चार्ल्स अटो पुथ जुनियर (जन्म:२ डिसेम्बर १९९१) एक अमेरिकी गायक, गीतकार तथा रेकर्ड निर्माता हुन्। प्रारम्भिक रूपमा सामाजिक सञ्जाल युट्युब मार्फत गीतहरू सार्वजनिक गर्दै उनी चर्चामा आएका थिए।सुरुमा इलाभेनइलाभेन नामक एक रेकर्ड लेबलसँग हस्ताक्षर गरेका पुथले एलेन डिजेनेरस कार्यक्रममा प्रदर्शन गरिसकेपछि अन्य कलाकारहरू जस्तै कोडी सिम्पसन , लिभिन्स्टन टेलर, र स्किज्जी मार्सको लागि गीत तथा गिती सङ्ग्रहहरूमा योगदान दिन सुरु गरेका थिए। यसका साथै उनले छोटो एकल सामग्री र लोकप्रिय गीतहरूको कभर गीतहरू सृजना गरेका थिए।

चार्ली पथ
चार्ली पथ २०१७ मा
जन्मचार्ल्स अटो पथ जेआर.
(1991-12-02) २ डिसेम्बर १९९१ (उमेर ३२)
रुम्सन, न्यू जर्सि, यु.एस.
पेशा
  • गायक
  • गितकार
  • रेकर्ड निर्माता
साङ्गीतिक जीवन
विधा
वाद्ययन्त्र
  • स्वर
  • किबोर्ड
  • पियानो
सक्रिय वर्ष२००९–हाल
लेबल
वेबसाइटcharlieputh.com

एकल कार्यमा ध्यान दिने प्राथमिक अभिप्रायका साथ, एट्लान्टिक रेकर्ड्सले अन्ततः उनको खोजी गरेको थियो र सन् २०१५ मा उनले मेघन ट्रेनरको विशेषता रहेको आफ्नो पहिलो गीत "मार्भिन गे " सार्वजनिक गरेका थिए। उनले सह रूपमा लेखेको र उत्पादन गरेको "सि यु अगेन" नामक गीतमा उनले अमेरिकी र्‍यापर विज खलिफाको सहकार्यमा प्रस्तुत गरेका थिए जहाँ यस गीतलाई पल वाकरको श्रद्धाञ्लिको रूपमा फ्युरियस ७ को लागि चुनिएको थियो। गीत अमेरिकी बिलबोर्ड हट १००को शीर्ष स्थानमा लगातार १२ हप्तासम्म रहेको थियो। "सि यु अगेन"को प्राथमिक सफलता पश्चात् उनले "वान कल अवे" सहित तालिकाको शीर्ष २० मा, परेका विभिन्न गीतहरू सार्वजनिक गरेका थिए जस मार्फत उनले विश्वव्यापी रूपमा ख्याति प्राप्त गरेका थिए। यो गीत अमेरिकी बिलबोर्ड तालिकाको शीर्ष १० मा, देखा परेको थियो जहाँ गीत न्युजिल्यान्ड, आयरल्यान्ड, र संयुक्त अधिराज्यमा शीर्ष स्थानमा रहेको थियो।

पुथको पहिलो गिती सङ्ग्रह "नाइन ट्र्याक माइन्ड" जनवरी २०१६ मा, सार्वजनिक गरिएको थियो जहाँ यसले समालोचकहरूबाट आलोचनात्मक प्रतिक्रिया प्राप्त गरेको थियो भने यसमा समावेश गीत "वान बल अवे" र सेलेना गोमेसको सहकार्यमा तयार पारिएको गीत "वि डन्ट टक एनिमोर" क्रमश: अमेरिकी साङ्गीतिक तालिकाको शीर्ष ९ र १२ मा, पुगेको थियो। सन् २०१७ मा, उनले क्रमश: "एटेन्सन" र "हाउ लङ" नामक दुईवटा गीत सार्वजनिक गरेका थिए जहाँ गीत बिलबोर्ड तालिकाको शीर्ष पाँचमा पुगेको थियो। यी दुईवटै गीतहरू उनको दोस्रो गिती सङ्ग्रह भ्वाइसनोट्स (सन् २०१८) मा, समावेश गरिएको थियो जहाँ गीतहरूले समालोचकहरूबाट सकारात्मक प्रतिक्रियाहरू प्राप्त गरेका थिए। यस गिती सङ्ग्रह बिलबोर्ड २००को चौथो स्थानमा पुगेको थियो। सन् २०१९ मा, पुथले "आइ वार्न्ड माइसेल्फ" "मदर" र "चिटिङ अन यु" लगायतका गीतहरू सार्वजनिक गरेका थिए।

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

चार्ल्स अटो पुथ जुनियरको जन्म २ डिसेम्बर १९९१ मा, सुम्सन, न्यु जर्सीमा भएको थियो।[१] सङ्गीत प्रशिक्षक र एचबिओका लागि विज्ञापन लेख्ने उनकी आमाको नाम डेब्रा हो भने उनको बुबाको नाम चार्ल्स अटो पुथ हो जो एक व्यापारी र निर्माता हुन्। उनको बुबा क्याथोलिक हुन् भने उनकी आमा यहूदी हुन्।[२][३] उनको भाइबहिनी स्टेफेन र मिकाएला हुन्।[४]

दुई वर्षको उमेरमा उनको दाहिने आँखीभौँमा कुकुरको घातक टोकाइबाट पूर्णरूपमा दाग लागेको थियो।[५] पुथको आमाले उनलाई एक शास्त्रीय सङ्गीतसँग परिचित बनाएकी थिइन् र उनले उनलाई ४ वर्षको उमेर देखि पियानो बजाउन सिकाएकी थिइन्।[६] उनले १० वर्षको उमेरमा जज सङ्गीत अध्ययन गरेका थिए भने १२ वर्षको उमेरमा उनले न्युजर्सी स्थित एक रङ्गमञ्चमा प्रस्तुति दिने अभिप्रायको साथ सहभागिता जनाएका थिए।[२] द काउन्ट बेइस थिएटर नामक एक रङ्गमञ्चले पियानो बजाउनको लागि उनलाई आमन्त्रित गरेको थियो[७] जहाँ उनले चार्ली ब्राउनको लागि पियानो बजाएका थिए।[८] ६ कक्षामा अध्ययरत रहँदा, उनले मानिसहरूको घर घरमा पुगेर मेरी चार्ली क्रिस्मस नामक गिती सङ्ग्रह बिक्री गरेका थिए[९] जसलाई उनले रेकर्ड र निर्माण गरेका थिए जहाँ यसले ६०० अमेरिकी डलरको बिक्री गरेको थियो।[९]

उनले रुमसन स्थित, होली क्रस विद्यालयबाट प्राथमिक अध्ययन गरेका थिए[१०] भने उनले पछि आधारभूत शिक्षा फरेस्टडाले माध्यम विद्यालय मार्फत हासिल गरेका थिए।[११] उनले सन् २०१० मा, रूमसन-फेअर हेभन क्षेत्रीय उच्च विद्यालयबाट स्नातक हासिल गरेका थिए।[१२]

साङ्गीतिक जीवन सम्पादन गर्नुहोस्

सन् २००९–२०१४: सुरुवात सम्पादन गर्नुहोस्

सेप्टेम्बर २००९ मा, उनले आफ्नो युट्युब च्यानल दर्ता गराएका थिए जसको नाम उनले चार्लीज भ्लग राखेका थिए[१३] जहाँ उनले रमाइला हास्य दृश्य र विभिन्न गीतको स्वर मात्र समावेश गरिएको कभर गीतहरू सार्वजनिक गर्ने गरेका थिए।[१४] सन् २०१० मा, उनले आफ्नो पहिलो गीत "दिज आर माइ सेक्सी सेड्स"को लागि भिडिओ सार्वजनिक गरेका थिए।[१५] डिसेम्बर २०१० मा, उनले आफ्नो पहिलो विस्तारिक साङ्गीतिक प्रस्तुति, द ओटो ट्युन्स स्वतन्त्र रूपमा सार्वजनिक गरेका थिए।[१६] सन् २०११ मा, पेरेज हिल्टनद्वारा प्रायोजन गरिएको "क्यान यु सिङ" नामक एक अनलाइन भिडिओ प्रतियोगिता जितेका थिए।[१७] उनले यस अनलाइन प्रतियोगितामा, अङ्ग्रेजी गायिका एडेलको "समवान लाइक यु"को मौलिक संस्करण एमिली लुथरको साथ संयुक्त रूपमा प्रदर्शन गरेका थिए। सोही वर्ष, एलेन डिजेनेर्सले अघिल्लो प्रतियोगितामा, एडेलको समवान लाइक यु गीत प्रदर्शन गरेसँगै, पुथ र लुथरलाई उनले आफ्नो रेकर्ड लेबल इलाभेनइलाभेनसँग हस्ताक्षर गरेको जानकारी सार्वजनिक गरेकी थिइन्।[१८] पछि, उनले एलेनको कार्यक्रममा आएर पनि यस गीतलाई आफ्नै मौलिक संस्करणको साथ प्रस्तुत गरेका थिए। डिसेम्बर २०१२ मा, प्रवर्द्धनात्मक गीत, "ब्रेक अगेन" नामक गीत एमिली लुथरको अतिरिक्त स्वरको साथ सार्वजनिक गरेका थिए। यसको साङ्गीतिक भिडिओ अर्को दिन जारी गरिएको थियो।[१९] २५ जनवरी २०१२ मा, पुथ र लुथरले लेडी एको "निड यु नाउ" द एलेन डिजेनेर्स सोमा प्रस्तुत गरेका थिए। [२०]अक्टोबर २०१२ मा, पुथले रक्त अर्बुद भएकाहरूलाई सहयोग गर्ने विश्वको सबैभन्दा ठूलो अस्थि मज्जा दाता संस्थाको लागि पनि प्रदर्शन गरेका थिए। पुथले सन् २०१२ को अन्त्यमा, इलाभेनइलाभेन छोडेका थिए।[२१]

२३ अक्टोबर २०१३ मा, उनले दोस्रो स्वतन्त्र विस्तारिक गिती सङ्ग्रह, इगो अनलाइन प्रसारणका लागि सार्वजनिक गरेका थिए।[२२] पुथसँग साथीहरू र युट्युब व्यक्तित्वहरूको लागि गीत तथा विज्ञापन सङ्गीतहरूको निर्माण र लेखनको श्रेय रहेको थियो।[२३][२४] उनले सेन डवसनको सेन एन्ड फ्रेन्ड्स नामक पोडकास्टका लागि प्रसङ्ग गीत लेखेका थिए।[२५] सन् २०१४ मा, उनले प्रवर्द्धनात्मक गीत "लभ" जारी गरेका थिए। यसको साङ्गीतिक भिडिओलाई एन्ड्र्यू भ्यालेन्टिनले निर्देशन गरेका थिए।[२६] सोही वर्ष, उनले पिटबुलको आठौँ स्टुडियो गिती सङ्ग्रह ग्लोबलाइजेसनमा "सेलिब्रेट" गीतको सह-लेखन गरेका थिए।[२७]

सन् २०१५–२०१६: "सि यु अगेन" र नाइन ट्र्याक माइन्ड सम्पादन गर्नुहोस्

 
सन् २०१६ मा, पुथ नाइन ट्र्याक माइन्डको विश्व भ्रमणको क्रममा प्रस्तुति दिँदै

सन् २०१५ को सुरुवात तिर, उनले एट्लान्टिक रेकर्ड्सको साथ हस्ताक्षर गरेका थिए भने उनको पूर्व रेकर्डहरू आइट्युन्सबाट हटाइएको थियो।[२८] अमेरिकी गायिका र गीतकार, मेघन ट्रेनरको विशेषता रहेको आफ्नो पहिलो गीत "मार्भिन गे " सार्वजनिक गरेका थिए।[२९] गीतलाई अस्ट्रेलियामा दोहोर प्लाटिनम प्रमाणपत्र प्रदान गरिएको थियो भने यो गीत न्युजिल्यान्ड, आयरल्यान्ड, संयुक्त अधिराज्य लगायतका देशहरूको साङ्गीतिक तालिकाको शीर्ष स्थानमा आएको थियो। गीत बिलबोर्ड तालिकाको २१औँ स्थानमा पुगेको थियो। उनले सह रूपमा लेखेको र उत्पादन गरेको "सि यु अगेन" नामक गीतमा उनले अमेरिकी र्‍यापरा विज खलिफाको सहकार्यमा प्रस्तुत गरेका थिए जहाँ यस गीतलाई पल वाकरको श्रद्धाञ्लिको रूपमा फ्युरियस ७ को लागि चुनिएको थियो।[३०][३१] यस गीतको र्‍याप विज खलिफाले लेखेका थिए भने यसको गीतको श्रेय चार्ली पुथसँग रहेको छ। गीत अमेरिकी बिलबोर्ड तालिकामा शीर्ष स्थानमा आउँदै १२ हप्तासम्म शीर्ष स्थानमै कायम रहन सफल भएको थियो।[३२][३३] युट्युबमा व्यापक रूपमा अवलोकन प्राप्त गरेको उनको गीत "सि यु अगेन"ले वर्ष गीत, उत्कृष्ट पप समूह प्रदर्शन र उत्कृष्ट गीत लेखनको तर्फबाट तीनवटा ग्रामी पुरस्कारको लागि नामङ्कन प्राप्त गरेको थियो बिबिसी सङ्गीत पुरस्कारले यसलाई वर्ष गीतको रूपमा आफ्नो सूचीमा समावेश गरेको थियो भने यसले गोल्डेन ग्लोब पुरस्कारको ७३औँ संस्करणको लागि उत्कृष्ट मौलिक गीतको रूपमा मनोनयन प्राप्त गरेको थियो।[३४] उनले ट्रेय सङ्जको लागि "स्ल‍ो मोसन" नामक गीत निर्माण गरेका थिए जहाँ उनले यसका लागि अमेरिकी गायकहरू जेसन डेरुलो र लिल वेनको सहायता लिएका थिए।[३५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Charlie Puth", क्यापिटल एफएफ, अन्तिम पहुँच अक्टोबर २९, २०१७ 
  2. २.० २.१ "Charlie Puth, Rumson's Pop Prodigy", एनजे मासिक, जनवरी १२, २०१६, अन्तिम पहुँच अगस्ट २१, २०१६ 
  3. "How blossoming N.J. star Charlie Puth became pop's ascendant hit-maker", एनजे डटकम, अन्तिम पहुँच अगस्ट २१, २०१६ 
  4. "How Charlie Puth dealt with school bullies and the negative side of fame", द इन्डिपेन्डेन्ट, जनवरी २९, २०१६, अन्तिम पहुँच अगस्ट २१, २०१६ 
  5. कोप्सी, रोब (अगस्ट ४, २०१५), "Charlie Puth interview: "It took years to become an overnight success"", अफिसियल चार्ट्स् डटकम 
  6. गुडमान, जेस्सिका (डिसेम्बर १०, २०१५), "Charlie Puth & Wiz Khalifa are going to look 'fly as f-' at the Grammys", इन्टरटेन्मेन्ट साप्ताहिक, अन्तिम पहुँच सेप्टेम्बर १०, २०१६ 
  7. जोर्डन, क्रिस (जुलाई १९, २०१५), "Charlie Puth is the Jersey Shore's newest star", Asbury Park Press 
  8. "Wiz Khalifa's "See You Again" Singer Charlie Puth Talks Eyebrows: Why Is It Shaved?", क्रिस्टियनिटी दैनिक, अन्तिम पहुँच मे २२, २०१५ 
  9. ९.० ९.१ "Charlie Puth Bio | Charlie Puth Career", एमटिभी, अन्तिम पहुँच अगस्ट २१, २०१६ 
  10. जोर्डन, क्रिस (जुलाई १९, २०१५), "Charlie Puth is the Jersey Shore's newest star", Asbury Park Press 
  11. Freeman, Allison (सेप्टेम्बर १५, २००४), "Jazz Program Plays It Cool: At a Theater Named for Count Basie, Music Students Learn His Art Form", The Star-Ledger, Newark, New Jersey। 
  12. "Charlie Puth | Berklee College of Music", www.berklee.edu (अङ्ग्रेजीमा), अन्तिम पहुँच १५ फेब्रुअरी २०२० 
  13. "How a N.J. singer's simple hook became the No. 1 song in the world", अप्रिल २३, २०१५, अन्तिम पहुँच मे ९, २०१५ 
  14. "These Are My Sexy Shades – Charlie Puth", YouTube, अन्तिम पहुँच डिसेम्बर ११, २०१५ 
  15. "The Otto Tunes by Charlie Puth – EP", स्पोटिफाई, अन्तिम पहुँच डिसेम्बर ११, २०१५ 
  16. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named star
  17. O'Donnell, Frank (अक्टोबर १३, २०११), "Emily Luther Scores Recording Contract – From Ellen", The Valley Breeze (Cumberland, Rhode Island)। 
  18. O'Donnell, Frank (अक्टोबर १३, २०११), "Emily Luther Scores Recording Contract – From Ellen", The Valley Breeze 
  19. "Break Again", स्पोटिफाई, अन्तिम पहुँच डिसेम्बर ११, २०१५ 
  20. "Break Again – Charlie Puth & Emily Luther (Official Music Video)", युट्युब, अन्तिम पहुँच डिसेम्बर ५, २०१५ 
  21. "Talk Shows", The Fresno Bee (Fresno, California), जनवरी २५, २०१२। 
  22. "NY Knick Tyson Chandler Gets Cheek Swabbed To Delete Blood Cancer: Joins Supermodel Jessica White, Bally Creative Directors, DKMS Delete Blood Cancer Co-Founder Katharina Harf To Launch Lips For Life Collection" (press release), DKMS Delete Blood Cancer (PR Newswire), अक्टोबर २६, २०१२। 
  23. "Ego by Charlie Puth – EP", स्पोटिफाई, अन्तिम पहुँच डिसेम्बर ११, २०१५ 
  24. "Ego – Charlie Puth", डिसकोर्ग्स, अन्तिम पहुँच डिसेम्बर ११, २०१५ 
  25. "L.U.V. – Charlie Puth", स्पोटिफाई, अन्तिम पहुँच डिसेम्बर ११, २०१५ 
  26. "L.U.V. (2014) by Charlie Puth", Andrew Vallentine Official, अन्तिम पहुँच डिसेम्बर ५, २०१५  = Archive.today अभिलेखिकरण फेब्रुअरी ९, २०१६ मिति
  27. "Pitbull – Celebrate (From The Original Motion Picture Penguins Of Madagascar)", अलम्युजिक, नोभेम्बर १७, २०१४, अन्तिम पहुँच मे ३, २०१५ 
  28. "Atlantic Records signs the next YouTube star, Charlie Puth – "Marvin Gaye" Single with Meghan Trainor", Next2Shine, अन्तिम पहुँच डिसेम्बर ११, २०१५ 
  29. Hung, Steffen, "Discographie Charlie Puth", Swiss Charts Portal. Hung Medien (Steffen Hung)। 
  30. Hung, Steffen, "Discography Charlie Puth", New Zealand Charts Portal. Hung Medien (Steffen Hung)। 
  31. "Charlie Puth", Officialcharts.com/ 
  32. <strong-class= "error"><span-class="scribunto-error"-id="mw-scribunto-error-0ec00fb3">Script-error:-The-function-%26quot;lower%26quot;-does-not-exist./chart-history/<strong-class="error"><span-class="scribunto-error"-id="mw-scribunto-error-0ec00fb3">Script-error:-The-function-%26quot;lower%26quot;-does-not-exist. "Charlie Puth – Chart History: Hot 100", बिलबोर्ड 
  33. Hung, Steffen, "Discography Charlie Puth", Australian Charts Portal. Hung Medien (Steffen Hung)। 
  34. Merry, Stephanie; Yahr, Emily (डिसेम्बर १०, २०१५), "Golden Globes nominations 2016: Complete list", द वासिङ्टन पोस्ट, अन्तिम पहुँच डिसेम्बर १०, २०१५ 
  35. "Video: Trey Songz – 'Slow Motion'", र्‍याप-अप 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

ढाँचा:चार्ली पुथ