छाब्दी बाराहीको मन्दिर तनहुँ जिल्लाको दमौलीबाट ५ किलोमिटरको दुरीमा रहेको छ। यो मन्दिरमा हाँस, परेवा एवं राँगाको बलि दिइने गरिन्छ। ढोर बाराही मन्दिर र छाब्दी बाराही मन्दिर भन्ने नाम मगर भाषाबाट आएको हो। हजारौं वर्ष पहिले देखि यी दुबै देबीको पुजा मगरहरूबाट गरिंदै आएको हो।

छाब्दी बाराही मन्दिर
प्राथमिक विवरण
सम्बन्धनहिन्दुत्व
जिल्लातनहुँ जिल्ला
देशनेपाल

यो मन्दिरलाई सत्य देवीका नामबाट पनि स्थानीय बासिन्दाहरू तथा यस मन्दिर प्रति आस्था राख्ने मानिसहरूले परिभाषित गर्ने गर्दछन्।

मगर संस्कृति विशेष

सम्पादन गर्नुहोस्
 
छाब्दि बाराहि मन्दिरको मुख्य मन्दिर

"बाराही" को अर्थ नै मगर भाषामा देबी भन्ने हुन्छ। मगरहरुको धर्म संस्कृति अलग्गै किसिमको छ। यी दुई बाराहीहरु भने हिन्दु देबीहरु होइनन्। छाब्दी बाराही र ढोर बाराहीको दैबिक शक्ति प्रचुर मात्रामा भएकोले धेरै सम्प्रदायका मानिसहरूले पनि यी बाराहीहरुको पुजा अर्चना गर्दछन्।

 
छाब्दि बाराहि मन्दिरको पोखरी बिचमा रहेको जल माच्छेदेवीको मुर्ति

यहाँ पूर्णिमा, पञ्चमी, अष्टमी,नयाँ वर्ष तथा शनिबारका दिनहरूमा पूजाआजा र विशेष मेला लाग्ने गर्दछ । साथै औँसी, एकादशीसाउन महिनाभरी मन्दिर बन्द रहन्छ। उक्त समयमा देवि गुफा बस्न जाने मान्यता रहेको पाइन्छ। यो मन्दिर माछाको पूजा गरिने नेपालको एक मात्र मन्दिर हो। यस मन्दिरको कुण्डमा सुनको टीका लगाएको माछा छ भन्ने पनि एक प्रकारको जनबिश्वास रहिआएको छ[][]

यातायात व्यवस्था

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

ढाँचा:तनहुँ जिल्ला