जातकर्म संस्कार शिशु जन्मिएपछि नाल काट्नुभन्दा पहिले गर्ने विधान हो । यस संसारमा पहिलो पटक पदार्पण गर्ने नवजात शिशुको आयु, आरोग्य, बल, बुद्धि प्राप्त होस् भन्ने कामनाका साथ यो कर्म गरिन्छ । जातकर्ममा मातृका पूजन, आभ्युदयिक (नान्दी श्राद्ध), स्वस्तिवाचन, नवग्रह पूजन, अग्निस्थापनहवन समेत गरिन्छ । ब्राह्मणद्वारा तलको मन्त्रले मन्त्रिएर शिशुलाई घिउ मह चटाइने शास्त्रोक्त नियम छ :

आें भूस्त्वयि दधामि, आें भुवस्त्वयि दधामि, आें स्वस्त्वयि दधामि, आें भूर्ब्भुवः स्वः सर्वं त्वयि दधामि ।

उपर्युक्त बाहेक आयुस्मान् हुने आशीर्वचन पनि वेदमन्त्रद्वारा दिइन्छ, जस्तै त्र्यायुषञ्जमदग्नेः कस्यपस्य त्र्यायुषम्.........आदि । त्यसपछि वेद मन्त्रोच्चारणका साथ शिशुलाई आमाको स्तनपान गराइन्छ । वर्तमान समयमा यो संस्कार लोप हुँदै गएको छ ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. डा.पोखरेल, ऋषिराम र अन्य (२०६१) कर्मकाण्ड, भक्तपुर शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्