जुर्मला स्तूपा उज्बेकिस्तानको तेर्मेज जिल्लामा अवस्थित सबैभन्दा ठूलो बौद्ध स्तूपको अवशेष हो। [१] यसलाई उजबेकिस्तानमा रहेको सबैभन्दा पुरानो निर्माण मानिन्छ। यो पहिलो वा दोस्रो शताब्दी ईस्वीमा बनाइएको थियो। [२]

जुर्मला स्तुपा
प्राथमिक विवरण
स्थान:तेर्मेज
निर्देशाङ्क३७°१३′५५″N ६७°०६′००″E / ३७.२३१९°N ६७.०९९९°E / 37.2319; 67.0999निर्देशाङ्कहरू: ३७°१३′५५″N ६७°०६′००″E / ३७.२३१९°N ६७.०९९९°E / 37.2319; 67.0999
देशउज्बेकिस्तान

स्तूप १३.५ मिटर अग्लो छ र यसको व्यास लगभग १४ मिटर रहेको छ। यसको जग वर्गाकार ईंटहरु मिलेर बनेको छ। प्रत्येक इँटामा छाप लगाइएको छ जुन तेस्रो शताब्दीमा कुशान साम्राज्यको समयमा ब्याक्ट्रियामा प्रयोग गरिएको थियो। स्तुपाको वरिपरि ईंटका टुक्राहरू पनि फेला पार्न सकिन्छ। यो स्तूपको बाहिरी भागलाई रातो रङले रङ्गिएको थियो भनेर विश्वास गरिन्छ। [३]

इतिहास सम्पादन गर्नुहोस्

स्तूपको बारेमा प्रारम्भिक जानकारी सन् ६२९-६३० मा टर्मेजको भ्रमण गर्ने चिनियाँ बौद्ध पादरी जुआन जियानको डायरीमा पाउन सकिन्छ। उनका अनुसार टर्मेजमा १० भन्दा बढी गुम्बा र १००० भन्दा बढी भिक्षुहरू थिए। सन् १९२६–१९२८ मा मस्कोको ओरिएन्टल म्युजियम र सेन्ट पिटर्सबर्गको हर्मिटेज म्युजियमको अभियानमा एएस स्ट्रेलकोभले गरेको अध्ययनले जुआन जियानको वर्णनसँग समानता देखाएको छ। पछि, एमई मासनले यी स्मारकहरूको विशेषताहरू बुझ्नको लागि एक परियोजनाको आयोजना गरेका थिए। [४]

१९२७मा स्तूपको अनुसन्धान गर्ने पुरातत्वविद् अलेक्जेन्डर स्ट्रेलकोभले यो बौद्ध स्तूप हो भनी अनुमान गरे। यद्यपि, यो कथन केवल आधा शताब्दी पछि गैलिना पुगाचेन्कोवाको नेतृत्वमा उत्खननको क्रममा पुष्टि भएको थियो। [५]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. Iwamoto, Atsushi (२०१९), A Study on the Prosperity and Decline of Buddhist Sites in Northern Bactria: Kara Tepe and Zurmala 
  2. "Zurmala - Livius", मूलबाट २०२१-०५-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०५-१० 
  3. "Zurmala stupa", Caravanistan, मूलबाट २०२०-११-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०५-१० 
  4. Zokir, Khalikov Eshboltaevich; Kholbutaevich, Toshkobilov Bobur (२०२०), "About The Largest Stupa Or Zurmala Monument In North Bacteria", The American Journal of Social Science and Education Innovations 2 (11): 148–151, आइएसएसएन 2689-100X, डिओआई:10.37547/tajssei/Volume02Issue11-26 
  5. "Зурмала – буддийская ступа – перспективы исследования | АРХЕОЛОГИЯ СРЕДНЕЙ АЗИИ", archaeologyca.su, अन्तिम पहुँच २०२३-११-०७