जज् मोबाइल सञ्चार लिमिटेड (उर्दु: جاز वा जज् [१][२]पाकिस्तानको सबैभन्दा ठूलो मोबाइल सञ्जाल हो जुन मोबिलिङ्क र वारिदको समायोजन पछि बनेको थियो।[३][४] यसले व्यक्तिगत र कर्पोरेट प्रयोगकर्ताहरूमा प्रीपेड र पोष्टपेड ग्राहकहरूको सेवा प्रदान गर्दछ। यसको प्रमुख कार्यालय पाकिस्तानको इस्लामाबादमा अवस्थित छ र हालका प्रमुख कार्यकारी अधिकृत आमिर इब्राहिम हुन्। यो पाकिस्तान एक लोकप्रिय दूरसञ्चर सेवा प्रदायक मध्य एक हो।

पाकिस्तान मोबाइल सञ्चार लिमिटेड
जज्
मौलिक नाम
ढाँचा:URDU
पूर्व नाम
मोबिलिङ्क
व्यवसाय प्रकार
नियन्त्रित कम्पनी
उद्योगटेलिफोन र इन्टरनेट
पूर्ववर्तीहरूमोबिलिङ्क
वारिद पाकिस्तान
स्थापित१० जनवरी २०१७; ७ वर्ष पहिले (२०१७-०१-10) in इस्लामाबाद, पाकिस्तान
केन्द्रीय कार्यालय
इस्लामाबाद
,
पाकिस्तान
सेवा क्षेत्र
पाकिस्तान
मुख्य व्यक्ति
आमिर हफेज इज्राहिम (प्रमुख कार्यकारी अधिकृत)
उत्पादनहरूमोबाइल टेलिफोन
मोबाइल बेङ्किङ
मूल सङ्गठनग्लोबल टेलिकम होल्डिङ
वेबसाइटjazz.com.pk

इतिहास सम्पादन गर्नुहोस्

यो पहिला मोबिलिङ्क (पीएमसीएल)को रूपमा चिनिन्थ्यो, तथापि नोभेम्बर २०१५ मा वारिदटेल पाकिस्तानसँग समायोजनको घोषणा भएको थियो र दुवै कम्पनीले 'जज्'को नामको पुन आफ्नो सेवा सञ्चालन गरेका थिए । दुवै समायोजित कम्पनीहरू अब सामूहिक रूपमा पाकिस्तानमा ५६ मिलियन ग्राहकहरूलाई सेवा गर्छन् जो कुल बजार साझेदारीको ३७% हो ।

सञ्जाल सम्पादन गर्नुहोस्

जजले पाकिस्तानमा ८५०० भन्दा अधिक सक्रिय सेल टावरहरू सञ्चालनमा ल्याएको छ र ६५०० किलोमिटर लामो अप्टिकल फाइबरकेबल ओछ्याइएको छ। २० भन्दा बढी सहरहरूमा हाल जजको ४ जी एलटिइ सेवा फैलिएको छ। जजले, आफ्नो सञ्जाल सञ्चालनको लागि, एरिक्सन (एक स्विडेनको कम्पनी) र संक्षिप्त सन्देश सेवा केन्द्र लागि एसिसनको उपयोग गर्दछ। जजले आफ्नो सञ्जालमा ३.९ अरब भन्दा बढी अमेरिकी डलरको लगानी गरेको छ।[५]

जजले, हाल पुराना वारिद पाकिस्तानका उपकरणलाई हटाई देशका विभिन्न सहरहरूमा आफ्नो ४ जी एलटिइ सञ्जाल बिस्तार गर्ने क्रममा रहेको छ। सञ्जाल पहिले देखिनै कराची, लाहोर, इस्लामाबाद, रावलपिंडी, गुजराणवाला, मुल्तान, फैसलाबाद, सियालकोट, कोएटा लगएतका विभिन्न सहरहरूमा ४ जी एलटिइ सेवा सक्रिय छ।

हालैको विकासमा जाजले हुवावेको सहायताबाट ९९० मेगाहर्जको ३ जी आवृत्ति शुरु गरेको छ। यसैगरी हुवावेले जजलाई क्लाउडएयर प्रविधि लागू गर्न मद्दत पुर्‍याएको छ जसले जजलाई सबै उपलब्ध ब्यान्डहरूमा जिएसएम, यूएमएसटी र एलटिइ सेवाहरू प्रदान गर्न सक्षम पारेको छ।[६][७][८]

जज व्यवसाय - उद्यम समाधान सम्पादन गर्नुहोस्

जज व्यवसाय जजको एक विभाग हो जसको मुख्य उद्देश्य पाकिस्तानमा व्यवसायिक उद्यम समाधान गर्नु हो ।

व्यवस्थित सेवाहरू सम्पादन गर्नुहोस्

सूचना प्रबिधी र सञ्जाल उपकरण व्यवसायको लागि स्थान र सुरक्षित भण्डारण सेवा सञ्चालित छ ।

यसले विश्वसनीय क्लाउड आधारित वेब होस्टिङ सेवाहरू पनि प्रदान गर्दछ ।

प्रतिस्पर्धा सम्पादन गर्नुहोस्

जज् पाकिस्तानको सबैभन्दा ठूलो दुरसञ्चार सेवा प्रदायक कम्पनी हो । यसका मुख्य प्रतिस्पर्धीहरू: तेलेनर, यूफोन, जोङ र राष्ट्रिय दूरसञ्चार निगम (पाकिस्तान), र पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड हुन् ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "पाकिस्तान मोबाइल सञ्चार लिमिटेड", ओपनकर्पोरेट्स डटकम, अन्तिम पहुँच ७ अगस्ट २०१८ 
  2. "पाकिस्तान मोबाइल सञ्चार लि: निजी कम्पनीको जानकारी", ब्लूमबर्ग डटकम, अन्तिम पहुँच ७ अगस्ट २०१८ 
  3. जुनिदी, इकरम (२०१७), "मोबिलिङ्क, वारिद जज् बनेको छ", डाउन डटकम। 
  4. अलि, समाना (जनवरी ९, २०१७), "मलाई मोबिलिङ्क नभन्नुहोस्, म जज बनेको छु"  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-२७ मिति
  5. "हाम्रो व्यापार सञ्जालको फाइदाहरू - जज्", जज् (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०३-१२  वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-०४ मिति
  6. "Jazz inaugurates its state-of-the-art Network Operations Center", २०१७-०३-१०, अन्तिम पहुँच २०१७-०३-११ 
  7. वेबमास्टर (२०१७-०३-११), "जजले सञ्जाल सञ्चालन केन्द्र स्थापना गरेको छ", पाकिस्तान अब्जरभर (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०३-११  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-२८ मिति
  8. "Jazz’s state-of-the-art NOC becomes operational", अन्तिम पहुँच २०१७-०३-११ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

आधिकारिक वेबसाइट