ज्याकोब लोकविक (जन्म: २५ जुलाई १९८१) एक सफ्टवेयर इन्जिनियर, शृङ्खलाबद्ध उद्यमी र लगानीकर्ता हुन्। उनी भिमिओको सह-संस्थापकको रूपमा परिचित छन्।

जेक लोकविक
अक्टोबर २००५ मा, लोकविक
जन्मज्याकोब लोडविक
(1981-07-25) जुलाई २५, १९८१ (उमेर ४२)
बाल्टिमोर, मेरिल्यान्ड
राष्ट्रियतासंयुक्त राज्य अमेरिकाअमेरिकी
पेशाउद्यमी, सफ्टवेयर इन्जिनियर, लगानीकर्ता
जीवनसाथीरोबिन कान्ट्रेल

शिक्षा सम्पादन गर्नुहोस्

लोकविकको जन्म बाल्टिमोर, मेरील्यान्डमा भएको थियो। उनले रोचेस्टर प्रविधि विश्वविद्यालयमा, पठनपाठन गरेका थिए।

जीवनी सम्पादन गर्नुहोस्

लोकविक प्रारम्भिक रूपमा कलेजह्युमरको वेब विकासकर्ता थिए। उनले पछि सन् २००४ मा, कनेक्टेड भेन्चरमा पनि संलग्न भएका थिए। कनेक्टेड भेन्चरको संस्थापक टोलीमा रहँदा, उनले भिडिओ साझेदारी सेवा भिमिओको सह-स्थापना गरेका थिए जुन अङ्ग्रेजी शब्द भिडिओ र मिको संयुक्त स्वरूप हो।[१] सन् २००६ मा, भिमिओलाई ब्यारी ड्रिलरको आइएसी/इन्टरएक्टिभ निगमले अधिग्रहण गरेको थियो भने उनलाई सन् २००७ मा, लोकविकलाई निलम्बन गरिएको थियो। सन् २००७ मा, भिमिओबाट प्रस्थान पश्चात्, उनले लोरम्याटिभ सङ्गीत कम्पनीको स्थापना गर्दै यसको प्रमुखको रूपमा सेवा गरेका थिए।[२] सन् २००९ को अन्तमा, लोडविकले अनुभवहीनता र भक्तिभाव अभावको उल्लेख गर्दै वेबसाइट बन्द गरेका थिए।[३]

लोडविकले स्वतन्त्र रचनात्मक इन्जिनियरको रूपमा काम गरेका थिए भने उनले पम्मेलभिजन सफ्टवेयरको सुरू गरेका थिए जसले सङ्गीतका साथ आफ्नो तस्वीरका कथाहरूलाई जम्मा गर्दछ। [४]पम्पेलभिजन एक तस्वीर आयात सुविधाद्वारा प्रेरित थियो जसले हालको तस्वीर आयात भइरहेको देखाउँदछ। हाल, लोडविकले सफ्टवेयर कम्पनी केजीको प्रमुख कार्यकारी अधिकृत रूपमा सेवा गर्दछन्।[५] आइएएसीलाई भिमिओ बिक्री पछिका वर्षहरूमा, लोडविकले टम्ब्लर् र मेकरबोट लगायत अन्य प्रविधि कम्पनीहरूमा लगानी गरेका थिए। उनी हाल ब्रोक्लिन न्युयोर्कमा बस्दछन्।[६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Mead, Rebecca (२४ जनवरी २००५), "Funny Boys: Success and City", New Yorker, अन्तिम पहुँच ६ मार्च २०१४ 
  2. Arrington, Michael (३० नोभेम्बर २००७), "Vimeo Founder Fired, Does A Bong Hit", TechCrunch, TechCrunch, अन्तिम पहुँच ५ मार्च २०१४ 
  3. Lodwick, Jake, "Entrepreneur Bio", Jake Lodwick, मूलबाट २६ मार्च २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अगस्ट २००८  वेब्याक मेसिन अभिलेखिकरण २६ मार्च २०१७ मिति
  4. Tsotsis, Alexia (२३ डिसेम्बर २०१०), "Pummelvision: What Your Life Would Look Like If It Flashed Before Your Eyes", TechCrunch, TechCrunch, अन्तिम पहुँच ५ मार्च २०१४ 
  5. Shontell, Alyson (जुन २०१३), "Controversial Startup Guy Jake Lodwick Has Had Two Massive Startup Exits In The Past Month", Business Insider, Business Insider, अन्तिम पहुँच ५ मार्च २०१४ 
  6. Lodwick, Jake, "Jake Lodwick", Jake Lodwick, अन्तिम पहुँच २६ फेब्रुअरी २०१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्