जगदम्बा कुमारीदेवी राणा
जगदम्बा कुमारीदेवी राणा (वि.सं. १९७५ - वि.सं. २०४५) लाई रानी जगदम्बा भनेर पनि चिनिन्छ। उनी मेजर जनरल मदनशमशेर जबराकी पत्नी हुन्। उनकै नाममा जगदम्बाश्री पुरस्कार स्थापना भएको हो।
जन्म
सम्पादन गर्नुहोस्वि.सं. १९७५ साल साउन गुरूपूर्णिमाका दिन भारतको उत्तर प्रदेश बलरामपुरमा जगदम्बाकुमारीको जन्म भएको थियो। उनको विवाह लेफि्टनेन्ट जर्नेल मदनशमशेर जबरासँग भएको थियो। वि.सं. २०१० म मदनशमशेरको बनारसमा निधन भयो। त्यसपछि रानी जगदम्बाले वि.सं. २०११मा ललितपुर जिल्लाको पुल्चोकमा मदन मेमोरियल गर्ल्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय)को स्थापना गरी २६ रोपनी जग्गामा, दुइवटा भवन र नगद पाँच लाख रूपैयाँ दिईन्।
जीवन
सम्पादन गर्नुहोस्उनी लेफ्टिनेन्ट जर्नेल मदनशमशेर जबराकी पत्नी हुन्। वि.सं. २०१० म मदनशमशेरको बनारसमा निधन भयो । त्यसपछि रानी जगदम्बाले वि.सं. २०११ मा ललितपुर जिल्लाको पुल्चोकमा मदन मेमोरियल गल्र्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय) को स्थापना गरी २६ रोपनी जग्गामा, दुइवटा भवन र नगद पाँच लाख रुपैयाँ दिनुभयो । यसरी सामाजिक कामको थालनी भएको हो ।
योगदान
सम्पादन गर्नुहोस्वि.सं. २०१२मा मदन पुरस्कार गुठीको स्थापना, वि.सं. २०१३मा मदन पुरस्कार पुस्तकालय स्थापना गर्न नगद तथा जिन्सी अनुदान, २०१६ साल कलकत्ताको मेडिकल कलेजहरूमा अनुदान दिई दुई नेपाली सिटको व्यवस्था र सोको सञ्चालन कार्य मदन पुरस्कार गुठीको जिम्मामा छ। २०१७ सालमा जगदम्बा कृषि कलेज तथा अनुसन्धान केन्द्र स्थापनार्थ आफ्नो पुल्चोकस्थित श्रीमहल घर-जग्गा श्री ५को सरकारलाई अनुदान, अन्य थुप्रै सङ्घ-संस्थाहरूको स्थापना र अनुदान गरी नेपाली वाङ्मय, सामाजिक सेवा, धर्म, आदि क्षेत्रमा श्री रानी जगदम्बाकुमारीको योगदान रहेको पाइन्छ। उनका नाममा मदन पुरस्कार गुठीले जगदम्बाश्री पुरस्कार स्थापना गरेको छ र वर्षेनि प्रदान गर्दै आएको छ।
- वि.सं. २०११ मा ललितपुर जिल्लाको पुल्चोकमा मदन मेमोरियल गर्ल्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय) को स्थापना
- वि.सं. २०१२ मा मदन पुरस्कार गुठीको स्थापना
- वि.सं. २०१३ मा मदन पुरस्कार पुस्तकालय स्थापना
- २०१७ सालमा जगदम्बा कृषि कलेज तथा अनुसन्धान केन्द्र स्थापनार्थ आफ्नो पुल्चोकस्थित श्रीमहल घर-जग्गा श्री ५ को सरकारलाई अनुदान[१]
उनले अन्य थुप्रै सङ्घ-संस्थाहरूको स्थापना र अनुदान गरी नेपाली वाङ्मय, सामाजिक सेवा, धर्म, आदि क्षेत्रमा योगदान गरेकी छन् । उनका नाममा मदन पुरस्कार गुठीले जगदम्बाश्री पुरस्कार स्थापना गरेको छ।
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ दीक्षित, कमल (फाल्गुण २, २०७१), "मजलिसको आँखा–८ (श्रीमहल)", हिमाल खबर, अन्तिम पहुँच जेठ २, २०७९।