छातक उपजिल्ला
छातक (बङ्गाली: ছাতক) बङ्गलादेशको सुनामगञ्ज जिल्लाको एक उपजिल्ला हो।[३] यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[४]
छातक उपजिल्ला | |
---|---|
देश | बङ्गलादेश |
विभाग | सिलेट विभाग |
सरकार | |
जनसङ्ख्या (१९९१) | |
• जम्मा | [२] |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
वेबसाइट | आधिकारिक नक्शा |
भूगोल
सम्पादन गर्नुहोस्छातक उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°४९' देखि २५°०६' उत्तर अक्षांश र ९१°२७' देखि ९१°४९' पूर्वी देशान्तरमा अवस्थित छ। छातक उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४३४.७६ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई भारतको मेघालय राज्य र कोम्पानीगञ्ज उपजिल्लाले उत्तर, जगन्नाथपुर उपजिल्लाले दक्षिण, कोम्पानीगञ्ज, सिलेट सदर र विश्वनाथ उपजिल्लाले पूर्व, दक्षिण सुनामगञ्ज र दोवाराबाजार उपजिल्लाले पश्चिमबाट घेरेका छन्। हेलु बिल, हलसदा बिल, कुरी बिल, बारुका बिल, सातबिला बिल आदि यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।
इतिहास
सम्पादन गर्नुहोस्सन् १७८८ मा छातक उपजिल्लाका मानिसहरूले इष्ट इण्डिया कम्पनी विरुद्ध आन्दोलन गरेका थिए जसको नेतृत्व गङ्गा सिङ्हले गरेकी थिइन्। इष्ट इण्डिया कम्पनीका सैनिक विरुद्धको गोली हानाहानमा गङ्गा सिङ्ह पक्राउ परेकी थिइन् भने पछि उनले नदीमा फाल हानी आत्महत्या गरेकी थिइन्।
बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने २९ अप्रिल १९८१ का दिन बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु र पाकिस्तानी सेना बीच यस उपजिल्लामा प्रत्यक्ष गोली हानाहान तथा युद्ध भएको थियो जहाँ १३ बङ्गलादेशी लडाकु मारिएका थिए भने ११ घाइते भएका थिए। त्यसबाहेक पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच यस उपजिल्लाका हादार टिला र दुरबिन टिलामा प्रत्यक्ष गोली हानाहान भएको थियो।
जनशाङ्खिकि
सम्पादन गर्नुहोस्जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ३३४५४६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १७१७६१ छ भने महिलाको जनसङ्ख्या १६२७८५ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ३१३९७१ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २०२३८ छ।[५] त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ७४, इसाई धर्मवलम्बीको जनसङ्ख्या १७ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २४६ रहेको छ। यस उपजिल्लाका ५६.९९% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने २३.९५% ले पोखरी, ३.९८% ले टुटी र १५.१९% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाका धाराका पानीहरूमा आर्सनिकको कमी रहेको पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये १५.२४% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।
अर्थतन्त्र
सम्पादन गर्नुहोस्यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, आलसको तेल, तिल तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, सुन्तला, लिची, भूइँकटहर आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, चिया उत्पादन उद्योग, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया कागज, सिमेन्ट, चुनढुङ्गा, सुन्तला, प्राकृतिक ग्यास लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा २८ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा ३० माछापालन केन्द्र, ३७ दुग्ध सङ्कलन केन्द्र तथा १३७ कुखुरापालन केन्द्रहरू रहेका छन्।
यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५२.१५% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा १०.३३%, उद्योगमा ०.६०% वाणिज्यमा १०.१९%, सञ्चार र यातायातमा १.१९%, निर्माण क्षेत्रमा ०.८९%, सुविधामा ७.१६%, धार्मिक सेवामा ०.४२%, वैदेशिक रोजगारी तथा भाडामा ३.२३% र अन्यमा १४.८४% रहेका छन्।
प्रशासन
सम्पादन गर्नुहोस्प्रशासकीय छातक थानाको स्थापना सन् १९०८ मा भएको थियो। यस उपजिल्लामा १४ सङ्घ परिषद्हरू रहेका छन् जुन यस प्रकार छन्; छातक सदर सङ्घ परिषद्, नोयाराई सङ्घ परिषद्, छातक इसलामपुर सङ्घ परिषद्, कालारुका सङ्घ परिषद्, खरमा उत्तर सङ्घ परिषद्, खुरमा दक्षिण सङ्घ परिषद्, जाउयाबाजार सङ्घ परिषद्, चरमहल्ला सङ्घ परिषद्, भातगाँउ सङ्घ परिषद्, सिङ्चापइड सङ्घ परिषद्, गोविन्दगञ्ज सैदेर गाँउ सङ्घ परिषद्, दोलारबाजार सङ्घ परिषद् र छैला आफजालाबाद सङ्घ परिषद्।[६]
शिक्षा
सम्पादन गर्नुहोस्यस जिल्लाको कुल साक्षरता दर ३६.३% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४०.०% छ भने महिलाको साक्षरता दर ३२.४%रहेको छ। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; छातक डिग्री क्याम्पस (१९७२), गोविन्दगञ्ज आ हक स्मृति डिग्री क्याम्पस (सन् १९७४), गाउयाबाजार क्याम्पस (१९९५), छातक प्रविधिक शिक्षण संस्था तथा विद्यालय (सन् १९८१), चन्द्रनाथ कन्या उच्च विद्यालय (सन् १८५७), छातक बहुमुखी उच्च विद्यालय (सन् १९४१), गोविन्दगञ्ज उच्च विद्यालय (सन् १९५७), जालालिया आलिम मदरसा (सन् १९८९) आदि।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ সমস্ত উপজিলোর নির্বাহী সাংবাদিকদের সুচি-জন প্রশাসন প্রশাসন, বাংলাদেশ वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-१३ मिति
- ↑ [१][स्थायी मृत कडी]
- ↑ সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "छातक उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি।
- ↑ বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (৫ জুলাই, ২০১৫), "এক নজরে ছাতক", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার।[स्थायी मृत कडी]
- ↑ "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २७ मार्च २००५-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६।
- ↑ "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য।