जसवंत सिंह(जनवरी ३, १९३८) दार्जिलिंग संसदीय क्षेत्रबाट सांसद छन्। उनी राजस्थान राज्यको जैसलमेरको जसोल गांउको निवासी हुन र १९६०को दशकमा उनी भारतीय सेनाको अधिकारी थिए। पन्ध्र वर्षको उमेरमा उनी भारतीय सेनामा शामिल भएका थिए। उनी जोधपुरको पूर्व महाराजा गज सिंहको नातेदार मानिन्छन्। जसवंत सिंह मेयो कलेज र राष्ट्रीय रक्षा प्रतिष्ठान, खडकवास्लाको विद्यार्थी भई सकेका छन्। उनी मई १६, १९९६ देखि जून १, १९९६को समयमा अटल बिहारी वाजपेयीको सरकारमा वित्तमंत्री भई सकेका छन्। दुई वर्ष पछि डिसेम्बर ५, १९९८ देखि जुलाई १, २००२को समयमा उनी वाजपेयीको सरकारमा विदेशमंत्री बने। विदेशमंत्रीको रूपमा उनले भारत-पाकिस्तानको खराब सम्बन्ध सुधारने कोशिश गरे। फेरि साल २००२मा यशवंत सिन्हाको ठाँउ उनी एकपटक फेरि वित्तमंत्री बने र मे २००४मा वाजपेयी सरकारको हारसम्म उनी वित्तमंत्री बनी रहे। वित्तमंत्रीको रूपमा उनले बाजार-हितकारी सुधारहरु लाई बढवा दिए। भारतीय जनता पार्टीमा रहेको भए पनि उनी स्वयंलाई उदारवादी नेता मानदथे। २००१मा उनिलाई सर्वश्रेष्ट संसदको सम्मान प्राप्त भयो। भारत विभाजनमा उनको किताब जिन्ना-इण्डिया, पार्टिशन, इण्डेपेंडेंसमा नेहरू-पटेलको आलोचना र जिन्ना को प्रशंसा गरेकोमा अगस्त १९, २००९मा उनलाई भाजपाबाट निकाली दिइएको थियो।

करियर सम्पादन गर्नुहोस्

जसवंत सिंह भारतीय राजनीतिको ती थोरै राजनीतिज्ञहरूमा छन जसलाई रक्षा मन्त्री, वित्तमन्त्री र विदेशमन्त्री बन्ने अवसर मिल्ल्यो। उनी वाजपेयी सरकारमा विदेशमंत्री बने, त्यस पछि यशवंत सिन्हाको ठाँउ उनिलाई वित्तमंत्री बनायाइयो।