जनै खटिरा
जनै खटिरा (अङ्ग्रेजी: हर्पिस, हर्पिस जस्टर, वा सिङ्गल्स्) एक प्रकारको भाइरल सङ्क्रमण हो। यसलाई पीडादायक समस्याको रूपमा लिन सकिन्छ। किनभने छालामा देखिने यो रोगमा स-साना पानीफोका जस्ता आउने खटिराहरू चिलाउनुका साथै असह्य रूपले दुख्ने समस्या हुन्छ। चिकनपोक्स अर्थात् ठेउलाको कारकका रूपमा परिचित भेरिसेला जस्टर नामक भाइरसको सङ्क्रमणले यो रोग लाग्दछ। डाक्टरी भाषामा यसलाई हर्पिस जस्टर भनेर चिनिन्छ भने नेपालीमा जनैखटिराका नामले प्रसिद्ध छ। यो रोग प्रायः एक पटक ठेउला भइसकेका व्यक्तिलाई हुने भएकाले यो प्रौढहरूमा बढ्ता देखिने गरेको छ। यसलाई सामान्य खालको छालाको रोग ठान्ने भ्रममा पर्नु हुँदैन । शरीरको रोग प्रतिरोधी क्षमता कम भएका बेलामा यसको आक्रमण हुन सक्छ।
जनै खटिरा | |
---|---|
विभाग: | Infectious diseases, चर्मविज्ञान, स्नायुविज्ञान ![]() |
पहिलो दिन | दोश्रो दिन | पाँचौ दिन | छैठौं दिन |
---|---|---|---|
लक्षणसम्पादन
- छाती, पेट, पिठ्यूँ, घाँटी, हात, खुट्टा आदि ठाउँ मा मसिना बिमिरा निस्कने ।
- ती बिमिरा निस्केका ठाउँ मा चिलाउने, पोल्ने र दुख्ने ।
- बिमिरा बिस्तारै ठूला हुँदै जाने र ससाना घाऊ जस्ता देखिने ।
- ती घाऊहरु मा पोलेका घाऊ मा झैं नै पानी भरिने र फुट्ने । सँगै असह्य पीडा हुने ।
- सामान्य ज्वरो आउने । टाउको दुख्ने ।
निदान तथा उपचारसम्पादन
चिकित्सक ले बिमिराहरु हेरेर तथा सामान्य परीक्षण बाटै जनै खटिराको निदान गर्ने छन्। यसको घरेलु उपचार पनि प्रभावकारी देखिएको छ। सँगसँगै चिकित्सकले गर्ने निम्नांकित उपचार पनि लाभदायक सिद्ध हुने छ -
- घाऊहरू निको पार्न का लागि एसाक्लोभिर जस्ता औषधि खाने तथा मलम लगाउने।
- घाऊ बढ्ता नदुखुन् भन्नका लागि दुखाई कम गर्ने इबुप्रोफेन, पारासिटामोल जस्ता औषधि सेवन गर्ने ।
- घाऊहरूलाई सफा राख्ने।