जय बिष्ट
जय बिष्ट (जन्म २३ डिसेम्बर १९९५) एक भारतीय क्रिकेटर हुन् जसले घरेलु क्रिकेटमा उत्तराखण्डका लागि खेल्छन्। उहाँ एक ब्याटिङ अलराउन्डर हुनुहुन्छ जसले दाहिने हातले ब्याटिङ गर्छन र दाहिने हातले अफ ब्रेक बल गर्छन। नोभेम्बर २०१५ मा २०१५-१६ रणजी ट्रफीमा आफ्नो प्रथम श्रेणी क्रिकेट डेब्यू गर्नु अघि उनले अन्डर-१६ र अन्डर-१९ स्तरहरूमा मुम्बईको प्रतिनिधित्व गरे।[१] उनले १० डिसेम्बर २०१५ मा २०१५-१६ विजय हजारे ट्रफीमा आफ्नो लिस्ट ए डेब्यू गरे।[२] उनले २०१५-१६ इरानी कपमा ६ मार्च २०१६ मा आफ्नो पहिलो प्रथम श्रेणी शतक बनाए।[३]
व्यक्तिगत जानकारी | |
---|---|
नाम | जय गोकुल बिष्ट |
जन्म | मुम्बई, महाराष्ट्र, भारत | २३ डिसेम्बर १९९५
ब्याटिङ | दाहिने-हात |
बलिङ | दाहिने हात अफ ब्रेक |
भूमिका | ब्याटिङ अलराउन्डर |
घरेलु टोली जानकारी | |
वर्ष | टिम |
२०१४/१५–२०१९/२० | मुम्बई |
२०२०/२१–वर्तमान | उत्तराखण्ड |
स्रोत: ESPNcricinfo |
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्मुम्बईमा जन्मेका विष्ट उत्तर प्रदेशको सीमामा पर्ने नेपालको सहर धनगढीका हुन्। उनको जन्म हुनुभन्दा धेरै अघि नै उनको परिवार मुम्बई सरेको थियो। विष्टले मुम्बईको शारदाश्रम विद्यामन्दिरमा अध्ययन गरेका थिए । उनका बुबा गोकुल विष्ट मुम्बई विश्वविद्यालयबाट क्रिकेट खेल्थे।[४]
मुम्बईबाट खेल्ने पहिलो नेपाली मूलको व्यक्ति बनेकोमा विष्टले भने, ‘मेरो जरा नेपालबाट हुन सक्छ तर म मुम्बईमा जन्मेर हुर्केको कट्टर मुम्बईकर हुँ' ।[५]
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ "Jay Bista", ESPNcricinfo, अन्तिम पहुँच २५ नोभेम्बर २०१५।
- ↑ "Vijay Hazare Trophy, Group A: Mumbai v Punjab at Hyderabad, Dec 10, 2015", ESPNcricinfo, अन्तिम पहुँच २२ डिसेम्बर २०१५।
- ↑ "Bista's maiden ton studs Mumbai's dominance", ESPNcricinfo, अन्तिम पहुँच ६ मार्च २०१६।
- ↑ "Jay Bista - One from the new order of Mumbai cricket", Cricbuzz।
- ↑ "Ranji Trophy: Mumbai squad gets a touch of Nepal", dna।
बाह्य लिङ्कहरू
सम्पादन गर्नुहोस्