चार्ली शीन

अमेरिकन कलाकार

कार्लोस इरविन एस्टेवेज़ (जन्म सेप्टेम्बर ३, १९६५), जो व्यवसायिक रूपमा चार्ली शीनबाट चिनिन्छन्, एक अमेरिकन कलाकार हुन्। उनले प्लाटून (१९८६), वाल स्ट्रीट (१९८७), यंग गन्स (१९८८), एट मेन आउट (१९८८), मेजर लिग् (१९८९), हट् शट्स! (१९९१) र थ्री मस्किटरस (१९९३) जस्ता सफल हलिवुड चलचित्रहरूमा अभिनय गरेका छन्।

चार्ली शीन
Sheen at the 2012 FX Ad Sales Upfront
जन्मकार्लोस इरविन एस्टेवेज़
(1965-09-03) ३ सेप्टेम्बर १९६५ (उमेर ५८)
न्यु योर्क, अमेरिका
पेशाकलाकार
कार्यकाल१९७३–
जीवनसाथीDonna Peele (1995–96)
Denise Richards (2002–06)
Brooke Mueller (2008–11)[१]
सन्तान5
मातापिताMartin Sheen (father)
Janet Templeton (mother)
आफन्तEmilio Estevez (brother)
Ramon Estevez (brother)
Renée Estevez (sister)
वेबसाइटwww.charliesheen.com

सन् २००० को दशकमा उनी टेलिभिजनको माध्यमबाट प्रख्यात भए। उनी माइकल जे. फक्स को साटो स्पिन सिटी मा अनुबन्धित भएपछि गोल्डेन ग्लोब अवार्ड को हकदार समेत हुनपुगे। त्यसपछि उनी टु एन्ड अ हाफ म्यान मा मुख्य भुमिका मा देखापरे जसबाट उनी गोल्डन ग्लोब र एम्मी अवार्ड नोमिनेसनमा पर्न सफल भए। उनीद्वारा अभिनित पछिल्लो टलिभिजन शृङ्खला FX को हास्य शृङ्खला एन्गर म्यानेज्मेन्ट थियो जसको समापन सयौं भागमा सन् २०१४ मा भएको थियो। सन् २०१९ मा चार्ली शीन सबैभन्दा बढी पारिश्रमिक लिने सिट्कम कलाकार समेत हुनपुगे।[२]

शीनको व्यक्तिगत जीवन सँधै विवादास्पत रहेको छ। जसमध्य अत्याधिक रक्सी सेवन, लागुपदार्थ दुर्वयसन र बिग्रदो वैवाहिक संबन्ध सँधै चर्चामा आउने विषय हुन्। नोभेम्बर १७, २०१५ मा उनले सार्वजनिक रूपमा आफू एचआइभी ग्रसित रहेको खुलासा गरेका थिए।

प्रारंभिक जीवन सम्पादन गर्नुहोस्

चार्ली शीन को जन्म सेप्टेम्बर र, १९६५ मा न्यु योर्क सिटीमा कार्लोस इरविन एस्टेवेज़को रूपमा भएको थियो। [३][४] उनी कलाकारद्वय मार्टिन शीन र जेनेट टेम्पलटनका छोरा मध्यका कान्छा र चारजना संतानमा मा तेश्रा हुन्।[५] उनको बुवा मार्टिनले क्याथोलिक् आर्चबिशप र धर्मशास्त्री फुलटन जे. शीन को मानार्थ अफ्नो रंगमंच नाम परिवर्तन गरको कारण चार्ली ले पनि यहि रंगमंच नाम अपनाए।[६][७] उनका दाइहरु इमिलियो र रामोन तथा बहिनी रेनि कलाक्षेत्रमै आबद्ध छन्। उनको बुवा मार्टिन को ब्रोड्वे मा द सब्जेक्ट वाज रोजेज् प्रदर्शित भएपछि उनीहरू म्यालिबु, क्यालिफोर्नियामा बसाइ सरेका हुन्। सन् १९७४ मा चार्ली शीनले मात्र ९ वर्षको उमेरमा आफ्नै बुवाको चलचित्र द एक्सेक्युसन अफ प्राइभेट स्लोभिक मा पहिलो पल्ट अभिनय गरेका थिए। शीनले सान्ता मोनिका हाइस्कूल, सान्ता मोनिका क्यालिफोर्निया मा रोबर्ट डौनी जुनियरसँगै पढेका थिए। उनी आफ्नो स्कुलको बेसबल टिमकोको स्टारपिचर र सर्टस्टप पनि थिए।[५][८]

स्कुलमा उनले अभिनय क्षेत्रमा शुरुमै रुचि देखाए र आफ्नो दाइ इमिलियो तथा साथीहरु रब लोब र सन पेन् सँग मिलेर सुपर ८ फिल्महरु बनाए। स्कुल सकिनु केही साता अघि उनलाई नराम्रो अंक तथा अपुग हाजिरी को कारण स्कुलबाट निष्काशित गरियो।

करियर सम्पादन गर्नुहोस्

उनको फिल्मी जीवन सन् १९८४ मा निर्मित शीत युद्धमा मा आधारित सिनेमा रेड डनबाट सुरु भएको हो। यसमा उनले पेट्रिक स्वेजी, सी थोमस होवेल, ली थोम्पसन र जेनिफर ग्रे सँग काम गरेका थिए। शीनलाई जेनिफर ग्रेसँग फेर्रिज बुलर्स डे अफ (१९८६) को एउटा सानो दृश्यमा समेत देख्न सकिन्छ। उनी अमेजिंग स्टोरिज् शृङ्खलाको एउटा भागमा समेत देखा परेका थिए। चार्ली शीनलाई उनको प्रमुख भुमिका भियतनाम युध्दमा आधारित प्लाटून (१९८६)बाट प्राप्त भयो। सन् १९८७ मा उनले बुवा मार्टिनसँग वाल स्ट्रीट मापनि अभिनय गरेका थिए। वाल स्ट्रीटप्लाटून दुवैको निर्देशक ओलिभर स्टोन थिए। सन् १९८७ मा चार्ली शीन ग्रिज्ली २: द प्रेडेटर मा अनुबन्धित भएका थिए। १९८८ मा उनले बेसबलमा आधारित सिनेमा एट मेन आउट मा अभिनय गरेका थिए। सन् १९८८ मै उनले आफ्नो दाइ इमिलियो सँग यंग गन्स मा अभिनय गरे। इमिलियो सँगै उनले सन् १९९० मा मेन एट वर्क मा पनि अभिनय गरेका थिए।

सन् १९९० मा उनले बुवा मार्टिन सँग मार्टिन निर्देशित क्याडेन्स तथा क्लिन्ट इस्टवुडसँग इस्टवुड निर्देशित द रूकी मा काम गरे। [५] १९९२ मा लिन्डा फियेरेन्टिनो तथा माइकल माडसेन सँग बियोन्ड द ल मा उनी देखा परे। सन् १९९४ मा द हलिवुड वाक अफ फेममा उनलाई तारा प्रदान गरियो[९] सन् १९९७ मा लेखकको रुपला उनले आफ्नो पहिलो सिनेमा डिस्कभरी मार्स लेखे अनि अर्को वर्ष निर्माता, निर्देशक तथा कलाकारको रूपमा नो कोड अफ कन्डक्ट् मा आबध्द बए।[१०]

चार्ली शीन कयौं सिनेमाहरूमा हास्य भुमिकामा देखा परेका थिए, जसमध्य मेजर लिग शृङ्खला, मनी टक्स् र प्यारोडी हट् शट्स! प्रमुख् छन्। सन् १९९९ मा A&E नेट्वर्क निर्मित पाइलट सुगर हिल्स् जुन चल्न सकेन, मा देखा परे । सन् १९९९ मा उनले बिइंग जन् माल्कोभिच् मा स्वयं आफ्नै भुमिका निभाए। उनले हरर प्यारोडी शृङ्खला स्केरी मुभिज् का तेश्रो, चौथौं र पाँचौ भागमा पनि अभिनय गरका थिए।

 
मार्च २००९

उनको टेलिभिजनमा आगमन सन् २००० मा टेलिभिजन सिट्कम स्पीन सिटीबाट भएको थियो जसमा उनले माइकल जे. फक्सको साटो अन्तिम दुई सिजनमा अभिनय गरेका थिए। त्यहाँ उनको अभिनय को निम्ति उनले दुईवटा ALMA अवार्डस् नोमिनेसन तथा आफ्नो पहिलो गोल्डेन ग्लोब अवार्ड हात पारेका थिए। [११][१२]

सन् २००३ मा चार्ली शीनलाई CBS सिट्कम् "टु एन्ड अ हाफ मेन" को निम्ति अनुबन्धित गरियो। त्यसमा उनको चरित्र मोटामोटी रूपमा उनको वास्तविक जीवन सँग मिल्दोजुल्दो देखाउन खोजिएको थियो।[१३] उनको अभिनयले उनलाई ALMA अवार्ड जिताउनका साथै तीनवटा एम्मी अवार्ड तथा दुई गोल्डेन ग्लोब अवार्ड नोमिनेसन समेत प्राप्त भएको थियो।[११]

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "Charlie Sheen, Brooke Mueller Officially Divorced", Us Magazine, May 2, 2011
  2. CBS adds six new shows, hangs on to Charlie Sheen USA TODAY, May 20, 2010 By Gary Levin
  3. "Charlie Sheen Biography".
  4. "Monitor".
  5. ५.० ५.१ ५.२ Stated in interview on Inside the Actors Studio, 2007
  6. "Charlie Sheen". allmovie.
  7. Ramirez, Erika (February 28, 2011).
  8. Merron, Jeff (February 19, 2004).
  9. "Charlie Sheen".
  10. "Charlie Sheen".
  11. ११.० ११.१ "Charlie Sheen", TheGoldenGlobes.com, अन्तिम पहुँच जुलाई २७, २००८ 
  12. Weinraub, Bernard (मे ७, २००१), "Charlie Sheen Delivers A New Spin To 'Spin City'", The New York Times, पृ: E१। 
  13. Heffernan, Virginia (सेप्टेम्बर २२, २००३), "Swinging Bachelor's Peril: Beware of Geek Bearing Kid", The New York Times, पृ: E६। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

ढाँचा:GoldenGlobeBestActorTVComedy 1990-2009