छुरिम शेर्पा
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
छुरिम शेर्पा कीर्तिमानी पर्वतारोही हुन्। उनले एक साताभित्र दुई पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी हुन्। छुरिमले वि.सं. २०६९ वैशाख ३० र जेठ ६ गते (सन् २०१२ मे १२ र १९) गरी दुई पटक सगरमाथा शिखर (८ हजार ८ सय ४८ मिटर)मा पाइला टेकेकी हुन्।
छुरिम शेर्पा | |
---|---|
जन्म | सन् १९८४ लेलेप- ९ ताप्लेजुङ नेपाल |
राष्ट्रियता | नेपाली |
अन्य नाम | छुरिम |
पेशा | पर्वतारोही |
चिनारीको कारण | एकै हप्तामा दुई पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला। |
सगरमाथा शिखरमा पुग्ने उनी २१ औँ नेपाली महिला हुन्।
जीवनी
सम्पादन गर्नुहोस्उनी ताप्लेजुङको घुन्सा-१, लेलेपमा जन्मेकी हुन्। उनी डुन्डु शेर्पा र लाटेन शेर्पाकी काहिँली छोरी हुन्। पाँच दिदीबहिनी र तीन दाजुभाइसँगै हुर्केकी उनले आठ कक्षासम्म पढेकी छन्।
सम्मान
सम्पादन गर्नुहोस्एक सातामा दुई आरोहणका लागि उनलाई गिनिज बुकमा दर्ता गरिएको छ। शेर्पालाई फेब्रुअरी २५मा गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाण-पत्र काठमाडौंमा प्रदान गरियो। त्यस्तै नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मान दियो।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्