चौतारिया गोरखाका शाह वंश राजपरिवारमा जन्मिएर पनि राजाको पद्वी नपाउने अग्रज पुरूष सदस्यलाई दिइएको उपाधि हो । चौतारिया राजगद्दीको श्रेणीबाट विच्छेद भएर पनि राजनीतिक सक्रियता देखाउने शाहवंशीय भारदारलाई प्रदान गरिएको पद हो । नेपालमा जंगबहादुरको उदय हुन्जेलसम्म चौतरिया पदको प्रयोग भएको पाइन्छ । चन्द्ररूप शाह, राजा पृथ्वीपत्ति शाहका कान्छा छोरा एक चौतारिया थिए । त्यस्तै नेपालका प्रधानमन्त्री पुष्कर शाहफत्तेजङ्ग शाह चौतारिया थिए ।

प्रधानमन्त्री(मुख्तियार) पुष्कर शाह, एक चौतारिया

स्रोतहरू सम्पादन गर्नुहोस्

हेर्नुहोला सम्पादन गर्नुहोस्