चिकित्सा विज्ञान (अंग्रेजी भाषा: Medical Science): यो एउटा जीव विज्ञानको शाखा हो। यसमा रोगहरूको अध्ययन अनुसन्धान तथा तिनीहरूको निराकरणको उपायहरू खोजीन्छ। औषधिको खोज तथा आविष्कार, रोगहरूको निदान, प्रयोगात्मक परीक्षण तथा शैल्य चिकित्साको अध्ययनहरू यस चिकित्सा विज्ञानमा पर्छ।

शाखाहरू सम्पादन गर्नुहोस्

१.एलोपेथी चिकित्सा (Allopathy) - औषधिको प्रयोग गरेर गरिने उपचार विधि।

२.शल्य चिकित्सा (Surgery) - शरीरको भित्री तथा बाहिरी अंगहरू चिरेर गरिने उपचार विधि

३.आयुर्वेदिक चिकित्सा (Ayurveda) - परम्परागत जडिबुटीको प्रयोग गरेर गरिने उपचार विधि।

४.होमियोपेथी चिकित्सा (Homeopathy) - थोरै भन्दा थोरै औषधीको प्रयोग गरेर गरिने उपचार विधि

५.आक्युपन्चर चिकित्सा (Acupuncture) -शरीरमा पातलो सियो घुसाएर गरिने उपचार विधि

६.प्राकृतिक चिकित्सा (Natural Therapy) - प्राकृतिक स्रोतहरू जस्तै माटो, हिलो, चोप, काठ, लोकता, बाँस, खोटो, बरफ, आगो, खरानी, आदिको प्रयोग गरेर गरिने उपचार विधि।