जिम्दो नेपालि भासा नेपाली भाषामा यसका प्रयोगकर्ताको स्वभाविक उच्चारणको अनुकूल लेखन हुनुपर्छ भन्ने शिवराज आचार्यले वि. सं. २०२४ ताका देखि चलाएको अभियान वा आन्दोलन हो ।[१][२][३] यहाँ हाल शुद्ध मानिने जिउँदो नेपाली भाषाको सट्टामा जिम्दो नेपालि भासा भन्ने हिज्जे प्रयोग गरिएको छ । शिवराज आचार्यले यो विचार सम्बन्धित लेखहरू सङ्ग्रह गरेर "जिम्दो नेपालि भासा पैलो खण्ड" वि. सं. २०३० मा र "जिम्दो नेपालि भासा दोस्रो खण्ड" वि. सं. २०३७ मा प्रकाशित गरेका थिए । यसै सिद्धान्तको व्याख्याको रूपमा उनको नेपाली वर्णोच्चारणशिक्षा (नेपालि फोनेटिक्स २०३१) भन्ने पुस्तक पनि साझा प्रकाशनबाट प्रकाशित भएको थियो ।

जिम्दो नेपालि भासाका अभियन्ता शिवराज आचार्य

हाल यो अभियान त्यति सक्रिय नरहे पनि शिवराज आचार्यले आफ्ना कृतिहरूमा यसै अनुरूपको हिज्जे प्रयोग गर्ने गरेका छन् भने विभिन्न समयका अभियान तथा शब्दकोशहरूले पनि यो सिद्धान्तको कुनै न कुनै रूपमा अनुसरण गरेका छन् ।[४] नेपाली भाषा लेखनको इतिहासमा यो अभियानको सकारात्मक र नकारात्मक दुवै खाले चर्चा हालसम्म पनि भैरहेको छ ।[५][६][७][८] यसै अभियान र अभियन्ताका बारेमा टेकनाथ दहालरचित जिम्दो नेपालि भासा अभियान र अभियन्ता[dead link] नामक कृति पनि प्रकाशित छ ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. नेपाली भाषा अधिगोष्ठी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
  2. पच्चीस वर्षका भाषिक चर्चा २०३९ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
  3. A Few Moments with a Lingiust Vasudha xvi Feb March 1978
  4. नेपाली भाषा व्याकरण चिन्तनमा जिम्दो नेपालि भासा सिद्धान्त, गरिमा २०६२ वैशाख
  5. भाषामा भिडन्त वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-११ मिति कान्तिपुर
  6. सुवेदी, होम नेपाली वर्णविन्यासमा देखिएको गिजोलो समकालीन साहित्य
  7. नेपाल,शैलेन्दुप्रकाश नेपाली भाषाको मर्म र महत्ता नयाँ पत्रिका
  8. लामिछाने, कपिल मानक नेपाली भाषाका पक्षमा थाहाखबर