ड मनोनित — रज्जी अवार्ड फर वर्स्ट एक्ट्रेस
२००९ एन इनभिजिबल साइन अफ माइ वन मोना ग्रे (पूर्ण)
२०१० द किलर इनसाइड मी जोयस लेकल्याड[३२] (पूर्ण)
सिन सिटी २ न्यासी कलहन (निर्माण-पूर्व)
म्याचेट सर्टाना (निर्माणाधिन)
भ्यालेन्टाइन्'स डे मोरेली क्लार्कसन (निर्माणाधिन)
लिटिल फकर्स एन्डि गार्सिया[७२][७३] -
२०११ स्पाइ किड ४: अल द टाइम इन द वल्ड मारिसा कर्टेज विल्सन -
टेलीभिजन
वर्ष शीर्षक भूमिका टिप्पणी
१९९५-९७ फ्लिपर माया ग्राहम आवर्ती (बार-बार)
मनोनित — योङ्ग स्टार अवार्ड-बेस्ट परफर्मेन्स बाइ ए डेटाइम टिभी प्रोग्राम (१९९८)
२०००-०२ डार्क एंजल म्याक्स ग्वेरा/X5-452 मुख्य भूमिका
मनोनित — गोल्डेन ग्लोब अवार्ड फर बेस्ट एक्ट्रेस – टेलीभिजन सिरीज ड्रामा (२०००)
विजयी — स्याटर्न अवार्ड फर बेस्ट एक्ट्रेस अन टेलीभिजन (२००१)
मनोनित — योङ्ग आर्टिस्ट अवार्ड फर बेस्ट परफर्मेन्स इन अ टिभी ड्रामा सिरीज - लीडिंग योङ्ग एक्ट्रेस (२००१)
विजयी — टीन च्वाइस अवार्ड फर TV - च्वाइस एक्ट्रेस (२००१)
विजयी — टिभी गाइड अवार्ड फर ब्रेकआउट स्टार अफ द इयर (२००१)
मनोनित - टिभी गाइड अवार्ड फर ब्रेकआउट स्टार अफ द इयर इन अ न्यू सिरीज (२००१)
मनोनित — ALMA अवार्ड फर आउटस्ट्यान्डिङ्ग एक्ट्रेस इन अ टेलीभिजन सिरीज (२००२)
मनोनित — स्याटर्न अवार्ड फर बेस्ट एक्ट्रेस इन अ टेलीभिजन सिरीज (२००२)
मनोनित — किड्'स च्वाइस अवार्ड फर फेवरेट फिमेल एक्शन हीरो (२००२)
मनोनित — टीन च्वाइस अवार्ड फर टिभी - च्वाइस एक्ट्रेस - ड्रामा (२००२)
टेलिभिजनमा अतिथि कलाकारको रूपमा अभिनय
वर्ष शीर्षक भूमिका टिप्पणी
१९९४ द सीक्रेट वर्ल्ड अफ एलेक्स म्याक जेसिका "स्कूल डान्स" (सीजन १, शृङ्खला ५)
"हूप वार" (सीजन १, शृङ्खला २)
"द ऐक्सिडेन्ट" (सीजन १, शृङ्खला १)
1996 एबिसी आफ्टरस्कूल स्पेशल क्रिस्टी "टू सून फर जेफ" (सीजन २५, शृङ्खला १)
शिकागो होप फ्लोरी हर्नान्डीज "सेक्सुअल पर्वर्सिटी इन शिकागो होप" (सीजन २, शृङ्खला १८)
१९९८ ब्रुकलिन साउथ मेलिसा हौएर "एक्सपोजिङ्ग जोन्सन" (सीजन १, शृङ्खला १२)
बेवर्ली हिल्स, ९०२१० लिएन "मेकिङ्ग अमेन्ड्स" (सीजन ८, शृङ्खला २३)
"द नेचर अफ नर्चर" (सीजन ८, शृङ्खला २५)
द लभ बोट: द नेक्स्ट वेभ लायला "रिमेम्बर?" (सीजन १, शृङ्खला २)
२००३ MADtv जेसिका सिम्पसन "शृङ्खला #9.5" (सीजन ९, शृङ्खला ५)
२००४ एनटूरेज स्वयं "द रिव्यू" (सीजन १, शृङ्खला २)
२००५ ट्रिपिन्' स्वयं "कोस्टा रिका" (सीजन १, शृङ्खला ६)
"होन्डुरस" (सीजन १, शृङ्खला ५)
२००९ द अफिस स्वयं/सोफी "स्ट्रेस रिलीफ" (सीजन ५, शृङ्खला १५)

पुरस्कार सम्पादन गर्नुहोस्

वर्ष पुरस्कार पुरस्कार शीर्षक मनोनयन कार्य नतीजा
२००१ आल्मा (ALMA) अवार्ड ब्रेकथ्रु एक्ट्रेस अफ द एयर - विजयी
२००५ योङ्ग हलिवुड अवार्ड भोलिका सूपरस्टार - विजयी
२००७ टिभी ल्यान्ड अवार्ड सानो पर्दा / ठूलो पर्दाका कलाकार (महिला) - मनोनित
स्पाइक टिभी गाइज' च्वाइस अवार्ड कामुक जेसिका - विजयी
२००८ पिपुल्स च्वाइस अवार्ड उत्कृष्ट महिला एक्सन स्टार - मनोनित
पिपुल्स च्वाइस अवार्ड उत्कृष्ट लिडिङ्ग लेडी - मनोनित
(स्रोत: IMDb.com)

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Jessica Alba:Biography on MSN", MSN, २००८, अन्तिम पहुँच २००८-०७-१४  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०६-०३ मिति
  2. "Jessica Alba Is FHM’s Sexiest Woman", FHM, मूलबाट अप्रिल १, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०७-३१  वेब्याक मेसिन अभिलेखिकरण २००८-०४-०१ मिति
  3. ३.० ३.१ ३.२ ३.३ Jessica Alba, "Jessica Alba Biography", People.com, अन्तिम पहुँच २००९-०९-०२ 
  4. ४.० ४.१ ४.२ Mottram, James (२१ अप्रिल २००८), "Jessica Alba: She wooed Hollywood with her sultry looks – but now she's getting serious", The Independent (London), अन्तिम पहुँच २००८-०४-२३ 
  5. Bullock, Maggie (४ फेब्रुअरी २००९), "The Changeling", Elle, अन्तिम पहुँच २३ जुन २००९ 
  6. "Jessica Alba - Contactmusic.com". contactmusic.com. Retrieved August 1, 2010.
  7. ७.० ७.१ ७.२ "Jessica Alba", People, अन्तिम पहुँच २३ अप्रिल २००८ 
  8. Hollywood Life: 44–49, 106, September / October २००५।  |month= प्यारामिटर ग्रहण गरेन (सहायता)
  9. "Water babe Jess in big screen splash" (paid registration required), Daily Star, १६ अक्टोबर २००५, अन्तिम पहुँच २४ अप्रिल २००८  वेब्याक मेसिन अभिलेखिकरण १९ डिसेम्बर २००८ मिति
  10. "Jessica Alba Goes To 'Sin City'", CBS, २८ मार्च २००५, अन्तिम पहुँच २४ अप्रिल २००८ 
  11. Lawson, Terry, "Atlantic Theater Company History", Atlantic Theater Company, अन्तिम पहुँच २४ अप्रिल २००८  वेब्याक मेसिन अभिलेखिकरण २४ फेब्रुअरी २०१२ मिति
  12. १२.० १२.१ "Look at me", The Age, २२ जुन २००७, अन्तिम पहुँच २४ अप्रिल २००८ 
  13. Lawson, Terry (८ डिसेम्बर २००३), "Look at me", Knight Ridder Newspapers, The Seattle Times, अन्तिम पहुँच २४ अप्रिल २००८ 
  14. १४.० १४.१ १४.२ "Awards for Jessica Alba", IMDb, अन्तिम पहुँच २४ अप्रिल २००८ 
  15. १५.० १५.१ "Maxim Top 100 for 2007", Maxim, २००७, अन्तिम पहुँच २००८-०४-२३  वेब्याक मेसिन अभिलेखिकरण २००८-०६-०५ मिति
  16. "Jessica Alba profile", AskMen.com, अन्तिम पहुँच २४ अप्रिल २००८ 
  17. "28th Annual Razzie Award Nominees for Worst Actress", Razzie Awards 
  18. "Razzies 2006 Nominees for Worst Actress", Razzie Awards, अन्तिम पहुँच २ सेप्टेम्बर २००९ 
  19. LaSalle, Mick (८ जुलाई २००५), "Fantastic Four Movie Review", The San Francisco Chronicle, अन्तिम पहुँच १६ मे २००८ 
  20. Endrst, James (३० नोभेम्बर २००३), "Jessica Alba flows like 'Honey'", USA Today, अन्तिम पहुँच २४ अप्रिल २००८ 
  21. "2006 MTV Movie Awards", MTV, अन्तिम पहुँच २४ अप्रिल २००८ 
  22. "Jessica Alba dazzles self-professed nerds as academy hands out science and tech Oscars", Kesq.com, Associated Press, १० फेब्रुअरी २००८, मूलबाट जुन ५, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अप्रिल २००८  वेब्याक मेसिन अभिलेखिकरण ५ जुन २००८ मिति
  23. Brodesser, Claude (२७ फेब्रुअरी २००१), "Whitesell exits CAA", Variety, अन्तिम पहुँच २ सेप्टेम्बर २००९ 
  24. २४.० २४.१ Silverman, Stephen M., "Playboy Apologizes to Jessica Alba", People, अन्तिम पहुँच २१ सेप्टेम्बर २०१० 
  25. "Lionsgate whets appetites" (subscription required), The Hollywood Reporter, १५ अप्रिल २००८, अन्तिम पहुँच २६ जुन २००९ 
  26. "The Eye", Rotten Tomatoes, अन्तिम पहुँच २ फेब्रुअरी २००८ 
  27. "Awards for The Eye", IMDb, अन्तिम पहुँच २६ जुन २००९ 
  28. Heath, Paul (८ सेप्टेम्बर २००८), "Jessica Alba Turns 'Invisible'", Variety, अन्तिम पहुँच २१ सेप्टेम्बर २०१० 
  29. Tabouring, Franck (५ नोभेम्बर २००८), "Jessica Alba spotted on Invisible Set", Screening Blog, अन्तिम पहुँच २६ जुन २००९ 
  30. "An Invisible Sign" वेब्याक मेसिन अभिलेखिकरण २०१५-०७-२१ मिति. IFC Entertainment. Retrieved 2011-03-17.
  31. "'Killer Inside Me' Finds New Director and Cast", Bloody Disgusting, १७ नोभेम्बर २००८, अन्तिम पहुँच २६ जुन २००९ 
  32. ३२.० ३२.१ ३२.२ "The Killer Inside Me", IMDb, अन्तिम पहुँच २६ जुन २००९ 
  33. Borys, Kit (११ मे २००९), "Simon Baker nabs 'Killer' role" (subscription required), The Hollywood Reporter, मूलबाट १५ मे २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मे २००९  वेब्याक मेसिन अभिलेखिकरण १५ मे २००९ मिति
  34. "The Killer Inside Me", The Movie Insider, अन्तिम पहुँच २६ जुन २००९  वेब्याक मेसिन अभिलेखिकरण १७ जुलाई २००९ मिति
  35. ३५.० ३५.१ "Valentine's Day (2010)", IMDb, अन्तिम पहुँच २३ जुन २००९ 
  36. Hewitt, Chris (२६ जुन २००९), "Three More Join Valentine's Day", The Hollywood Reporter 
  37. ३७.० ३७.१ "Box office / business for Valentine's Day", IMDb, अन्तिम पहुँच २३ जुन २००९ 
  38. "[[The Hollywood Reporter]]" (subscription required), ११ मे २००९, मूलबाट १५ मे २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २ सेप्टेम्बर २००९  ইউআরএল শিরোনামে উইকিলিঙ্ক এমবেড করা (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १५ मे २००९ मिति
  39. "Garry Marshall Gets a Cast For Valentine's Day", Buzzsugar, अन्तिम पहुँच २१ सेप्टेम्बर २०१०  वेब्याक मेसिन अभिलेखिकरण २६ जनवरी २०१३ मिति
  40. "Jessica Alba Biography", People, अन्तिम पहुँच २५ जुन २००९ 
  41. "Kournikova Turns 21 With Sexiest Woman Title", WENN, १० जुन २००२, अन्तिम पहुँच २५ जुन २००९ 
  42. ४२.० ४२.१ ४२.२ "Jessica Alba Biography", IMDb, अन्तिम पहुँच २५ जुन २००९ 
  43. "Jessica Alba (profile)", AskMen.com, २००६, अन्तिम पहुँच २००८-०४-२३ 
  44. Jessica Alba at FHM.com
  45. "GQ: The Jessica Alba Video", Style.com, अन्तिम पहुँच २००८-०४-२३  वेब्याक मेसिन अभिलेखिकरण २००८-०४-१५ मिति
  46. "In Style June 2007", InStyle, अन्तिम पहुँच २००८-०४-२३  वेब्याक मेसिन अभिलेखिकरण २००८-०२-२२ मिति
  47. "2009 Hot 100", Maxim, ६ मे २००९, अन्तिम पहुँच २५ जुन २००९  वेब्याक मेसिन अभिलेखिकरण १० जनवरी २००९ मिति
  48. "Jessica Alba Bares Body After Baby For Calendar", People, अन्तिम पहुँच २५ जुन २००९ 
  49. "Don't Mess With Jess", Elle, अन्तिम पहुँच २५ जुन २००९ 
  50. ५०.० ५०.१ "Alba Fears Whore Typecast", WEEN, Moono, ९ नोभेम्बर २००५, अन्तिम पहुँच ३१ जुलाई २००७ 
  51. ५१.० ५१.१ Itzkoff, Dave, "Jessica Alba - ELLE", Elle.com, अन्तिम पहुँच २००७-१२-१२  वेब्याक मेसिन अभिलेखिकरण २००६-११-०७ मिति
  52. Gardetta, Dave (२३ मार्च २००५), "Alba Turns Her Back on Christian Pals Who Made Her Feel Ashamed", GQ, Contactmusic.com, अन्तिम पहुँच २३ अप्रिल २००८ 
  53. http://movies.msn.com/movies/article.aspx?news=458443&gt1=28101 वेब्याक मेसिन अभिलेखिकरण २०१०-०२-२० मिति
  54. Gardetta, Dave (April २००५), "The Sinner", GQ, Style.com, मूलबाट अप्रिल १६, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०४-२३  |month= प्यारामिटर ग्रहण गरेन (सहायता)
  55. "Alba Alters Religious Beliefs", moono.com, अक्टोबर ११, २००६, अन्तिम पहुँच मे १४, २००९ 
  56. Glamour Magazine (२००८), "Glamour's October Cover Girl — Dark Angel Jessica Alba Reveals Her Obsessions, Love, and God — p.256; October issue on newsstands Sept. 11, 2001", Glamour Magazine, अन्तिम पहुँच २००८-०५-१८ 
  57. "Dark Angel Lovers Defend Relationship", WENN, १६ अक्टोबर २००१, अन्तिम पहुँच २९ डिसेम्बर २००७ 
  58. "Jessica Alba's Parental Relationship Was Strained By Engagement", Starpulse, जुलाई ११, २००७, अन्तिम पहुँच २००८-०४-२३  वेब्याक मेसिन अभिलेखिकरण २००८-०५-३१ मिति
  59. "Jessica Alba: Older men are ideal partners", Femalefirst.co.uk, अन्तिम पहुँच २००८-०४-२३ 
  60. Jordan, Julie (डिसेम्बर २७, २००७), "Jessica Alba Engaged!", People, अन्तिम पहुँच २००८-०४-२३ 
  61. Finn, Natalie (डिसेम्बर २७, २००७), "Jessica Alba Engaged!", E! Online, अन्तिम पहुँच २००८-०४-२३ 
  62. "Jessica Alba Marries Cash Warren", A Socialite's Life, २००८-०५-२०।  वेब्याक मेसिन अभिलेखिकरण २००८-०५-२७ मिति
  63. Jordan, Julie (२००८-०५-२०), "Jessica Alba Gets Married to Cash Warren!", People Magazine 
  64. "Jessica Alba has baby girl", Reuters, AFP, ९ जुन २००८, अन्तिम पहुँच २१ सेप्टेम्बर २०१० 
  65. name="Jessica Alba Welcomes Baby Girl">"Jessica Alba Welcomes a Baby Girl", People Magazine, जुन ७, २००८, अन्तिम पहुँच २००८-०६-०७ 
  66. "Top Ten Most Expensive Baby Photos", Access Hollywood, अन्तिम पहुँच २ सेप्टेम्बर २००९ 
  67. "Alba: 'I want to have lots of kids'", Contactmusic.com, मार्च २०, २००७, अन्तिम पहुँच २००८-०४-२३  वेब्याक मेसिन अभिलेखिकरण २००९-०५-०१ मिति
  68. Triggs, Charlotte (४ मे २००९), "Jessica Alba Deals with Daughter's Teething", People, अन्तिम पहुँच २६ जुन २००९ 
  69. "Jessica Alba Pregnant". CBS News. February 16, 2011. Retrieved April 2, 2011.
  70. "Jessica Alba Is Pregnant". People. February 16, 2011. Retrieved April 2, 2011.
  71. "Oh, Baby! Jessica Alba's Pregnant!" E!. February 17, 2011. Retrieved April 2, 2011.
  72. Kit, Borys (अक्टोबर १८, २००९), "Laura Dern at head of 'Fockers' class", The Hollywood Reporter (e5 Global Media), अन्तिम पहुँच अगस्ट २, २०१०  वेब्याक मेसिन अभिलेखिकरण जनवरी १०, २०१० मिति
  73. Zeitchik, Steven; Kit, Borys (सेप्टेम्बर २९, २००९), "Jessica Alba becomes a 'Little Focker'", Risky Business at The Hollywood Reporter (e5 Global Media), मूलबाट अगस्ट २, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २, २०१० [dead link]

बाहिरी सूत्रहरू सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्