ग्रिनविच प्रमाणिक समय
ग्रिनविच प्रमाणिक समय (अङ्ग्रेजी उच्चारण: //ˈɡɹɛnɪdʒ//) बेलायतको प्रमाणिक समय हो। यो शुन्य देशान्तरमा अवस्थित लन्डन नजिकैको ग्रेनिचको आधारमा तय गरिएको हो। यसैको आधारमा अन्य देशहरूको प्रमाणिक समय निश्चित हुन्छ। अन्तर्राष्ट्रिय समयको लागि लन्डन निकट रहेको ग्रेनिच मान समय वेधशालाको शून्य डिग्री देशान्तरलाई मानिएको छ। यो मध्याह्न देखि पूर्वतर्फ जाँदा प्रत्येक १° देशान्तरमा ४ मिनेटको हिसाबले बढ्दै जान्छ भने सो क्रम १९०° पूर्वी देशान्तर सम्म जारी रहन्छ। [१]
ग्रिनविच प्रमाणिक समय | |
---|---|
समय क्षेत्र | |
![]() समय क्षेत्रको विश्व नक्सा | |
समय | |
GMT | युटिसी±००:०० |
हालको समय | |
२२:१९, २७ मार्च २०२३ जिएमटी [refresh] |

युरोप समय क्षेत्र:
मानक समयलाई हल्का रङले अङ्कित गर्दछ भने ग्रीष्मकालीन समयलाई गाढा रङले अङ्कित गर्दछ।
फिक्का नीलो | पश्चिम युरोपेली समय / ग्रिनविच मान समय (युटिसी) |
नीलो | पश्चिम युरोपेली समय / ग्रिनविच मान समय (युटिसी) पश्चिम युरोपेली ग्रीष्मकालीन समय / बेलायती ग्रीष्मकालीन समय / आयरल्यान्डेेेली मान समय (युटिसी+१) |
गुलाफी | केन्द्रीय युरोपेली समय (युटिसी+१) केन्द्रीय युरोपेली ग्रीष्मकालीन समय (युटिसी+२) |
पहेँलो | पूर्व युरोपेली समय / कालिनिनग्राद समय (युटिसी+२) |
गाढा पहेँलो | पूर्व युरोपेली समय (युटिसी+२) पूर्व युरोपेली ग्रीष्मकालीन समय (युटिसी+३) |
फिक्का हरियो | अधिकतम-पूर्व युरोपेली समय / मिन्स्क समय / युटिसी+३ / तुर्केली समय (युटिसी+३) |
समय क्षेत्रसम्पादन
ग्रिनविच प्रमाणिक समयलाई निम्न देश र क्षेत्रहरूमा मानक समयको रूपमा कानुनमा परिभाषित गरिएको छ, जसले ग्रीष्म याममा एक घण्टा (जिएमटी+१) आफ्नो सयम अगाडी बढाउँछ।
- संयुक्त अधिराज्यमा, ग्रीष्मकालिन समयलाई बेलायती ग्रीष्मकालिन समय भनिन्छ।
- आयरल्यान्डमा यसलाई शीतकालिन समय भनिन्छ,[२] जुन ग्रीष्म याममा मानक समयमा रूपान्तरण हुन्छ।[३]
- पोर्चुगल (आसोरिस बाहेक)
- क्यानरी टापू (स्पेन)
- फरोइ टापू
ग्रिनविच प्रमाणिक समयलाई निम्न देश र क्षेत्रहरूमा वर्षभरि मानक समयको रूपमा प्रयोग गरिन्छ:
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "Time scales", UCO Lick, अन्तिम पहुँच २८ जुलाई २०१८।
- ↑ "STANDARD TIME (AMENDMENT) ACT, 1971; Section 1", Government of Ireland।
- ↑ "STANDARD TIME ACT, 1968; Section 1", Government of Ireland।