घलेक नेपाली वस्त्र हो । यसलाई खासगरी गुरुङ, मगर, तामाङ आदि जातिका महिलाले पिठिउँमा गादो जस्तै गरी भिर्ने गर्छन् । एकापट्टकिा काँधबाट अर्को हातको काखीमुनि झुण्ड्याएर घलेक लगाइन्छ । कपासको मसिनो धागोले घरेलु तानबाट घलेक तयार गरिन्छ । हिजोआज गुरुङ जातिका महिलाले मखमलको रातो घलेक लगाएको देखिन थालेको छ । घलेकजस्तै वस्त्र भारतको मेघालयका खसिया जातिका महिलाहरूले भिर्ने गर्छन् ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्