जेलिना भेगा
थिया मेगन ट्रिनिडाड (जन्म: २७ डिसेम्बर १९९०) एक अमेरिकी व्यवसायिक कुस्ती खेलाडी, कुस्ती प्रबन्धक तथा अभिनेत्री हुन् जो हाल डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्र रमा जेलिना भेगाको नामले कुस्ती खेल्दै आएकी छिन्।[३] उनले कुस्ती कार्यकाल टोटल नन् स्टप एक्सनबाट (टिएनए) सुरु गरेकी थिइन् जहाँ उनको रिङ नाम रोसिता रहेको थियो भने उनले त्यस पदोन्नति लगायत अन्य पदोन्नतिहरूमा आफ्नै वास्तविक नामले कुस्ती खेल्ने गरेकी थिइन्।[४] टिएनए रेस्लिङमा उनले एकपटक नकआउट्स ट्याग टिम उपाधि जित्न सफल भएकी थिइन्।[५]
जेलिना भेगा | |
---|---|
वास्तविक नाम | थिया मेगन ट्रिनिडाड |
जन्म | न्युयोर्क, अमेरिका | २७ डिसेम्बर १९९०
जीवनसाथी(हरू) | एलिस्टर ब्ल्याक
( वि २०१८) |
व्यावसायिक कुस्ती जीवन | |
लोकप्रिय रिङ नाम | डेभिना फ्लनई रोसिता स्नुकी फ्लाई थिया ट्रिनिडाड जेलिना भेगा[१] |
उत्पत्ति | मेक्सिको क्विन्स, न्युयोर्क[१] |
प्रशिक्षक | जाभि-एयर टिजे पर्किन्स डब्ल्युडब्ल्युई प्रशिक्षण केन्द्र |
पदार्पण | २० फेब्रुअरी २०१०[२] |
वेबसाइट | |
आधिकारिक जालस्थल |
व्यवसायिक कुस्ती कार्यकाल
सम्पादन गर्नुहोस्सुरुवाती कार्यकाल
सम्पादन गर्नुहोस्१७ वर्षको उमेरदेखि ट्रिनिडाडले टिजे पर्किन र अजरिएसँग कुस्तीमा प्रशिक्षण लिन सुरु गरेकी थिइन्। सन् २०१० फेब्रुअरी २० का दिन उनले रिङ नाम डेभिना फ्लाईको नामबाट राष्ट्रिय कुस्ती सुपरस्टार नामक एक कुस्ती पदोन्नतिमा पर्दापण गरेकी थिइन् जुन अमेरिकाको न्यु जर्सी स्थित कुस्तीको एक पदोन्नति थियो जहाँ उनी उक्त पदोन्नतिका लागि पहिलो खेलमा ब्रिट्नी स्याभेज विरुद्धको खेलमा पराजित भएकी थिइन्। अगष्ट २१ का दिन आयोजित एनडब्ल्यूएसको एक श्रृङ्खलामा उनी निया विरुद्धको खेलमा पराजित भएकी थिइन्। अक्टोबर १ का दिन आयोजित एनडब्ल्यूएसको एक श्रृङ्खलामा उनले स्नुकि फ्लाईको नामक कुस्ती खेल्न सुरु गरेकी थिइन् जहाँ उनी, जुदास योङ र माऊक डेनिसको टोली ब्रिट्नी स्याभेज र टिम सुप्रिमसँगको खेलमा पराजित भएका थिए।[६] सन् २०१० फेब्रुअरी २० का दिन उनले विमेन सुपरस्टार अनसेन्सोर्ड नामक एक कुस्ती पदोन्नतिमा पनि पर्दापण गरेकी थिइन् जहाँ उनको रिङ नाम डेभिना फ्लाई राखिएको थियो तर उक्त खेलमा उनी ब्रिट्नी स्याभेजसँग पराजित भएकी थिइन्। सन् २०१० जुन २६ का दिन डेभिना फ्लाई र नियाको (द फ्लाई गर्ल्सको नामबाट परिचि) टोलीले डब्ल्यूएसयु ट्याग टिम उपाधिका लागि सेन्डी रोगर र जेन विरुद्ध खेल खेलेका थिए तर उनीहरू ट्याग टिम उपाधि जित्न असमर्थ बनेका थिए। सन् २०१० सेप्टेम्बर ११ का दिन उनले केन्डी कार्टराइटलाई एकल खेलमा पराजित गर्न सफल भएकी थिइन्।
टोटल नन् स्टप एक्सन रेस्लिङ (सन् २०११–२०१३)
सम्पादन गर्नुहोस्सन् २०११ मा टोमी ड्रिमरले ट्रिनिडाडलाई टोटल नन् स्टप एक्सन रेस्लिङमा भित्र्याएका थिए भने सन् २०११ जनवरी ११ का दिन उनी एञ्जलिना लभसँगको खेलमा पराजित भएकी थिइन्।[७] जनवरी २७ का दिन उनले सोही पदोन्नतिसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेको कुरा खुलासा गरिएको थियो। फेब्रुअरी १० का दिन देखि उनी आफ्नो रिङ नमम रोसिटाबाट परिचित हुन सुरु गरेकी थिइन्।[८] त्यसपछिको अर्को हप्ता रोसिटा र सरिटाले एञ्जलिना लभ र भेलभेट स्काईको टोलीलाई पराजित गर्न सफल भएका थिए जसकारण उनीहरू टिएनए नकआउट्स ट्याग टिम उपाधिका लागि पहिलो दावेदार बन्न सफल भएका थिए।[९] मार्च १३ का दिन आयोजित भिक्ट्रि रोड नामक एक वार्षिक कुस्ती कार्यक्रममा सरिटा र रोसिटाले टिएनए ट्याग टिम विजेता लभ र विन्टरलाई पराजित गर्दै पहिलो टिएनए ट्याग टिम उपाधि जित्न सफल भएकी थिइन्।[१०] महिला ट्याग टिम विजेता बनिसकेपछिको अर्को हप्ता उनीहरूले हर्नान्डेजसँगको सहकार्यमा कुस्ती खेल्न सुरु गरेका थिए जसको नाम मेक्सिकन अमेरिका राखिएको थियो।[११] रोसिटा, सरिटा र हर्नान्डेजको टोली पछि लभ, विन्टर र म्याट मोर्गेनसँगको खेलमा पराजित भएका थिए। त्यसको एक हप्ता पछि रोसिटा र सरिटाले उनीहरूको महिला उपाधि सफलतापूर्वक द ब्युटिफुल पिपुल (एञ्जलिना लभ र भेलभेट स्काई) विरुद्धमा कायम राख्न सफल भएका थिए भने पछि उनीहरूले म्याडिसन रेन र टेरालाई पनि पराजित गर्न सफल भएका थिए।[१२] जुन १६ का दिन आयोजित इम्प्याक्ट रेस्लिङको एक श्रृङ्खलामा उनीहरूले टिएनए ट्याग टिम उपाधि सफलतापूर्वक भेलभेट स्काई र मिस टेसमाकरलाई पराजित गर्न सफल भएका थिए।[१३] रोसिटा र सोरिटाले जुलाई २१ का दिन आयोजित इम्प्याक्टको एक श्रृङ्खलामा उनीहरूको ट्याग टिम उपाधि टेसमाकर र टेरा विरुद्धको खेलमा गुमाएका थिए।[१४][१५] रोसिटा र सोरिटाले गुमाएको ट्याग टिम उपाधिका लागि अगष्ट ७ का दिन आयोजित हार्डकोर जष्टिसमा पुनः खेल खेलका थिए जहाँ उनीहरू टेसमाकर र टारा विरुद्धको खेलम पराजित भएका थिए।[१६] सन् २०१२ मार्च २२ का दिन आयोजित इम्प्याक्टको एक श्रृङ्खलामा रोसिटा र सोरिटा टिएनए ट्याग टिम उपाधिका लागि पुनः खेल खेलेका थिए तर महिला ट्याग टिम उपाधि जित्न भने असमर्थ बनेका थिए। [१७][१८]
अप्रिल १९ का दिन आयोजित एम्प्याक्ट रेस्लिङको एक श्रृङ्खलामा सरिटाले म्याडिसन रेइन र गेल किमसँगको सहकार्यमा ब्रुक टेसमाकर, टेरा, भेलभेट स्काई र मिकी जेम्ससँग एक खेल खेलेकी थिइन् जहाँ उनको टोली पराजित भएको थियो।[१९][२०] रोसिटा र सोरिटाले अप्रिल १५ का दिन आयोजित लकडाउन नामक एक कार्यक्रममा महिला ट्याग टिम उपाधिका लागि खेल खेलेका थिए तर उनीहरू तात्कालिक महिला ट्याग टिम विजेता एरिक योङ र ओडिबीसँग पराजित भएका थिए।[२१][२२][२३] सन् २०१३ मा रोसिटाको टिएनएसँगको सम्झौता पत्रको समाप्त भएको थियो जसकारण उनी त्यसपछि अन्य कुस्ती पदोन्नतिहरूमा देखा पर्न सुरु गरेकी थिइन्।[२४]
स्वतन्त्र सर्किट (सन् २०११–२०१७)
सम्पादन गर्नुहोस्अगष्ट २०११ को अन्त्य तिर रोसिटाले मेक्सिकोको भ्रमण गर्दै सिएमएलएल नामक एक कुस्ती पदोन्नतिमा भर्ना भएकी थिइन् जहाँ उनको रिङ नाम डार्क एन्जल रहेको थियो। उनले पछि एएए कार्यक्रममा पनि देखा पर्न सुरु गरेकी थिइन्।[२५][२६] सन् २०११ मे १४ मा दिन रोसिटाले फेमेली रेस्लिङ एन्टरटेन्मेन्ट नामक एक कुस्ती पदोन्नतिको वार्षिक कार्यक्रम मेल्टडाउनमा उक्त पदोन्नति अन्तर्गत पहिलो खेल खेलेकी थिइन्।[२७] रोसिटाले अगष्ट २०, नोभेम्बर १५ र डिसेम्बर १७ मा गरी विन्टर विरुद्ध तीन खेल खेलेकी थिइन् जुन सबै खेलमा उनी पराजित भएकी थिइन्। केही महिनाको अस्थायी अवकाश पछि सन् २०१२ मार्च २४ का दिन आयोजित फेमेली रेस्लिङ इन्टरटेन्मेन्टको वेलकम टु द रम्बल नामक एक वार्षिक कार्यक्रममा उनी फर्किएकी थिइन् जहाँ उनी मरिया कनालेस विरुद्धको खेलमा पराजित भएकी थिइन्।[२८][२९] सन् २०१५ मे ६ का दिन उनी ग्लोबर फोर्स रेस्लिङ नामक एक कुस्ती पदोन्नतिसँगको आवदृध पत्रमा हस्ताक्षर गरेकी थिइन्। उनले सन् २०१५ जुन १२ का दिन आयोजित ग्लोबल फोर्स रेस्लिङको एक श्रृङ्खलामा उनले उक्त पदोन्नतिका लागि पहिलो खेल खेलेकी थिइन् जहाँ उनले उनको पहिलो खेलमा लेईडी टापालाई पराजित गर्न सफल भएकी थिइन्।[३०] सन् २०१५ जुलाई १७ का दिन उनले रिङ अफ अनर नामक एक अमेरिकी कुस्ती पदोन्नतिमा पर्दापण गरेकी थिइन् जहाँ उनले अस्टिन एरिजको कुस्ती प्रबन्धकको रूपमा काम गरेकी थिइन्।[३१] सन् २०१६ सेप्टेम्बर २ का दिन उनले साइन रेस्लिङको ३७औँ श्रृङ्खलामा उक्त पदोन्नतिका लागि पहिलो खेल खेलेकी थिइन्।
डब्ल्युडब्ल्युई
सम्पादन गर्नुहोस्एनएक्सटी (सन् २०१७–२०१८)
सम्पादन गर्नुहोस्सन् २०१३ मार्च ४ का दिन ट्रिनिडाडले डब्ल्युडब्ल्युईसँग प्रशिक्षण लिन सुरु गरेकी थिइन् भने उनी त्यसपछि डब्ल्युडब्ल्युईका विकासशील क्षेत्रहरूमा देखा पर्न पनि सुरु गरेकी थिइन्।[३२] सन् २०१६ अक्टोबर २६ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा उनको सामना तात्कालिक एनएक्सटी महिला विजेता अस्कासँग महिला उपाधिका लागि भएको जहाँ उनी पराजित भएकी थिइन्।[३३] सन् २०१७ जुनमा ट्रिनिडाडले डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् भने उनले त्यसपछि डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा आफ्नो कार्यकाललाई अगाडि बढाएकी थिइन्।[३४] जुन ९ का दिन आयोजित एनएक्सटीको श्रृङ्खलादेखि उनले उक्त पदोन्नतिका लागि खेलहरू खेल्न सुरु गरेकी थिइन्।[३५] जुलाई १९ का दिन आयोजित एनएक्सटीको श्रृङ्खलादेखि उनले अन्द्रादे सियन आल्मसको कुस्ती प्रबन्धकको रूपमा काम गर्न सुरु गरेकी थिइन् भने त्यसपछि उनले आफ्नो रिङ नाम जेलिना भेगामा परिवर्तन गरेकी थिइन्।[३६] नोभेम्बर १८ का दिन आयोजित एनएक्सटीक एक वार्षिक कार्यक्रम टेकओभर: वारगेम्समा आल्मसको सामना ड्रु म्याकिन्टायरसँग एनएक्सटी उपाधिका लागि भएको थियो जहाँ भेगाले आल्मसलाई सहयोग गरेकी थिइन् जसकारण आल्मसले एनएक्सटी उपाधि जित्न सफल भएका थिए।[३७] सन् २०१८ जनवरी २७ का दिन आयोजित एनएक्सटी टेकओभर: फिलाडेल्फियामा जोनी गर्ग्यानोको आल्मससँग एनएक्सटी उपाधिका लागि खेल जारी गरिएको थियो भने उक्त खेलमा पनि भेगाले अवरोध पुर्याएका कारण गर्ग्यानोकी प्रेमीमा क्यान्डीस लि रेईले भेगालाई आक्रमण गरेकी थिइन् तर उक्त खेलमा आल्मस विजेता बन्दै एनएक्सटी उपाधि कायम राख्न सफल भएका थिए।[३८] सन् २०१८ जनवरी २८ का दिन डब्ल्युडब्ल्युई द्वारा आयोजित रोयल रम्बल नामक एक वार्षिक कार्यक्रममा भेगाले मुख्य कार्यक्षेत्रमा पहिलो उपस्थिति जनाएकी थिइन् जुन खेलमा उनी ७औँ सङ्ख्यामा रिङ प्रवेश गरेकी थिइन्।[३९] सन् २०१८ फेब्रुअरी ३ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा भेगाले उक्त पदोन्नतिका लागि पहिलो आधिकारिक खेल खेलेकी थिइन् जहाँ उनी र अन्द्रादेको टोली जोनी गर्ग्यानो र क्यान्डीस लि रेईसँगको खेलमा पराजित भएका थिए।[४०] अप्रिल १८ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा भेगाले लि रेईलाई एकल खेलमा पराजित गर्न सफल भएकी थिइन् जुन उनको उक्त पदोन्नतिका लागि अन्तिम खेल बनेको थियो।
मुख्य कार्यक्षेत्र (सन् २०१८–हाल)
सम्पादन गर्नुहोस्अप्रिल २७ का दिन डब्ल्युडब्ल्युई द्वारा आयोजित सुपरस्टार सेक अफ अन्तर्गत भेगा र अन्द्रादे दुवै स्म्याकडाउनमा सरुवा भएका थिए।[४१] भेगाले उक्त पदोन्नति अन्तर्गत पहिलो उपस्थिति मे १५ का दिन आयोजित स्म्याकडाउनको एक श्रृङ्खलामा अन्द्रादेको साथमा जनाएकी थिइन् भने त्यसको केही हप्तासम्म अन्द्रादेले स्थानीय कुस्ती खेलाडी रहरूलाई एकल खेलमा पराजित गरेका थिए। जुलाई ३१ का दिन आयोजित स्म्याकडाउनको एक श्रृङ्खलामा भेगाले उक्त पदोन्नतिका लागि पहिलो खेल खेलेकी थिइन् जहाँ उनले लानालाई एकल खेलमा पराजित गर्न सफल भएकी थिइन्। सन् २०१८ अगष्ट १९ का दिन आयोजित समरस्ल्याम नामक एक वार्षिक कुस्ती कार्यक्रममा भेगा र अन्द्रादेले एक मिश्रति ट्याग टिम खेलमा लाना र रुसेभलाई पराजित गर्न सफल भएका थिए।[४२] अक्टोबर २८, २०१८ का दिन आयोजित इभोलुसन नामक एक कुस्ती कार्यक्रममा भेगाले महिला ब्याटल रोयमा भाग लिएकी थिइन् तर उक्त खेल नाया ज्याक्सले जितेकी थिइन्। सन् २०१९ जनवरी १५ का दिन देखि अन्द्रादे सियान आल्मसले आफ्नो रिङ नाम छोट्टाएर अन्द्रादे बनाएका थिए। सन् २०१९ अप्रिल ७ का दिन डब्ल्युडब्ल्युई द्वारा आयोजित रेसलमेनिया ३५ मा उनले महिला ब्याटल रोयलमा भाग लिएकी थिइन्।
सन् २०१९ मा आयोजित डब्ल्युडब्ल्युई सुपरस्टार सेक अफ अन्तर्गत भेगा र अन्द्रादे रमा सरुवा भएतापनि पछि उनीहरू पुनः स्म्याकडाउनमा फर्किएका थिए।[४३][४४] जुलाई ८, २०१९ का दिन आयोजित डब्ल्युडब्ल्युई रको एक श्रृङ्खलामा भेगा र अन्द्रादेको सामना लिञ्च र रोलिन्ससँग भएको थियो जहाँ उनीहरू लिञ्च र सोलिन्ससँग पराजित भएका थिए।[४५] सन् २०२० जनवरी २६ का दिन आयोजित रोयल रम्बलमा भेगाले भाग लिएकी थिइन् तर उनलाई सेइना बेज्लरले खेलबाट निस्कासन गराएकी थिइन्।
उपाधि तथा उपलब्धिहरू
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "जेलिना भेगा", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच नोभेम्बर १९, २०१७।
- ↑ "Zelina Vega Cagematch profile", Cagematch, अन्तिम पहुँच नोभेम्बर १९, २०१७।
- ↑ Goldman, Eric (फेब्रुअरी २१, २०१७), "The Rock evokes CM Punk and AJ Lee in a big way for crowd at WWE show", आइजिएन, अन्तिम पहुँच फेब्रुअरी २१, २०१७।
- ↑ Cole, Caitlin (डिसेम्बर १९, २०१८), "Complete WWE 2K19 Roster", Rumble Ramble (अङ्ग्रेजीमा), अन्तिम पहुँच अप्रिल १६, २०१९। वेब्याक मेसिन अभिलेखिकरण अप्रिल १६, २०१९ मिति
- ↑ Elfring, Matt (अगस्ट ७, २०१९), "All The Wrestlers On The Roster", गेमस्पट, अन्तिम पहुँच अगस्ट ११, २०१९।
- ↑ "National Wrestling Superstars match listing", Cagematch, अन्तिम पहुँच जनवरी १६, २०१३।
- ↑ Martin, Adam (जनवरी १२, २०११), "Spoilers: TNA Impact tapings for January 20", WrestleView, अन्तिम पहुँच मार्च १०, २०११।
- ↑ Martin, Adam (जनवरी २७, २०११), "TNA Wrestling signs a new Knockout", WrestleView, अन्तिम पहुँच फेब्रुअरी २, २०११।
- ↑ Boutwell, Josh (फेब्रुअरी ११, २०११), "Impact Results – 2/10/11", WrestleView, अन्तिम पहुँच फेब्रुअरी ११, २०११।
- ↑ Caldwell, James (फेब्रुअरी १७, २०११), "Caldwell's TNA Impact report 2/17: Complete "virtual-time" coverage of Impact on Spike TV – Against All Odds fall-out, Flair's TV return, TNA World Title match", Pro Wrestling Torch, अन्तिम पहुँच अगस्ट २६, २०११।
- ↑ Caldwell, James (मार्च १३, २०११), "Caldwell's TNA Victory Road PPV results 3/13: Ongoing "virtual time" coverage of live PPV – Sting vs. Hardy TNA Title match", Pro Wrestling Torch, अन्तिम पहुँच मार्च १३, २०११।
- ↑ Baxendell, Matt (मार्च १७, २०११), "Bax's TNA Impact report 3/17: Alt. perspective review – new TNA Title belt, Fall-out From Hardy's "issues" at Victory Road, Styles injury angle, Overall Grade", Pro Wrestling Torch, अन्तिम पहुँच मार्च १८, २०११।
- ↑ Boutwell, Josh (मार्च २५, २०११), "Impact Results – 3/24/11", WrestleView, अन्तिम पहुँच अगस्ट ३, २०१२।
- ↑ Baxendell, Matt (अप्रिल ८, २०११), "Bax's TNA Impact report 4/7: Sting vs. RVD main event, tag teams split, Jarrett climbs the cage with ease, Overall Show Grade", Pro Wrestling Torch, अन्तिम पहुँच जुन १६, २०११।
- ↑ Caldwell, James (अप्रिल २१, २०११), "Caldwell's TNA Impact report 4/21: Complete coverage of TNA Title match, Tag Title match, Knockouts Tag Title match, Jarrett-Angle continues", Pro Wrestling Torch, अन्तिम पहुँच जुन १६, २०११।
- ↑ Keller, Wade (जुन १६, २०११), "Keller's TNA Impact report 6/16: Ongoing coverage of Slammiversary fallout on Spike TV", Pro Wrestling Torch, अन्तिम पहुँच जुन २१, २०११।
- ↑ Meltzer, Dave (जुलाई १२, २०११), "TNA notes from tonight in Orlando", रेस्लिङ अब्जर्भर न्युजलेटर, अन्तिम पहुँच जुलाई १३, २०११।
- ↑ Keller, Wade (जुलाई २१, २०११), "Keller's TNA Impact Wrestling report 7/21: Ongoing "virtual time" report on Sting title win fallout", Pro Wrestling Torch, अन्तिम पहुँच जुलाई २१, २०११।
- ↑ Caldwell, James (अगस्ट ७, २०११), "Caldwell's TNA Hardcore Justice PPV results 8/7: Ongoing "virtual time" coverage of live PPV – Sting vs. Angle, five title matches, BFG Series matches", Pro Wrestling Torch, अन्तिम पहुँच अगस्ट ७, २०११।
- ↑ Turner, Scott (मार्च २३, २०१२), "Turner's TNA Impact Wrestling results 3/22: Victory Road fall-out, Dixie & Sting & Hogan close the show, three title matches", Pro Wrestling Torch, अन्तिम पहुँच मार्च २३, २०१२।
- ↑ Caldwell, James (अप्रिल १५, २०१२), "Caldwell's TNA Lockdown PPV results 4/15: Ongoing "virtual time" coverage of live PPV – Roode-Storm main event, Angle-Hardy, Lethal Lockdown opener", Pro Wrestling Torch, अन्तिम पहुँच अप्रिल १५, २०१२।
- ↑ Caldwell, James (मे १, २०१२), "Former tag champion cut from TNA", Pro Wrestling Torch, अन्तिम पहुँच अगस्ट ३, २०१२।
- ↑ Caldwell, James (जुन १०, २०१२), "Caldwell's TNA Slammiversary PPV results 6/10: Ongoing "virtual time" coverage of live PPV – Roode vs. Sting headlines 10th Anniv. PPV", Pro Wrestling Torch, अन्तिम पहुँच अगस्ट ३, २०१२।
- ↑ Johnson, Mike (जनवरी ९, २०१३), "Another TNA departure confirmed", Pro Wrestling Insider, अन्तिम पहुँच जनवरी ९, २०१३।
- ↑ Zellner, Kris (सेप्टेम्बर १२, २०११), "Lucha Report For 9/12/11" (स्पेनीमा), Super Luchas Magazine, अन्तिम पहुँच सेप्टेम्बर १४, २०११।
- ↑ Ruiz Glez, Alex (अगस्ट ३१, २०११), "Imagen: Rosita y Sarita en la coliseo de Guadalajara" (Spanishमा), Super Luchas Magazine, अन्तिम पहुँच सेप्टेम्बर १४, २०११।
- ↑ "Rosita, de Mexican America, amenaza a AAA", Lucha Libre AAA Worldwide (Spanishमा), सेप्टेम्बर ४, २०११, अन्तिम पहुँच सेप्टेम्बर १४, २०११। वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर २८, २०११ मिति
- ↑ "Rosita – FWE", Family Wrestling Entertainment, अन्तिम पहुँच जुन २९, २०१२। वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर १८, २०१२ मिति
- ↑ "Show History", Family Wrestling Entertainment, अन्तिम पहुँच अगस्ट ११, २०१२। वेब्याक मेसिन अभिलेखिकरण अगस्ट १५, २०१२ मिति
- ↑ "FWE Women's Championship", Family Wrestling Entertainment, मूलबाट मार्च २८, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २, २०१२। वेब्याक मेसिन अभिलेखिकरण मार्च २८, २०१२ मिति
- ↑ Johnson, Mike (मे ६, २०१५), "Live notes from GFW press conference", Pro Wrestling Insider, अन्तिम पहुँच मे ६, २०१५।
- ↑ Satin, Ryan (जुन ५, २०१७), "Ex-TNA Wrestler Thea Trinidad Signs WWE Contract", Pro Wrestling Sheet, अन्तिम पहुँच अप्रिल २३, २०१८।
- ↑ Kahrs, Alex (जुन ८, २०१७), "WWE NXT Results – 6/7/17 (No Way Jose vs. Killian Dain headlines)", Wrestleview, अन्तिम पहुँच अप्रिल २३, २०१८।
- ↑ Richard, Trionfo (जुलाई १९, २०१७), "WWE NXT REPORT: DAIN VERSUS MCINTYRE TO DETERMINE NUMBER ONE CONTENDER, BURCH VERSUS LORCAN, ALMAS GOES TRANQUILO, RIOT VERSUS MOON, AND MORE", PWInsider, अन्तिम पहुँच अगस्ट १३, २०१७।
- ↑ Richard, Trionfo (अगस्ट ९, २०१७), "WWE NXT REPORT: LORCAN VERSUS BURCH, CHAMPION AND CHALLENGER TALK ABOUT TAKEOVER, STRONG VERSUS MCINTYRE NEXT WEEK, GARGANO WANTS A MATCH AND ALMAS WANTS AN OPPONENT, AND MORE", PWInsider, अन्तिम पहुँच अगस्ट १३, २०१७।
- ↑ Richard, Trionfo (नोभेम्बर १८, २०१७), "WWE NXT TakeOver War Games report", PWInsider, अन्तिम पहुँच नोभेम्बर १९, २०१७।
- ↑ Richard, Trionfo (जनवरी २७, २०१८), "Complete WWE NXT TakeOver Philadelphia report: Extreme Rules, Gargano versus Almas, Moon versus Baszler, new faces, some returning NXT stars, and Samoa Joe saves de kickoff show", PWInsider, अन्तिम पहुँच जनवरी २८, २०१८।
- ↑ Cory, Strode (जनवरी २८, २०१८), "FULL ROYAL RUMBLE COVERAGE", PWInsider, अन्तिम पहुँच जनवरी २९, २०१८।
- ↑ "NXT Nashville Show", iwd, फेब्रुअरी ३, २०१८, अन्तिम पहुँच मे ११, २०१८।
- ↑ Richard, Trionfo (अप्रिल १८, २०१८), "WWE NXT report: A lot of NXT in ring debuts, a no DQ match, and more", PWInsider, अन्तिम पहुँच अप्रिल २३, २०१८।
- ↑ Gartland, Dan (अप्रिल १७, २०१८), "WWE Roster Changes: Superstar Shakeup Results for Raw, SmackDown", Sports Illustrated, अन्तिम पहुँच अप्रिल २३, २०१८।
- ↑ Stuart, Carapola (मे १५, २०१८), "COMPLETE WWE SMACKDOWN COVERAGE", PWInsider, अन्तिम पहुँच मे १७, २०१८।
- ↑ "Andrade Almas Gets A Name Change — WrestleTalk", wrestletalk.com, जनवरी १६, २०१९, अन्तिम पहुँच जनवरी १६, २०१९।
- ↑ "WWE changes the name of Andrade 'Cien' Almas - Cageside Seats", cagesideseats.com, जनवरी १६, २०१९, अन्तिम पहुँच जनवरी १६, २०१९।
- ↑ Davis, Brad (अप्रिल २२, २०१९), "Aleister Black, Andrade & Zelina Vega Moved To SmackDown Roster", अन्तिम पहुँच डिसेम्बर २६, २०१९।
- ↑ Gerweck, Steve (डिसेम्बर २९, २०११), "Rosita wins PWI Inspirational Wrestler award", रेसलभ्यु, अन्तिम पहुँच डिसेम्बर १९, २०११।
- ↑ "PWI Awards", प्रो रेस्लिङ इलुस्ट्रेटेड, कापा समूह, अन्तिम पहुँच फेब्रुअरी २१, २०१७। वेब्याक मेसिन अभिलेखिकरण जनवरी २१, २०१६ मिति
- ↑ "Pro Wrestling Illustrated (PWI) Female 50 for 2011", Internet Wrestling Database, अन्तिम पहुँच फेब्रुअरी २१, २०१७।
- ↑ Barrasso, Justin (डिसेम्बर २८, २०१८), "Counting down the top 10 women's wrestlers of 2018", SI.com, अन्तिम पहुँच जुन ५, २०१९।